Date
सोम, कार्तिक ३०, २०८३
Mon, November 16, 2026
Home Blog Page 541

मुक्त हरवाचरवा पुन:स्थापनकाे सवाल सम्बोधन गर्न माग

0

वीरगंज । स्थानिय सरकारको आगामी आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रममा मुक्त हरवाचरवा पुनरस्थापनाको सवाल सम्बोधन गराउनका लागि मधेस प्रदेशका ८ वटा जिल्लाहरुः सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका  ३२ वटा पालिकाहरुमा जनदबाव स्वरुप स्थानिय सरकारलाई ज्ञापनपत्र बुझाउने काम सम्पन्न भएको छ । 

राष्ट्रिय दलित नेटवर्क, नेपालको सहजीकरण, स्थानिय साँझेदार संस्थाहरुको संयोजन र राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको अगुवाईमा मधेस प्रदेशका ८ वटा जिल्लाका ३२ वटा पालिकाहरुमा गठन भएका पालिका स्तरीय हरवाचरवा अधिकार मञ्चहरुको परिचालन मार्फत उक्त जनवकालत अभियान सम्पन्न भएको हो । 

४ दिन अघिबाट शुरु भएको सो अभियान अन्तरगत स्थानिय सरकारलाई मुक्त हरवाचरवाहरुको न्यायिक पुनरस्थापनाको माग गर्दै २०८० बैशाख २४ गते पर्साको पकहाँ मैनपुर गाउँपालिका, बाराको कोल्भीनगरपालिका, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका, सर्लाहीको चन्द्रनगर गाऊँपालिका, धनुषाको शहिद नगरपालिकामा ज्ञापनपत्र बुझाईएको थियो ।

त्यसैगरि २५ गतेका दिन पर्साको बहुदरमाई नगरपालिका, बाराको बारागढी गाऊँपालिका, रौतहटको बिन्द्राबन नगरपालिका, सर्लाहीको ब्रहमपुरी गाऊँपालिका, महोत्तरीको भङ्गहा नगरपालिका र लोहारपट्टी गाऊँपालिका, धनुषाको बिदेह नगरपालिका, सिराहाको सकुवानानकरकट्टी गाऊँपालिका, सप्तरीको कञ्चनरुप नगरपालिका र खडक गाऊँपालिकामा ज्ञापनपत्र बुझाइएकाे थियाे ।

अभियानको तेश्रो दिन अर्थात २६ गतेका दिन पर्साको पर्सागढी, बाराको जीतपुरसिमरा उपहानगरपालिका, रौतहटको गरुडा नगरपालिका, सर्लाहीको ईश्वरपुर नगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, धनुषाको गणेशमानचारनाथ नगरपालिका, सिराहाको बरियारपट्टी गाउँपालिका र सप्तरीको शम्भुनाथ नगरपालिकामा ज्ञापनपत्र बुझाउने काम सम्पन्न भयो । 

अभियानको अन्तिम दिन अर्थात बुधबार २०८० बैशाख २७ गतेका दिन पर्साको वीरगंज महानगरपालिका, रौतहटको माधवनारायण नगरपालिका, सर्लाहीकोको हरीपुर नगरपालिका, महोत्तरकिो मटीयानी, धनुषाको धनौजी, सिराहाको लहान र धनगढीमाई नगरपालिका र सप्तरीको सुरुङ्गा नगरपालिकामा ज्ञापनपत्र बुझाउने काम सम्पन्न भएको छ । 

सम्बन्धित पालिकाका नगर प्रमुख र अध्यक्षलाई सम्बोधन गरेर तयार पारिएको उक्त ज्ञापन पत्रमा संघ र प्रदेश सरकारसंगको समन्वयमा स्थानीय सरकारद्धारा मुक्त हरवाचरवाको वास्तविक तथ्याँक संकलन गरी उनीहरूलाई बर्गिकृत परिचय पत्र प्रदान गरिनुपर्ने, मुक्त हरवाचरवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गरियोस् र लैंङ्गिक भेदभाव बिना सबैलाई समान र उचित ज्याला सुनिश्चित गरिनुपर्ने र मुक्त घाषित मुक्त हरवाचरवाको सम्पूर्ण शान्ति सुरक्षाको व्यवस्था गरिनुपर्ने मागहरु उल्लेख गरिएको छ ।

उक्त ज्ञापनपत्रमा दिगो पुन:स्थापन योजना जारी गरी कार्यान्वयन गरियोस र मुक्त हरवाचरवाको भूमि, खाना र आश्रयको अधिकार सुनिश्चित गर्नका साथै महिला र बालबालिकाको अधिकारलाई पर्याप्त रूपमा सम्बोधन गरिनुपर्ने, सरकारका सबै नीतिगत निर्णय गर्ने तहहरूमा  मुक्त हरवाचरवाहरुको समानुपातिक र अर्थपूर्ण आवाज र प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने लगायत आगामी अर्थिक बर्षको निति, कार्यक्रम र बजेटमा हरवाचरवाको पक्षमा निति, कार्यक्रम र बजेट बिनियोजन गरिनुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ । 

नेपालको संविधानको धारा २९ शोषणविरुद्धको हक अन्तरगत उपधारा (३) मा कसैलाई पनि बेचविखन गर्न, दास वा बाँधा बनाउन पाइैन् छैन र उपधारा (४) मा कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाईने छैन भने धारा ४० को उपधारा (५) र (६) मा दलितहरुलाई एक पटक जमिन र आवास उपलब्ध गराउने मौलिक हकको व्यवस्था गरेको छ । तर पनि मधेस प्रदेशका ८ वटा जिल्लाहरुमा रहेका करिव १ लाख भन्दा बढी हरवाचरवा परिवारहरु अनियमित ऋणका कारण अझैपनि बँधुवाको रुपमा काम गरिरहेको कुरा बिभीन्न अध्ययन अनुसन्धानले देखाएको छ । 

मुक्त कमैया कम्लहरी मुक्त हलिया, हरवाचरवा सम्वन्धी वस्तुस्थिति अध्ययन समिति’ ले गतः २०७९ बैशाख ९ गते आफ्नो अध्यययन प्रतिवेदनको सिफारीशलाई समुचित ठह¥याउँदै भूमि ब्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रीज्यूको सक्रिय पहलमा विद्यमान कमैया श्रम निषेध ऐन २०५८ अनुसार गत २०७९ श्रावण २ गते हरवाचरवाको मुक्ति र ऋण र कागजात खारेजी सम्वन्धमा ऐतिहासिक घोषणा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाबाट भएको थियो । तर हरवाचरवा मुक्तीको घोषणा भएको ९ महिना बितीसक्दा समेत  अहिलेसम्म पुनरस्थापनाको कुनै पनि काम अगाडी बढन सकिरहेको छैन ।

यसै तथ्यलाई मध्यनजर गर्दै मुक्त हरवाचरवाको न्यायिक पुनःस्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार भन्ने मूल नाराकासाथ यही २०७९ चैत्र २५ देखि २८ सम्म पुनःस्थापनाका लागि हरवाचरवा अधिकार यात्रा ऐतिहासिक रुपमा भव्यताकासाथ सम्पन्न भयो ।

मधेश प्रदेशका ८ वटा जिल्लाको २५ स्थानमा कोणसभा सम्पन्न भइ १० हजार बढि जनसमुदाय परिचालित भएका थिए ।

यात्राका क्रममा मन्त्री, सासद, स्थानीय पालिकाका मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्षहरुको व्यापक सहभागिता रहेको थियो । उक्त यात्राका क्रममा मुक्त हरवाचरवाहरुको न्यायिक पुनरस्थापनाका लागि स्थानिय र प्रदेश सरकारबाट प्रतिबद्धता समेत ब्यक्त भएको थियो ।

 राष्ट्रिय हरवाचरवा अधिकार मञ्च महासचिव लागिन्द्र सदाले मुक्त हरवाचरवाहरुको अधिकारको सम्मान, संरक्षण र परिपुर्ति मार्फत न्यायिक पुनःस्थापन गर्ने जिम्मेवारी राज्यको भएकोले समयमै आफना मागहरु पुरा नभए आफुहरु सिंहदरवार घेर्न बाध्य हुने कुरा बताउनुभयो । साथै उहाँले प्रदेश र संघीय स्तरमा पनि आन्दोलनको आधीबेरी श्रृजना गरिने दाबि गर्नुभयो । 

त्यसैगरी संघीय स्तरमा २०८० साल बैसाख २६ गते मुक्त हलिया, कमैया, कम्लहरी तथा हरवा चरवा पुनःस्थापना दवाव समुहका संयोजक श्याम श्रेष्ठकाे अध्यक्षतामा बैठक बसी बिभीन्न आन्दोलनका कार्यक्रमहरु तय भएको छ।

जस अन्तर्गत मुक्त हलिया, कमैया, कम्लहरी तथा हरवा चरवाको तथ्थाकं संकलनका लगि सम्बन्धीत मन्त्रालयबाट सबै पालिकाहरुमा तथ्थाक संकलनको लागि परिपत्र जारी गर्न सम्बन्धीत मन्त्रालयमा छलफल गर्ने, मुक्त हलिया, कमैया, कम्लहरी तथा हरवा चरवाको तथ्याङ्क संकलन, पुनःस्थापनका कार्य अगाडी बढाउन पुर्व प्रधानमन्त्री श्री शेर बहारदुर देउवालाई भेटने र एकिकृत पुनःस्थापन सम्बन्धी पारीत गराउन र आगामि आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेटमा सो सम्बन्धी व्यवस्था गर्न अनुरोध गर्ने तथा मुक्त हलिया, कमैया, कम्लहरी तथा हरवा चरवा पुनस्थापनको लागि एकिकृत कार्यविधी पास गर्न सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दहाल प्रचण्डसंग डेलिगेश जाने कार्यक्रम तय भएको छ ।

आन्दोलन अन्तर्गत भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जीता श्रेष्ठसंग मुक्त हलिया, कमैया, कम्लहरी तथा हरवा चरवाको पुनःस्थापनका लागि एकिकृत कार्यविधी पास गर्न र अन्य सवालहरुमा छलफल गर्ने र मुक्त हलिया, कमैया, कम्लहरी तथा हरवा चरवाका सवालहरुलाई सम्बोधन गराउनका लागि काठमाडौमा दवावमुलक कार्यक्रम गर्न १५० जना मुक्त हलिया, कमैया, कम्लहरी तथा हरवा चरवालाई भेला गरेर बिभीन्न दवावका कार्यक्रम निर्धारण गरिने कुरा राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय अध्यक्ष एवं मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवा बस्तुस्थिती अध्ययन समितिका सदस्य गणेश बिश्वकर्माले बताउनुभयो । 

चुल्होबाटै मनग्य आम्दानी

0

वीरगंज । बार्षिक ५ करोड भन्दा बढीको चुल्हो कारोवार गरेको सुन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ । तर, पर्साको परवानीपुरमा काठ, गोवरको चिपरी वा फुसको प्लेटबाट धुवारहित खाना बनाउन चुल्होका निर्माण गर्ने एक कम्पनिको बार्षिक कारोवार यही नै हो । पर्यावरण इन्जिनियर मनोज गुप्ताको धुवारहित चुल्हो निर्माण कम्पनीले स्थानीयलाई समेत रोजगारी दिएको छ ।

वीरगन्जका इन्जिनियर मनोज गुप्ताले धुवारहित चुल्होे निर्माण गरेर बार्षिक ४० देखि ५० लाखसम्मको आम्दानी गर्दै आएका छन । कम्पनीले निर्माण गर्दै आएको सुधारिएको चुल्होबाट भान्सा धुवा रहित हुनुका साथै कम दाउरामै खाना पकाउन सकिन्छ । पर्साको परवानीपुरमा रहेको हस्क पावर नेपाल नामकोे कम्पनी २० लाख लागतबाट सुरु भई अहिले १३ करोडको बनेको छ ।

कम्पनिले निर्माण गरेको चुल्होको मुल्य ५ हजार पर्छ । मुलुकको विभिन्न ठाँउमा गरेर ३ सय ६० हजार घरमा चुल्हो पुगेकोे छ । प्रदेश सरकारसंग सम्झौता गरि विभिन्न जिल्लाहरुमा ५० हजार चुल्हो सप्लाइ गरेको यस कम्पनीले १४ जना महिला तथा पुरुषलाई रोजगारी समेत दिएको छ । यस्तो चुल्होको अविष्कार र निर्माणबारे कतिपय विदेशी मुलुकबाट पार्यवरणमा अनुसन्धान गर्न बिद्यार्थीहरु समेत आउने गरेको बताइन्छ ।

अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाणलाई परिसर ल्याइयो

0

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ ।

उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उहाँकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् । रासस

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

0

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान उनको आफ्नै निवासबाट पक्राउ गरेको हो ।

सोही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् । उनको खोजीकार्यकै क्रममा मंगलबार प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । तर, त्यहाँबाट कुनै पनि सुराखी नपाएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल

0

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतमबीच भएको भेटघाटमा समसामयिक राजनीतिक विषय, समान विचार भएका वामपन्थी शक्तिबीचको एकताबारे भइरहेका प्रयासका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि छरिएका स–साना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेकाले एकताका लागि प्रस्ताव गर्नुभएको थियो ।

सो अवसरमा नेता गौतमले एकताका लागि आफू सकारात्मक रहेकाले आफ्नो समूहबाट छलफल गरी छिट्टै निर्णय लिने जानकारी गराउनुभयो । पार्टीले सङ्गठन सुदृढीकरणका साथै वामपन्थी दलसँग एकताका लागि समान दृष्टिकोण तथा वैचारिकरूपमा नजिक रहेका दललाई एकताबद्ध गर्न उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा कार्यदलसमेत गठन गरेको थियो ।

उक्त कार्यदलले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग एकताका लागि विभिन्न चरणमा वार्ता गरेको जनाइएको छ । रासस

बलात्कार अभियुक्तलाई १८ वर्ष कैद

0

सप्तरी । सप्तरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई आज १८ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुुमार खंगलाई १८ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ । आरोपितले रु सात लाख जरिवाना तिर्नुपर्ने र रु एक लाख ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनुभयो ।

आरोपितले २०७९ मङ्सिर १ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । आरोपितले ललाइफकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा बलात्कार गरी भागी फरार भएको पीडितले बताउनुभएको छ ।

आरोपित २०७९ मङ्सिर २० गते पक्राउ परेका थिए । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासको आदेशमा आरोपित गत पुस १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । रासस

वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउन पाउने

0

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो ।

श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा प्रकाशशरण महतले गर्नुभएको यस्तो प्रस्ताव मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको उहाँको सचिवालयले जनाएको छ ।

विसं २०७७ जेठ १५ गते प्रकाशित सूचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो तर मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा छ महिना काम गरेर फर्किएकालाई थप एक थान मोबाइल फोन ल्याउन पाउने सुविधा सरकारले दिएको हो । रासस

रेडक्रस दिवसको अवसरमा पर्सामा विभिन्न कार्यक्रम सम्पन्न

0

वीरगंज । विश्व रेडक्रस दिवसकाे अवसरमा पर्सामा विभिन्न कार्यक्रम सम्पन्न भएकाे छ । रेडक्रसका जन्मदाता जा हेनरी ड्युनाको जन्मदिनको अवसरमा बिश्व भरी मनाउने बिश्व रेडक्रस दिवस पर्सामा पनि विभिन्न कार्यक्रम गरि मनाएको हाे ।

रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको आयोजनामा रक्तसञ्चार केन्द्र वीरगंजमा झन्डोतोलन कार्यक्रम गरिएकाे थियाे । साे पश्चात रक्त संचार केन्द्र मै रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति बिरेन्द्र राज कंडेलको सभापतित्वमा भएकाे कार्यक्रमकाे उदघाटन रेडक्रस मधेस प्रदेसका अध्यक्ष फुलमम्मद मियाले गरेका थिए ।

साे कार्यक्रममा रेडक्रस पर्सा सभापति बिरेन्द्र राज कंडेल, शिवनाथ यादव, शैलेन्द्र कुमार चौरसिया, सुजता पराजुली लगायत १४ जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

रेडक्रस दिवसकै अवसरमा मानवसेवा आश्रम वीरग‌ंजमा खाजा समेत बितरण गरिएको उनले जानकारी गराए ।

उपशाखाकाे भवन उदघाटन

यसैगरी रेडक्रस दिवस कै अवसरमा रेडक्रस धोरे उपशाखाको नवनिर्मित भवनको उदघाटन समेत भएकाे हाे । नवनिर्मित भवनको उद्घाटन पकहा मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले गरेका थिए ।

रेडक्रस भवन उदघाटन पश्चात साेही भवनमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएकाे थियाे । रेडक्रस धोरे उपशाखाकाे आयाेजनामा भएकाे कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए ।

दीप प्रज्वलन कार्यक्रम सम्पन्न

यसैगरी रेडक्रस दिवसकै अवसरमा माइस्थान उपशाखाको आयोजनामा गहवामाई मन्दिर अतिथी सदनमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे हाे ।

माइस्थान उपशाखाका सभापति मदन प्रसाद गुप्ताको सभापतित्वमा भएको दिप प्रज्वलन कार्यक्रममा पुर्व उपमेयर शान्ती कार्की, डा.प्रमोद सरार्फ, सुरेन्द्र सरार्फ, सरोजा राणा, लालबाबु सिंह लगायतले दिपप्रजवन गरि रेडक्रसका जन्मदाता जा हेनरी ड्युनालाइ फुलमाया चढाइ मानवीय सेवाकार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमकाे संचालन रेडक्रसका आजिवन सदस्य राजन श्रीवास्तवले गरेका थिए ।

हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

0

–रामकुमार एलन

यसै साता आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइयो । सरकारले २०७३ देखि पत्रकारिता दिवसलाई राष्ट्रिय रूपमा मनाउन मान्यता दिएको छ । गोरखापत्र प्रकाशन आरम्भ भएको दिन अर्थात वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाइरहँदा त्यही गोरखापत्रको मानकअनुसार हाम्रो पत्रकारिता सार्थक मोडमा जाँदैछ कि स्वार्थको घुम्तीमा दुर्घटना कुरिररहेको छ ? विवेचना गर्ने बेला पनि भएको छ । पत्रकारिताको यति लामो यात्रामा विभिन्न आर्थिक, सामाजिक र राजनीतिक उतारचढावसँगै प्रविधिमा आएको परिवर्तनले अकल्पनीय फड्को मारेको छ ।

पत्रकारिताको विकास स्थानीय तहमा युट्युब टेलिभिजन र अनलाइन सञ्चार गृह सञ्चालनमा पुगेको छ । विगतमा पत्रकारिता ग्रामीण बस्तीबाट भित्तेपत्रिका हुँदै केन्द्रमा पुग्थ्यो । पत्रकारितामा आकर्षित र सक्रिय अहिलेका कैयौँ पुस्ताका पत्रकार विगतमा गाउँमा भित्तेपत्रिका निकाल्थे । हवाई पत्रिका निकाल्थे । त्यसपछि लेटर प्रेसको जमाना आयो । जिल्लामा फाटफुट निस्कने पत्रिकामा संवाददाता भए । काठमाडौँसँग जोडिएर साप्ताहिक पत्रिकामा संवाददाता हुन थाले ।

पछि ब्रोडसिट दैनिक आउन थाले । दैनिकमा समाचार अहिलेजस्तो तुरुन्त प्रसार हुने व्यवस्था थिएन । हुलाकबाट पठाउनु पथ्र्यो । पछि कुरियरले अलि चाँडो पु¥याइदिन थाल्यो । नेपाल टेलिकम, प्रमुख जिल्ला अधिकारीको कार्यालयमा भएका फ्याक्स मेसिनमा पत्रकार लाइन बसेर समाचार पठाउनु पथ्र्यो । यस्तो अवस्थामा राज्य, प्रशासनविरुद्ध समाचार लेख्न कठिन थियो । किनकि फ्याक्स गर्ने ठाउँ नै सरकारी कार्यालय पथ्र्यो । त्यसपछि टेलिफोन बुथहरूले फ्याक्स मेसिन राख्न थाले । त्यहाँबाट समाचार जान थाल्यो ।

बिस्तारै कम्प्युटर युग आयो । जोस, जाँगर भएका पत्रकार ४० वर्ष कटेपछि पनि यो सीपमा रत्तिए । समाचार टाइप गरेर पठाउने भए । हेटौँडाबाट काठमाडौँमा समाचार पठाउन त्यतिखेर एसटिडी लाइनको फोनमार्फत इन्टरनेट जोडिएको थियो । अहिलेका पुस्तालाई पिसिओ, लोकल, एसटिडी, आएसडी फोनबारे ज्ञान नहुन सक्छ । किनभने डिजिटल प्रविधिले त्यो प्रविधि नै लोप भयो । अझ ग्रामीण भेगका भिएचएफ फोनमार्फत काठमाडौँका एफएम, पत्रिकामा समाचार टिपाउने युगबाट हामी यहाँसम्म आइपुगेका हौँ । बिस्तारै लोकल टेलिफोनमै इन्टरनेट चल्न थाल्यो । नेपाल टेलिकमले इन्टरनेट सेवा दिन थालेपछि सेवा सस्तो हुँदै गयो ।

विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी आज इन्टरनेटसँगै टेलिभिजनको केवलको सेवा पनि दिइरहेका छन् । यसरी २०६४ पछि सुरु भएको सञ्चारको छलाङ निरन्तर यहाँ आइपुग्दा आज काठमाडौँको समाचार सर्वसाधारणले टिकटक, फेसबुक, युट्युब, ट्विटरमा हेर्न थाले । एउटा अनुभव शेयर गर्न चाहन्छु, नेपाल समाचारपत्र दैनिक सार्वजनिक बस सेवाबाट हेटौँडा आउँदा दिउँसो २ बज्थ्यो । साँझ पत्रिका हेर्न पाउँथ्यौँ । समाचार छापिएपछि ठूलै फड्को मारेको अनुभव हुन्थ्यो । एक दिन बिहानै पत्रिका आउने पसलमा पत्रिकाको अफिसबाट फोन आएछ, ‘आजको पत्रिका नुवाकोटको बसमा पठाइएको छ, अलि ढिलो हुन्छ होला ।’ हामी धेरैबेर हाँस्यौँ तर मनमा द्विविधा के परिरहेको थियो भने, आजै जिल्लाका धेरै समाचार छापिएका थिए । जनताले पत्रिका पढ्न नपाउने भन्ने भयो । किनभने काठमाडौँ बसेर सबैथोक जानिन्छ र जिल्लामा बस्ने नजान्ने हुन्छ भन्ने पुरातन सोच हाम्रो नयाँ पुरानो दुवै पुस्ताको मनोग्रन्थीमा गढेर बसेको छ । नुवाकोटको बसमा पत्रिका हालेर मकवानपुर आउँदैन भन्ने भूगोल जानकार नभएका मान्छे पत्रिका वितरण शाखामा पर्दाको स्मरण हो यो ।

प्रतिस्पर्धाको युगमा सञ्चार अघि बढिरह्यो । युट्युब आयो । डेढ दशकअघि नै लेखिएका थिए कि, संसारमा टेलिभिजनलाई युट्युबले जित्ने छ । भर्खर इन्टरनेट सहरका एकाध घरमा जोडिएका बेला आएको युट्युबले टेलिभिजन यसरी स्थापित गर्ला भन्ने कल्पनै थिए । त्यसपछि टेलिभिजन आए । त्यतिखेर कस्तो माहोल थियो भने टेलिभिजनले के समाचार दिन्छ, पत्रिकाले पनि त्यही पच्छ्याउने चलन बढ्यो । यसले अखबारका समाचार बासी हुन थाले । अर्कातिर रेडियोको युग उस्तै चमकदमकमा प्रस्तुत भइरहेको थियो । माथि नै उल्लेख गरिएकै छ, मकवानपुरको पत्रिका नुवाकोटको गाडीमा पठाउने वितरण शाखालाई रेडियोले विस्थापित गरिदिए । काठमाडौँका सबै रेडियोले बिहानै पत्रिका पढिदिने, नेपालभर नेटवर्क बनाएका रेडियोले समाचार बिहानै बजाइदिएपछि आजको पत्रिका आजै आए पनि नआए पनि हुने भयो । मान्छे बिहानै रेडियो सुन्न थाले, साँझ टिभी हेर्न थाले ।

पत्रिकाको व्यापार ओरालो लाग्नुमा वितरण कमजोर मात्र थिएन, सञ्चार सामग्रीलाई रेडियो र टिभीले पहिले नै प्रसार गरिदिन्थे । त्यसैले पत्रिकाकै समाचार पढेर रेडियो, टिभी लोकप्रिय बनिरहँदा पत्रिका चैँ पुरानो र बासी समाचारको सङ्ग्रहका रूपमा परिचित र परिभाषित हुन थाल्यो ।

पत्रकारितामा छापा माध्यम कमजोर भयो भनेर फेरि अखबारहरूले मिहिनेत गरे । सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति व्यावसायिक ढर्रामा उत्रियो । उसले अखबारले झैँ देशभर संवाददाता राखेर सबै समाचार कभरेजमा पहुँच बनायो । प्रविधिमैत्री हुन थाल्यो । तस्बिर, समाचार समयमा उपलब्ध गराउन थाल्यो । यतिखेरसम्ममा अनलाइनहरू आइसकेका थिए । पत्रिका, अनलाइन, रेडियो, टेलिभिजन राससका ग्राहक छँदैथिए । राससका समाचार फेरि पनि घन्टाघन्टामा एफएम र टेलिभिजनमा अनि क्षणभरमै अनलाइनमा आउँदा अखबारकै बजार खस्कियो । अखबारले राम्रा पत्रकार राखेर खोजीका समाचार प्रकाशन गर्दा पनि काठमाडौँका अनलाइनहरूले बिहानै त्यही समाचार राखिदिएपछि जिल्लामा छापा माध्यम कमजोर भइरहेकै थियो । २०६५ पछि धेरै जिल्लामै अनलाइन, दैनिक पत्रिका, रेडियोसँगै टेलिभिजन स्थापनाका पहल भए । केन्द्रबाट अखबार प्रकाशन व्यावसायिक भइरहँदा जिल्लामा स्थानीय अखबार, रेडियोले पाठक, स्रोता, दर्शकलाई तानिसकेको थियो । टलिभिजन चलाउनुपर्छ भन्ने भइसकेको थियो ।

यसपछि केन्द्रका अखबारले ई–पेपर सुविधा दिन थाले । सरकारी कार्यालय, बैंक, इन्टरनेट पहुँचमा भएकाले त यसको सुविधा लिने भए । सर्वसाधारणलाई यो पनि सुविधाजनक भएन । पछिल्लो एक दशकमा आएमा स्मार्ट फोनले हाम्रो पत्रकारिताको ढाँचा नै बदलिदियो । सबै खबर अखबार, अनलाइन, टेलिभिजनमा भन्दा अगाडि फेसबुक, युट्युबमा आउन थाले । हरेक घटनाका भिडियो क्षणभरमै फेसबुकमा छाउन थाले । त्यही भिडियोमा आधारित सानो समाचार टेलिभिजनमा, अनलाइनमा, पत्रिकामा आउन थाल्यो । इन्टरनेटको पहुँचसँगै माथि उल्लेख गरिएको भित्तेपत्रिका हुँदै केन्द्रसम्म पुगेको पत्रकारिता काठमाडौँबाट फेरि प्रदेश, स्थानीय तह हुँदै वडा तहमा फर्कियो । यसको सबैभन्दा मार छापा माध्यमले भोगिरहेको छ ।

अहिले सरकारी सूचना छाप्नै पर्ने बाध्यताले अखबार लिखिरलिखिर चलेका छन् । नत्र भने समाचार र विज्ञापन अनलाइनमा आउन थालेपछि अखबारसँगै स्थानीय तहमा टेलिभिजनको बजार कमजोर भएको छ । एफएम रेडियो भारतमा झैँ गीत बजाउने र काठमाडौँबाट निःशुल्क आउने समाचारमा सीमित भएका छन् । जनशक्ति विकास, उत्पादनमा सञ्चारमाध्यम नलाग्दा ठूलो लगानीका पत्रिका, रेडियो, टेलिभिजन फेरि धराशयी नै भएका छन् । देखाउन त कोरोना, डेङ्गु, २०७२ को भूकम्प जे जे देखाए पनि भयो तर काठमाडौँका अखबार कोशी प्रदेश, मधेस प्रदेशमा अब गनेर सीमित सङ्ख्यामा सीमित भएका छन् । बागमती प्रदेशकै कतिपय जिल्लामा पत्रिका कुरियरबाट जान थालेका छन् । यसरी सञ्चार फेरि इन्टरनेट अर्थात् डिजिटल युगमा पुग्दा स्थानीय तहको समाचार स्थानीय तहमै प्रसारले नै अहिले प्रमुखता पाइरहेको छ ।

स्थानीय तहले सञ्चारका तालिम दिन बजेट विनियोजन गरेका छन् । वृत्तचित्त निर्माण, रेडियो सञ्चालन, पत्रकारलाई अवलोकन भ्रमण गराएका छन् । उसो त यी सबै अवसर उनीहरू कार्यरत सञ्चारमाध्यमले गर्नुपर्ने हो । उनीहरूले मिडिया चलेन, पत्रकारले लेखेनन् भनिरहँदा आफ्ना सहकर्मी, सञ्चारकर्मीलाई पुनर्ताजगी तालिम, अनुभव आदानप्रदानको मौकासमेत नदिइएका कारण केन्द्रीय सञ्चार गृहका कैयौँ अब्बल पत्रकार स्थानीय सञ्चारमाध्यममा झरेर सक्रिय भएका छन् । यसको असर आज स्थानीय तह र प्रदेशका सञ्चारमाध्यम तत्तत् क्षेत्र, भूगोलमा जनताको मुखपत्र भएका छन् ।

केन्द्र संस्करणमा नपरे पनि हाम्रो खबर स्थानीय अनलाइनले नै राम्रो र विस्तृत दिने गरेको छ भनेर स्थानीय तहमा विश्वास बढेको छ । अझ भिडियोसहित सामग्री प्रसारणमा स्थानीय तहका सञ्चारमाध्यम अग्रसर भएका छन् । पत्रिका, रेडियो, टेलिभिजन, युट्युब, फेसबुक र टिकटकमा समेत स्थानीय सञ्चार सामग्रीले अवसर पाउँदा भन्न सकिन्छ, काठमाडौँ केन्द्रित पत्रकारिता फेरि स्थानीय भूगोलमै फर्किएको छ । फरक यति हो यो दुई दशकमा पहिला भित्तेपत्रिका थियो । अहिले डिजिटल भित्तेपत्रिका अर्थात् ल्यापटप र मोबाइलमा पढ्न सकिने र आफ्नै भूगोल वरपरका बढी सामग्री पाइने भएको छ ।

पत्रकारिता दिवस मनाइरहँदा हामीले अब गुणस्तरीय सामग्री उत्पादनमा जोड दिने हो, दक्ष जनशक्ति निर्माणमा लगानी गर्ने हो । नयाँ पुस्तालाई समयसापेक्ष सामग्री उत्पादन, उच्चारण, सम्पादन, प्रसारणमा केन्द्रित गर्न जरुरी छ । प्रदेश सरकारले नै आमसञ्चारका अनेक विधागत संस्था स्थापना गरेर प्रदेश र स्थानीय तहमा सञ्चारको नयाँ आयाम सुरु गरिरहेका छन् । पत्रकारिता दिवस मनाइरहँदा यो उपलब्धिलाई कम्तीमा पत्रकारिता गर्नेहरूले चाहिँ गौरव मान्दै समिक्षित हुँदै अघि बढ्न जरुरी छ ।

(लेखक वीरगञ्जबाट प्रकाशित मधेसदृष्टि दैनिकका सम्पादक हुनुहुन्छ)

बारामा विवाह मण्डपबाट भाग्न खोज्ने बेहुला र उनका बुवा पक्राउ

0

वीरगंज । बिहे गर्न भारतबाट आएका बेहुला प्रहरीको खोरमा पुगेका छन् । बेहुली पक्षको उजुरीपछि बुवासहित बेहुला प्रहरीको खोरमा पुगेका हुन् । जन्तीलाई राम्रोसँग स्वागत सत्कार नगरेको भन्दै विवाह मण्डपबाट भाग्न खोज्दा बुवासहित बेहुलालाई केटी पक्षले आवश्यक कारवाहीको लागि प्रहरीलाई बुझाएको थियो ।

वैशाख २४ गते बारा महागढीमाई नगरपालिका–६ बबुआईन टोलमा भारतबाट जन्ती आएको थियो । उक्त दिन कालिचरण प्रसाद चौरसियाको छोरीसँग विवाह हुने मिति तय भएकाले बेहुला पक्ष जन्ती लिएर आएको थियो । जन्ती लिएर आउदा केटी पक्षले राम्रो स्वागत नगरेको भन्दै केटा भाग्न खोजेपछि केटी पक्षले समझाइ बुझाइ गरेको थियो । तर, केटाले स्वागत नराम्रो भएको भन्दै विहे गर्न नमानेपछि प्रहरीलाई केटी पक्षले प्रहरीको जिम्मा लगाएको थियो ।

भारत बिहार पूर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौलीका हुन् बेहुला शशी कान्त चौरसिया । बेहुलाका बुवा श्याम कान्त भगतलाई केटी पक्षले अनेक समझाई बुझाई गर्दा पनि बुवा छोराले उल्टै अश्लील शब्दहरु प्रयोग गरेर हातपात गर्न खोजेका थिए । पक्राउ परेका बेहुला र उनका बाबु उपर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बारा, कलैयाबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।