वीरगंज, १९ असोज ।
बिपत जोखीम न्युनिकरण सम्बन्धी पर्साका सरोकारवालाहरुको बैठक आज वीरगंजमा सम्पन्न भएको छ । बैठकमा वोल्दै सरोकारवालाहरुले जनप्रतिनिधीहरु आफ्नो जिम्मेवारी नबुझदा पर्सामा बिपत जोखीम न्युनिकरण तथा बिपत ब्यवस्थापन संतोषजनक हुन नसकेको आरोप लगाएका छन ।

जिल्ला बिपत ब्यवस्थापन समिती पर्साका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडयालको अध्यक्षतामा र जिल्ला समन्वय समिती पर्साका प्रमुख नेकमहम्मद अंसारीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकले बिपत जोखीम न्युनिकरण अन्र्तराष्ट्रिय दिवस यहि आश्विन २७ गते देखी एक हप्ता मनाईने निर्णय गरेको छ ।
अन्तराष्टिय दिवस प्रत्येक स्थानिय तहले आ आफ्नो स्थानिय तहमा मनाउने निर्णय भएको छ । जिल्ला स्तरीय कार्यक्रम असोज २७ र २८ गते २ दिन भब्यताका साथ बिरगंजमा मनाईने पनि निर्णय भएको छ । त्यसको संयोजनको जिम्मेवारी बिरगंज महानगरपालिकालाई दिइएको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बताए ।
कार्यक्रममा १४ वटा स्थानिय तहका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुलाई बोलाइए पनि ५ वटा स्थानिय तहको मात्र उपस्थिती रहेको थियो । बिपत जोखीम न्युनिकरण तथा बिपत ब्यवस्थापनको प्रस्तुती प्रमुख जिल्ला अधिकारी पौडयालले गर्नु भएको थियो । जिल्ला बिपत ब्यवस्थापन समितीको आयोजनामा बिरगंज महानगरपालिकाको सभाहालमा बैठक बसेको थियो ।