Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

महोत्तरीको झाडा पखाला प्रभावित क्षेत्रमा मुख्यमन्त्री, मृतक परिवारलाई एक एक लाख क्षतिपूर्ति दिने घोषणा

spot_img
spot_img

जनकपुरधाम,  २२ असोज  ।

मुख्यमन्त्री लालबाबु राउतले दुई साता अघि महोत्तरीको जलेश्वर नपा १२ नैन्हीमै फैलिएका झाडा पखालाले मृत्यु भएको परिवारलाई एक एक लाख क्षतिपूर्ति दिइने घोषणा गर्नु भएको ।

झाडा पखाला प्रभावित क्षेत्रको निरीक्षण गर्न आज नैन्ही पुग्नु भएको मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा सहयोग गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मी र नगरपालिकाका पदाधिकारीहरुलाई धन्यवाद दिदै अगामी दिनमा यस्तो महामारी फैलिन नदिने रणनीति तयार गर्न नगरपालिकालाई आग्रह समेत गर्नु भयो । 

स्वच्छ खानेपानिको आभावमा झाडा पाखाला फैलिएको प्रतिवेदन आइ सकेको बताउनु हुँदै उहाँले स्वच्छ खाने पानिको लागि चापा कलको व्यवस्थापन प्रदेश सरकारले छिटै गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले स्वच्छ खानेपानिको लागि पुरै गाँउलाई पुग्ने ट्यांकी निर्माणको योजना बनाउन नगरपालिकालाई आग्रह गर्दै उहाँले त्यसमा आवश्यक सहयोग प्रदेश सरकार गर्न तैयार रहेको उहाँको कथन थियो । 

मुख्यमन्त्री राउतले अस्वच्छताका कारण यस्ता रोग हरु फैलिने गरेको उल्लेख गर्नु हुँदै सबैलाई आफनै घर बाट सरसफाईमा जुटन समेत आग्रह गर्नु भयो । 


प्रभावित क्षेत्र निरिक्षणको क्रममा जलेश्वर नपाको मेयर रामशंकर मिश्र, पूर्व मन्त्री हरिनारायण यादव, प्रदेश सभा सदस्य रानीशर्मा तिवारी, किरण कुमारी राय सहितको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...