Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

श्री सुकई साह मा.वि.का विद्यार्थीहरुको समस्या सम्बन्धमा नेवि संघको ध्यान आकर्षण

spot_img
spot_img

वीरगंज, १६ कात्तिक ।
पर्साको क्षेत्र नं. ४ अन्तर्गत पर्ने कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारी स्थित रहेको श्री सुकई साह माध्यमिक विद्यालयका विद्यार्थीहरु संग आज नेवि संघले छलफल गरेको छ । विद्यालय मै पुगी विद्यार्थीहरुको समस्या बारे छलफल गरिएको नेवि संघ पर्सा क्षेत्र नं. ४ का अध्यक्ष विकास तिवारीले वताए । छलफलको क्रममा विद्यार्थीहरुको हक–अधिकार हनन तथा विद्यार्थीहरुले पाउनु पर्ने खेलकुद तथा शैक्षिक भ्रमणको बजेट नपाएको भेटिएको तिवारीले वताए ।

विद्यार्थीहरुले पाउनु पर्ने सेवा, सुविधा गाउँपालिकाबाट नपाएको र मांग गर्दा जनप्रतिनिधिहरुले एक अर्काप्रति दोशारोपन लगाउन गरेका कारण हाम्रो गम्भीर ध्यानआकर्षण भएको नेवि संघका नेता सरोज चौरसियाले वताए । विद्यार्थीहरुले आफ्नो अधिकार खोज्दा उल्टै अभद्र व्यवहार समेत भएको हामीहरुलाई विद्यार्थीहरुले भिडियो समेत देखाएका कारण हाम्रो गम्भीर ध्यान आक्रषण भएको चौरसियाले जानकारी गराए । यस्तो कार्य नरोकिए र विद्यार्थीहरुको अधिकारबाट बंचित गराइए हामीले आन्दोलन गर्न पनि बाध्य हुने उनले चेतावनी समेत दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...