Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

वालविवाह तथा दाइजो रोक्न तयार छु भन्दै हस्ताक्षर

spot_img
spot_img

वीरगंज,१४ असोज | बालविवाह तथा दाइजो प्रथा अन्त्यका लागि आज वीरगंजमा हस्ताक्षर अभियान तथा सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा भएको कार्यक्रममा सरोकारवालाहरुले दाइजो प्रथा रोक्न हस्ताक्षर गरी प्रतिबद्धता जनाएका छन । म वालविवाह तथा दाइजो रोक्न तयार छु लेखिएको व्यानरमा हस्ताक्षर गरी कार्यक्रमका सहभागिहरुले प्रतिवद्धता जनाएका हुन । युरोपियन युनियनको सहयोगमा र आर.आर.एन. को आयोजनामा भएको कार्यक्रममा किशोरी सम्वाद समुहका किशोरीहरुले बालविवाह तथा दाइजो प्रथा सम्बन्धी संगित, नृत्य तथा चेतनामुलक सडक नाटक समेत प्रदर्शन गरेका थिए । आर.आर.एन. किशोर सम्वाद कार्यक्रमका व्यवस्थापक अनु पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महम्मद अंसारी, वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खाडका, कार्यक्रम सम्वाद अधिकृत प्रकाश पाण्डे लगायतकाले मन्तव्य राखेका थिए । यस्तै युरोपियन युनियनको सहयोगमा र आ.आर.एन.को आयोजना वालविवाह तथा दाइजो प्रथा सम्न्धी चेतनामूलक सडक नाटक वीरगंजको घण्टाघरमा पनि पदर्शन गरिएको छ । किशोरी सम्वाद कार्यक्रम अन्तर्गत किशोरी सम्वाद समुहका किशोरीहरुले चेतनामूलक सडक नाटक प्रदर्शन गरेको सुपरभाईजर सुनेशवर साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

1 COMMENT

  1. Ꮋello there, just became alert to your blog through Ꮐoogle, and found that it is
    really infоrmative. I am going to watch out fоr brussels.
    I’lⅼ be grateful if yоu continue this іn fսtuге.
    Numerous people wiⅼl be benefіted from your wгiting.
    Cheers!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...