Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

बारामा विवाह मण्डपबाट भाग्न खोज्ने बेहुला र उनका बुवा पक्राउ

spot_img
spot_img

वीरगंज । बिहे गर्न भारतबाट आएका बेहुला प्रहरीको खोरमा पुगेका छन् । बेहुली पक्षको उजुरीपछि बुवासहित बेहुला प्रहरीको खोरमा पुगेका हुन् । जन्तीलाई राम्रोसँग स्वागत सत्कार नगरेको भन्दै विवाह मण्डपबाट भाग्न खोज्दा बुवासहित बेहुलालाई केटी पक्षले आवश्यक कारवाहीको लागि प्रहरीलाई बुझाएको थियो ।

वैशाख २४ गते बारा महागढीमाई नगरपालिका–६ बबुआईन टोलमा भारतबाट जन्ती आएको थियो । उक्त दिन कालिचरण प्रसाद चौरसियाको छोरीसँग विवाह हुने मिति तय भएकाले बेहुला पक्ष जन्ती लिएर आएको थियो । जन्ती लिएर आउदा केटी पक्षले राम्रो स्वागत नगरेको भन्दै केटा भाग्न खोजेपछि केटी पक्षले समझाइ बुझाइ गरेको थियो । तर, केटाले स्वागत नराम्रो भएको भन्दै विहे गर्न नमानेपछि प्रहरीलाई केटी पक्षले प्रहरीको जिम्मा लगाएको थियो ।

भारत बिहार पूर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौलीका हुन् बेहुला शशी कान्त चौरसिया । बेहुलाका बुवा श्याम कान्त भगतलाई केटी पक्षले अनेक समझाई बुझाई गर्दा पनि बुवा छोराले उल्टै अश्लील शब्दहरु प्रयोग गरेर हातपात गर्न खोजेका थिए । पक्राउ परेका बेहुला र उनका बाबु उपर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बारा, कलैयाबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...