Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

अधिकारकर्मीद्वारा बालिका सुरक्षाको ९ बुँदे माग सहितको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज, १५ असोज ।
देशभर बालिका र महिलामाथि बलात्कार, बलात्कार पछि हत्या र एसीड आक्रमणका घटना बढेपछि अधिकारकर्मीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन् । पर्सा जिल्लालगायत विभिन्न जिल्लाबाट क्रियाशील महिला अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

महिला अधिकार मञ्चमा आवद्ध अधिकारकर्मीहरु जिल्लामार्फत प्रधानमन्त्रीलाई ९ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन्
पर्सामा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको अधिकारकर्मी कोपिला चौलागाईले बताइन् ।

‘८ महिनाको नाबालकदेखि जेष्ठ नागरिकमाथि, आफ्नै बाबुले छोरीको बलात्कार गरेको घटना बाहिरएको छ । यो लज्जाको विषय हो,’ उनले भनिन्, ‘२१ औं शताब्दीमा पनि महिला बालिकामाथि हुने यस्ता अमानवीय, अमर्यादित, पासविक घटना घटिरहँदा महिला घरभित्र र बाहिर कतै सुरक्षत छैनन भन्ने पुष्टि भएको छ । सुरक्षाका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हौं ।’

महिला अधिकार मञ्चको ३७ जिल्लामा शाखा छ । प्रहरी प्रधान कार्यालयको तथ्याङकअनुसार अघिल्लो आर्थिक वर्षमा ११ सय ३७ र आर्थिक वर्ष ०७४/७५ मा १४८० वटा बलात्कारका घटना दर्ता भएका छन् ।

नेपाल सरकारले महिलामाथि हुने सबै प्रकारको भेदभाव उन्मुलन सम्बन्धी महासन्धी र अन्य मानव अधिकार सम्बन्धी महासन्धीमा हस्ताक्षर गरेर प्रतिबद्धता जनाउनुको साथै महिला हिंसाविरुद्ध शून्य सहनशिलताको नीति अपनाएको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको आरोप उनीहरुको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

1 COMMENT

  1. Appreciate putting this together! I really enjoyed the way you broke down “अधिकारकर्मीद्वारा
    बालिका सुरक्षाको ९ बुँदे माग सहितको प्रधानमन्त्रीलाई ध्यानाकर्षण” —
    it’s not every day you read this kind of well-structured write-up.
    These days I’m following this topic too, and I keep a small guide over here: mad casino conditions essentielles Great work!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...