Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

जीराभवानी गाउँपालिकामा छैटौँ परसवा गोल्डकप फूटबल प्रतियोगिता सुरु

spot_img
spot_img

पर्सा,  ३ कात्तिक ।

पर्साको जीराभवानी गाउँपालिकाकाे वडा नं. ३ मा आज देखि छैटौँ पर्सवा गोल्डकप प्रतियोगिता सुरु भएको छ ।पर्सवा खेलमैदानमा सुरु भएकाे प्रतियोगिताको प्रदेश न. २ का मुख्यमंत्री लालवावु राउत गद्दीले एक भब्य कार्यक्रमका बीच उद्घघाटन गर्नुभएको छ।

प्रमुख अतिथी मुख्यमंत्री लालवावु राउत गद्दीले केन्द्र सरकारले खेल प्रति खासै महत्त्व नदिएको भन्दै आफ्नो सरकारले परसवामा रंगशाला निर्माण गरेर खेल क्षेत्रको उत्थान गर्ने घोषणा गर्नु भयो । परसवा गोल्ड कपको उद्वघाटन समाहरोलाई संम्वोदन गर्दै अर्का अतिथि विधायक शंकर प्रशाद चौधरीले खेल र यस क्षेत्रको विकास गर्न आफू प्रतिवद्व भएको भन्दै परसवा गोल्ड कपलाई रु १ लाख दिने घोषणा गर्नु भएको थियो ।

पर्सवा गोल्ड कपको संयोजक सागर गौरवको सभापतिमा भएको कार्यक्रममा प्रदेश न २ विधायक सिहासन कलवार, जिराभवानी गा.पा. प्रमुख रामप्रित महत्तो, पूर्व सासंद जयप्रकास थारु, पटेरवा सुगौली गापाको उपप्रमुख ममता देवी चौधरी तथा स्थानीय समाजसेवी, राजनितिक दलका कार्यकर्ताहरु को उपस्थित रहेकाे थियो ।

मुख्यमंत्री गद्दिद्वारा फुटवललाई खुट्टाले हानेर उद्वघाटन गर्नुभएको कार्यक्रममा बाजागाजा झाकी तथा हरियाली महिला समुह माडीले थारु संस्कृति झल्कने लोक नृत्य प्रदर्शन गरि दर्शकमहानुभावलाई मनोरन्जन गराएको थियो ।

यसै बीच सेढवा ( जिराभवानी गा.पा. ) र देउरीया ( पटेरवा सुगौली गा.पा.) विच भएको उद्घाटन खेलमा देउरियाले सेढवालाई ५=० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। खेल सुरुभएको दश मिनेट नपुग्दै देउरीयाले सेढवालाई एक गोल गर्दै खेलमा अग्रता कायम गरेको थियो ।

त्यसपछि दबाबमा परेको सेढवाले खेललाई बराबरीमा ल्याउने प्रयास गरेको भएपनि त्यो सफल हुन सकेन र थप २ गोल खादै सेढवा हाफ टाईमा नै ३ गोलले पछि परेको थियो।मध्यान्तरपछि देउरीयाले थप २ गोल गर्दै सेढवालाई जम्मा ५=० गोल अन्तरले पाखा लगाएको थियो ।

न्युन्यु एभरेस्ट क्लब परसवा द्वारा आयोजित प्रतियोगितामा विजेताले रु २ लाख नगद र ट्रफी साथै उपविजेताले रु १ लाख नगद र ट्रफी प्राप्त गर्ने आयोजकले  जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...