Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउन पाउने

spot_img
spot_img

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो ।

श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा प्रकाशशरण महतले गर्नुभएको यस्तो प्रस्ताव मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको उहाँको सचिवालयले जनाएको छ ।

विसं २०७७ जेठ १५ गते प्रकाशित सूचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो तर मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा छ महिना काम गरेर फर्किएकालाई थप एक थान मोबाइल फोन ल्याउन पाउने सुविधा सरकारले दिएको हो । रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...