Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

बहुवरीमा महाविरी मेलाको उदघागन गर्दै सांसद यादवले भने कुस्ती खेल मधेसको पहिचान

spot_img
spot_img
वीरगन्ज, २७ असोज । वीरगन्ज गण्डक बाईपास सडक खण्डको बहुवरीमा अवस्थित हनुमान मन्दिरमा शनिबार महाविरी मेला सुरु भएको छ । बाराको परवानीपुर गाउँपालिकाको बहुअरी गाउँद्वारा आयोजित वाईपास सडक खण्डको हनुमान मन्दिर अगाडी महाविरी मेला लागेको हो ।
संस्कृति तथा खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले मेलामा लगाएको कुस्ति प्रतियोगिताको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवं पर्सा निर्वाचन क्षेत्र न.१ का सांसद प्रदीप यादवले उद्घाटन गर्नु भएको छ ।
अयोजना गरिएको कुस्ति प्रतियोगितामा भारतको बनारस, गोरखपुर, हाजिपुर, दिल्ली, रामनगर, मिर्जापुर, सुगौली र नेपालको मिर्जापुर, चैनपुर, जयमंगलापुर, गर्दौल, सिरहा लगायतका स्थानमा दुई दर्जन भन्दा बढी कुस्ति खेलाठीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष महाविर यादवले जनाएका छन् ।
मेलाको उद्घाटन गर्दै सांसद यादवले मेलामा अयोजना गरिएको कुस्ति प्रतियोगिताले संस्कृतिको रक्षा गर्नुको साथै नेपाल भारतको मित्रतालाई समेत बल पु¥याउने दावी गर्नुभएको छ । उनले कुस्ती खेल मधेसको पहिचानको रूपमा रहेको जिकिर गरे । यादवले मधेस प्रदेशमा कुस्ती खेललाई प्राथमिकतामा राखिने बताए ।
दशैं तिहार र छठ पर्वको अवसरमा मधेसका विभिन्न जिल्लामा अयोजना गरिने यस्ता कुस्ति प्रतियोगिताले नेपाल–भारत बीच रहेको सताप्दीऔं पुरानो सुमधुर सम्बन्धलाई जनस्तर देखी नैं बलियो बनाउन मद्दत पुर्याउदै आएको धारणा व्यक्त गर्नु भयो । उहाँले मधेस मै मात्र कुस्ति खेलिने भएको हुनाले सरकारले सेवा सुविधा र अन्य कुनै व्यवस्था मा विभेद गरेको आक्रोश पोखे।
आयोजित कुस्ति प्रतियोगितामा अतिथीको रुपमा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्द अंसारी, संघीय समाजवादी फोरम नेपाल बाराका कार्यवाहक अध्यक्ष अजय पटेल,  पर्सागढी नगरपालिकाको वडा न.५ का अध्यक्ष अस्लम आलम, परवानिपुर गाँउपालिकाका वडा अध्यक्षहरु लगायतको उपस्तिथी थियो ।
त्यतै खेलाडी तर्फ नेपालका ख्याति प्राप्त पहलवान बर्हमदेव यादव, भारत उत्तर प्रदेशका ख्याती प्रप्त पहलवान वकिल यादव, मुन्ना टाईगर, भारतीय सेना बनारसका अच्छेलाल, दिल्लीका दिपक लगायत नेपालका तर्फबाट मिर्जापुरका लक्ष्मण यादव, शिवबार्वाका वृजकिसोर यादव, इनर्वाका लक्षनदेव ठाकुर, चैनपुरका लटु , व्यरागी बाबा केशव दास लगायतको सहभागिता रहेको अयोजकले जनाएका छ । प्रतियोगिमा विजेता खेलाडीलाई १ हज़ार रुपैया पुरस्कार दिने आयोजकले जनाएको छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...