Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

तिन बुंदे घोषणा पत्र जारी गर्दै भिजिट मधेस नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

spot_img
spot_img

वीरगंज, १८ कार्तिक ।
“मधेसको भ्रमण नगरी नेपाल भ्रमण पुरा हुदैन” भन्ने मुल नाराका साथ भिजिट मेधस नेपालको दुई दिने राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको छ । कार्तिक १६ गते शुरु सम्मेलन तिन बुंदे घोषणा पत्र जारी गरी सम्पन्न भएको छ । सम्मेलनले तराई मधेसमा पर्यटन प्रवद्र्धनको लागि नयाँ उमंगका साथ उत्साह पुर्ण वातावरण तयार गर्न महा अभियान संचालन गर्ने, पर्यटकिय स्थलहरु/एतिहासिक पुरातात्विक धरोहरहरु तराई मधेसका मौलिक संस्कृति,भाषा एवं तराई मधेसका हरेक किसिमका पर्यटकिय सम्भाववनाहरुलाई विश्वव्यापी रुपमा डिजिटल प्रविद्धिबाट(वेव साईट र मोवाइल एप्सहरु) उजागर गर्ने र यो महा अभियानमा ग्लोबल मधेसीहरु, तिनै तहका सरकारहरु लगायत सम्बन्धित एवं ईच्छुक सवै पक्ष संग सहकार्य र समन्वय गर्ने निर्णय गरेको छ ।

सम्मेलनको सत्रहरुमा यस अभियानका ग्लोबल संयोजक राज सर्राफले यो अभियानको सन्र्दभमा विश्वव्यापी रुपमा जारी बिविन्न गतिबिधिको बारेमा भिडियो कन्फ्रेन्सको माध्यमले सहभागि प्रतिनिधिहरुलाई अवगत गराएका थिए । अभियानका राष्ट्रिय संयोजक ओमप्रकास सर्राफले अभियानको उद्देश्य , योजना र नितिको बारेमा प्रशिक्षण दिएका थिए । सर्राफले मधेसका पर्यटन क्षेत्रहरु ओझेलमा परेको भन्दै त्यसलाई विश्वसामु ल्याउन आफनो अभियान लागि पर्ने बताएका थिए ।

पर्यटन क्षेत्रले आर्थिक ,समाजिक ,साँस्कृतिक क्षेत्रमा महत्वपुर्ण योगदानदिने र तराई मधेसको पहिचानलाई अझ उजागर बनाउने भएकोले यो अभियानलाई विश्वव्यापिकरण गरिएको जानकारी दिए । प्रशिक्षण सत्रमा तराई मधेसका पर्यटकिय बहुआयमको बारेमा बरिष्ठ पत्रकार चन्द्रकिसोर झाले प्रशिक्षण दिएका थिए ।

सम्मेलनको उद्घाटन सत्रमा तराई मधेसका झापा देखि कञ्चनपुर सम्मका २२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्मेलन प्रदेश नम्बर २ का पर्यटन राज्यमन्त्री सुरेश कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । राज्यमन्त्री मण्डलले यो अभियानले तराई मधेसको काय पलट हुन सक्ने सम्भावना रहेकोले यो अभियान संग प्रदेश सरकार सहकार्य गर्न आतुर रहेको बताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...