जनकपुरधाम, २ कात्तिक । जनकपुधाममा ग्यास सिलिण्डर विष्फोट हुदा एक जनाको मृत्यु भएकाे छ भने एक जना गम्भीर घाईतेे भएका छन ।

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित पुरानो बस पार्कमा ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अपरान्ह ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको हो । घाइते एक जनाको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको बुझिएको छ ।


