Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

रेडक्रस दिवसको अवसरमा पर्सामा विभिन्न कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । विश्व रेडक्रस दिवसकाे अवसरमा पर्सामा विभिन्न कार्यक्रम सम्पन्न भएकाे छ । रेडक्रसका जन्मदाता जा हेनरी ड्युनाको जन्मदिनको अवसरमा बिश्व भरी मनाउने बिश्व रेडक्रस दिवस पर्सामा पनि विभिन्न कार्यक्रम गरि मनाएको हाे ।

रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको आयोजनामा रक्तसञ्चार केन्द्र वीरगंजमा झन्डोतोलन कार्यक्रम गरिएकाे थियाे । साे पश्चात रक्त संचार केन्द्र मै रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति बिरेन्द्र राज कंडेलको सभापतित्वमा भएकाे कार्यक्रमकाे उदघाटन रेडक्रस मधेस प्रदेसका अध्यक्ष फुलमम्मद मियाले गरेका थिए ।

साे कार्यक्रममा रेडक्रस पर्सा सभापति बिरेन्द्र राज कंडेल, शिवनाथ यादव, शैलेन्द्र कुमार चौरसिया, सुजता पराजुली लगायत १४ जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

रेडक्रस दिवसकै अवसरमा मानवसेवा आश्रम वीरग‌ंजमा खाजा समेत बितरण गरिएको उनले जानकारी गराए ।

उपशाखाकाे भवन उदघाटन

यसैगरी रेडक्रस दिवस कै अवसरमा रेडक्रस धोरे उपशाखाको नवनिर्मित भवनको उदघाटन समेत भएकाे हाे । नवनिर्मित भवनको उद्घाटन पकहा मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले गरेका थिए ।

रेडक्रस भवन उदघाटन पश्चात साेही भवनमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएकाे थियाे । रेडक्रस धोरे उपशाखाकाे आयाेजनामा भएकाे कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए ।

दीप प्रज्वलन कार्यक्रम सम्पन्न

यसैगरी रेडक्रस दिवसकै अवसरमा माइस्थान उपशाखाको आयोजनामा गहवामाई मन्दिर अतिथी सदनमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे हाे ।

माइस्थान उपशाखाका सभापति मदन प्रसाद गुप्ताको सभापतित्वमा भएको दिप प्रज्वलन कार्यक्रममा पुर्व उपमेयर शान्ती कार्की, डा.प्रमोद सरार्फ, सुरेन्द्र सरार्फ, सरोजा राणा, लालबाबु सिंह लगायतले दिपप्रजवन गरि रेडक्रसका जन्मदाता जा हेनरी ड्युनालाइ फुलमाया चढाइ मानवीय सेवाकार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमकाे संचालन रेडक्रसका आजिवन सदस्य राजन श्रीवास्तवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...