Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

 ह्युम पाइप थुपार्ने र थुपार्न दिने दुवैलाइ कार्वाही गर्न सांसद यादवको माग 

spot_img
spot_img

घाइते बालिकाहरुलाइ सांसद प्रदीप यादवद्धारा अस्पतालमै पुगेर जनही २५ हजार सहयोग 

वीरगंज, २३ असोज ।

पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले वीरगन्जको लालबंगला परिसरमा सोमबार साँझ ह्युमपाइपले च्यापिएर घाइते भएका बालिकाहरुको उपचार खर्चका लागि आर्थिक सहयोग गर्नु भएको छ ।

काठमाण्डौको बिएण्डबी अस्पतालमा उपचार गराइ रहेका पर्साको जीराभवानी गाउपालिका वडा नम्बर १ स्थायी घर भइ हाल वीरगन्ज ९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीकी छोरीहरु १० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीलाइ आज बिहान अस्पतालमै पुगेर सांसद यादवले जनही २५/२५ हजार रुपैया नगद सहयोग गर्नु भएको हो ।

यादवले उक्त रकम, बालिकाद्वयका बुबा गोविन्द चौधरीलाइ प्रदान गर्नु भएको हो । त्यही घटनामा घाइते भइ वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराइ रहेकी वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षकी आयुषा यादवलाइ पनि २५ हजार रुपैया आजै प्रदान गरिने काठमाण्डौमा रहेका सांसद यादवले बताउनु भयो ।

यसैगरि सोमबार साँझको घटनामा परि ज्यान गुमाएका रानीघाटका बालमुकुन्द राउत चौधरीका आठ वर्षिय छोरा  रोहीत चौधरीको परिवारलाइ भने आफु वीरगन्ज आए लगत्तै ५० हजार रुपैया प्रदान गर्ने सांसद यादवले बताउनु भयो ।

यसैबिच आज बिहान एक विज्ञप्ति जारी गर्दै सांसद यादवले सोमबार साँझ भएको दुखद घटनाले आफु स्तब्ध भएको बताउनु भएको छ । लालबंगला परिसरमा ह्युम पाइप राख्ने कालिका कन्ट्रक्सनकै लापरवाहीका कारण दुखद घटना भएकाले यस्को सम्पूर्ण जिम्मेवारी कालिकाले नै लिनु पर्ने पनि उहाले बताउनु भएको छ ।

त्यहा लापरवाही पुर्वक ह्युम पाइप थुपारेर राख्ने कालिका र ह्युम पाइप राख्न लगाउने  दुवै पक्षलाइ कार्वाही गर्न पनि सांसद यादवले स्थानीय प्रशासनलाइ निर्देशन दिनुका साथै सरकारसंग माग पनि गर्नु भएको छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

1 COMMENT

  1. Thanks for sharing this! I honestly liked the way you broke down “ ह्युम पाइप थुपार्ने र थुपार्न दिने दुवैलाइ कार्वाही गर्न
    सांसद यादवको माग ”
    — it’s not every day you read such a practical explanation. These days I’m reading up on similar subjects too, and I keep a small guide
    over here: pinco casino giriş Great work!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...