Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

भोजपुरी सांगीतीक साझ कार्यक्रम भव्य रुपमा सम्पन्न, महानगरपालिकाको कामकाजको भाषा भोजपुरी बनाइने

spot_img
spot_img

कास/वीरगंज, २८ असोज ।
नेपाल भोजपुरी समाजको आयोजनामा शनिबार वीरगंजको आदर्शनगरमा भोजपुरी सांगितिक साझ नाम दिइएको सांगितिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । भोजपुरी भाषा, साहित्य र संगितको प्रबद्र्धनको उद्देश्यले आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल भोजपुरी समाजको उपाध्यक्ष समेत रहेका स्थानिय कलाकार धु्रव सिंह ठकुरी, सचिव रितु राज पटेल, सह सचिव अजमत अली अंसारी, नेक महमद, बिभा मेहता, निरज अचार्यले प्रस्तुती गरेका थिए ।

भोजपुरी संगित अश्लील तर्फ बढदै गइरहेको आलोचना भइरहेको बेला वीरगंजमा आयोजित कार्यक्रममा स्थानिय कलकारहरु द्वारा आफै लेखिएको मौलिक गित–संगितको प्रस्तुतीले कार्यक्रमका सहभागिहरु भोजपुरी संगित प्रति आक्रषित र उत्साहित भएका थिए । कार्यक्रममा कलाकार चन्दन दास, कलिम, सावनले मियुजिसियनको भुमिका निभाएका थिए ।

नेपाल भोजपुरी समाजका अध्यक्ष रामदेव प्रसाद श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानरपालिकाको मेयर विजय सरावगी, डा. हरिन्द्र हिमकर, वृज मोहन सिंह, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, सानोपाइलाका कञ्चन झा लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका मेयर सरावगीले महानगरपालिकाको कामकाजको भाषा भोजपुरी बनाउन हामी लागि परेको वताए ।

कार्यक्रमको संचालन भोजपुरी समाजकी सदस्य समेत रहेकी पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन र पत्रकार राजेन्द्र  सिंहले गरेका थिए भने स्वागत भाषण समाजका सदस्य रंजित यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...