Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026
Home Blog Page 49

रसुवाको बाढीपछि पर्सागढीका नरेश राई सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

0

वीरगंज । रसुवा जिल्लामा आएको बाढीपछि पर्सागढी नगरपालिका–४, बर्वाटाँडी निवासी ४२ वर्षीय नरेश राई सम्पर्कविहीन भएका छन् ।

राई बुधबार बिहान रसुवा जिल्लाको उत्तरगया गाउँपालिकास्थित शान्ति बजारबाट करिब ७ किलोमिटर पछाडि रहेको नयाँ पुलमा ट्रकबाट सामान अनलोड गर्ने क्रममा बाढीको प्रकोपपछि सम्पर्कविहीन भएको बताइएको छ । उनी बिहान करिब ८:४७ बजेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको जनाइएको छ ।

राई ट्रक चालक हुन्। उनीसँग सम्बन्धित सवारीसाधनको नम्बर ना. ७ ख ७२२७ रहेको परिवारले जनाएको छ ।

बाढीका कारण सडक तथा आसपासका क्षेत्रमा जोखिमपूर्ण अवस्था रहेकाले राईको खोजी तथा उद्धारमा सहयोग गरिदिन परिवार तथा आफन्तले सबैसँग हार्दिक अपिल गरेका छन् ।

राईको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा डॉ. चन्द्र भुषण सिंह (९८१४२५२३५३) मा सम्पर्क गरिदिन आग्रह गरिएको छ । परिवारले नरेश राईको खोजीमा सहयोग पुग्ने गरी सूचना धेरैभन्दा धेरै शेयर गरिदिनसमेत सबैमा अनुरोध गरेको छ ।

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

0

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म देशका विभिन्न जिल्लाबाट ३८९ शव फेला परेको जनाएको हो।

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ शव फेला परेका छन्।

यस्तै, बाढी तथा पहिरोमा परी घाइते भएका ४६६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका घाइतेमध्ये ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपाल प्रहरीले शुक्रबार साँझ ५ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घाइतेहरूलाई उद्धार गरी काठमाडौंका नौवटा अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

प्रहरीका अनुसार सबैभन्दा बढी ३१ जना घाइतेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा २२ जना घाइते उपचाररत छन्।

त्यसैगरी नर्भिक अस्पताल, वीर अस्पताल र मनमोहन अस्पतालमा दुई–दुई जना घाइतेको उपचार भइरहेको छ। अन्य चार जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

0

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रत्येक विद्यालयबाट एक छात्रा र एक छात्र गरी दुई जना विद्यार्थी सहभागी भएको प्रतियोगितामा समसामयिक तथा सामाजिक विषयमा आधारित चारवटा शीर्षकमा पक्ष र विपक्षमा विद्यार्थीहरूले आफ्ना विचार, तर्क तथा प्रतितर्क प्रस्तुत गरेका थिए ।

प्रतियोगिताका विषयमा ‘कृत्रिम बुद्धिमत्ता (AI) विद्यार्थीका लागि अवसर हो कि चुनौती ?’, ‘पर्यावरण संरक्षणमा सरकारभन्दा नागरिकको भूमिका बढी महत्त्वपूर्ण’, ‘प्रकृतिमाथि विजय प्राप्त गर्ने मानवको सोच—विनाशको कारण कि सफलताको आधार ?’ तथा ‘प्रतिभा पलायन रोक्न राज्यको भूमिका बढी कि युवाको ?’ रहेका थिए ।

विद्यार्थीहरूको मूल्याङ्कन विषयवस्तुको प्रस्तुति, तार्किक क्षमता, वक्तृत्वकला, भाषा तथा उच्चारण, प्रतिवाद, खण्डन र समग्र प्रभावका आधारमा गरिएको थियो । प्रतियोगिताले विद्यार्थीहरूमा समसामयिक विषयप्रतिको बुझाइ, तार्किक सोच, आत्मविश्वास तथा प्रभावकारी रूपमा विचार प्रस्तुत गर्ने क्षमताको विकासमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा रॉयल एकेडेमीकी नलिक्षा प्रजापतिले प्रथम स्थान हासिल गरिन् । साउथजोन सेकेन्ड्री स्कूलकी सञ्जु कुमारी यादव द्वितीय, लिटिल फ्लावर स्कूलकी अनामिका यादव तृतीय, सेन्ट अल्फान्सोस् स्कूलकी आराध्या मलिक चौथो तथा पञ्चान्जंगा सेकेन्ड्री स्कूलकी युनिका कार्की पाँचौँ स्थानमा रहिन् ।

त्यस्तै, साउथजोन सेकेन्ड्री स्कूलका प्रिन्स अधिकारीलाई उत्कृष्ट प्रदर्शन गरेबापत ‘उत्कृष्ट वादविवादकर्ता’को उपाधिबाट सम्मान गरिएको थियो ।

प्रथमदेखि पाँचौँ स्थान हासिल गर्ने विद्यार्थी तथा उत्कृष्ट वादविवादकर्तालाई ट्रफी, मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएकाे आयाेजक गाैतम स्कुलका साैराज प्रधानले जानकारी दिए ।

गौतम माध्यमिक विद्यालयका प्राचार्य गणेश छेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं साहित्यकार गणेश लाठ प्रमुख अतिथि थिए । प्रतियोगिताको निर्णायक मण्डलमा ठाकुर राम बहुमुखी क्याम्पसका प्राध्यापक राम पाण्डे, हरिखेतान बहुमुखी क्याम्पसकी प्राध्यापक रञ्जना घिमिरे तथा प्रेस सेन्टर नेपाल, मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटी मगर रहेका थिए ।

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

0

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ।

बहुजन एकता पार्टीका पर्सा जिल्ला इन्चार्ज सन्तोष रामको अध्यक्षतामा वीरगन्जमा सम्पन्न बैठकले मोर्चालाई थप व्यवस्थित, सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको हो। बैठकमा मोर्चामा आबद्ध प्रत्येक दलबाट तीन–तीन जना सहभागी गराई २१ सदस्यीय जिल्ला स्तरीय समिति गठन गर्ने निर्णय गरिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिए।

बैठकले रसुवा, नुवाकोटलगायतका जिल्लामा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेको छ।

यस्तै, आगामी असोज ३ गते वीरगन्जमा मोर्चाका केन्द्रीय नेतृत्वको विशेष उपस्थितिमा आयोजना हुने भेला तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का मधेस प्रदेश अध्यक्ष अमिताभ बच्चन दास, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फ, आम जनता पार्टीका जिल्ला अध्यक्ष विश्वराज पटेल, नेपाल संघीय समाजवादी पार्टीका इन्जिनियर रागीव हुसेन, प्रलोपा नेता बालकृष्ण श्रेष्ठ, जसपा उपाध्यक्ष श्रीराम गिरी, जनमत पार्टीका जिल्ला उपाध्यक्ष नागेन्द्र गुप्तालगायत नेताहरूको उपस्थिति थियो।

बैठकले अग्रगामी मोर्चालाई जिल्लामा थप सशक्त, समावेशी र जनमुखी बनाउँदै आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको सरार्फले बताए।

मुसैलीमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

0

वीरगंज । वीरगंज महानगरपालिका–२९ मुसैली गाउँमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनीहरूकी सौतेनी आमा रोशनी मिश्रा चौबेलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार रोशनीलाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । घटनाको वास्तविक कारण भने शवको शल्यपरीक्षण प्रतिवेदन तथा प्रहरी अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मुसैलीका ९ वर्षीय आदर्श चौबेको आइतबार र उनकी बहिनी अनुष्का चौबेको मंगलबार शंकास्पद अवस्थामा मृत्यु भएको थियो । अनुष्काको शव शल्यपरीक्षणका लागि काठमाडौं पठाइएको छ ।

मृतकका मामा प्रिन्सकुमार त्रिपाठीले आदर्शको मृत्युबारे परिवारलाई जानकारी नदिई अन्त्येष्टि गरिएको आरोप लगाएका छन् । अनुष्काको मृत्युको प्रकृति आदर्शको मृत्युसँग मिल्दोजुल्दो देखिएपछि परिवारले प्रहरीलाई खबर गरेको उनको भनाइ छ ।

बालबालिकाकी आमाको करिब तीन वर्षअघि मृत्यु भएपछि उनीहरूका बुबा तारकेश्वर चौबेले रोशनीसँग दोस्रो विवाह गरेको परिवारले जनाएको छ । परिवारले सौतेनी आमाबाट बालबालिकामाथि दुर्व्यवहार तथा शोषण भएको आरोपसमेत लगाएको छ ।

घटना भएको समयमा बालबालिकाका बुबा भारतमा रहेको र हाल बिरामी अवस्थामा वीरगंज हेल्थकेयर हस्पिटलमा प्रहरीको निगरानीमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।

दुवै बालबालिकाको मृत्युको वास्तविक कारण पोष्टमार्टम रिपोर्ट र अनुसन्धानबाट मात्रै यकिन हुने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले घटनाका सबै पक्षमाथि अनुसन्धान अघि बढाएको छ ।

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

1

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले रु तीन करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

आज राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिका अध्यक्ष डा सुमन दाहालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सहयोगस्वरुप रु तीन करोडको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत कर्मचारीहरूको उपस्थिति थियो ।

भोटेकोशीसँगै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण कयौँ मानिस हराइरहेका छन् भने प्रभावित अझै पनि उद्धार एवं राहतको पर्खाइमा रहेका छन् ।

बाढीबाट प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकप्रति राष्ट्रिय वाणिज्य बैङ्क परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, सम्पर्कविहीन र घाइतेहरूको उद्धार तथा शीघ्र उपचारको कामना गर्दै प्रभावित समुदायप्रति बैङ्कले गहिरो समवेदना व्यक्त गरेको छ । बैङ्कले विगतमा पनि राष्ट्रिय विपदका घटनाबाट प्रभावितहरुलाई राहत उद्धार र पुनस्र्थापनाका लागि आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

0

नारायणगढ । बुधबार भोटेकोशी नदीमा गएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नदी किनारमा रहेको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले श्रव्यदृश्य सामग्रीमा देखिएका दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार श्रव्यदृश्यमा देखिएको विवरणका आधारमा अनुसन्धान गर्ने क्रममा भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क नजिकबाट नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-१ घर भई हाल भरतपुर-१ लीलाचोकमा मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका-५ घर भई हाल भरतपुरका-२ पोखरा बसपार्क सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन ल्याइएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहद्वारा बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण

0

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गर्नुभएको छ ।

आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकनपश्चात् काठमाडौँ फर्कनुभएको छ उहाँको सचिवालयले जनाएको छ ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहनुभएको थियो । बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुभएका उहाँले विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिनुभएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो ।

सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनःस्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभयो । स्थलगत निरीक्षण र आवश्यक निर्देशनपश्चात् प्रधानमन्त्रीको टोली आजै काठमाडौँ फर्किएको छ ।

भोटेकोशी बाढीः बाराका १५ जना सम्पर्कविहीन

0

बारा । रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका १५ जना सम्पर्कविहीन बनेका छन् । बाढीपछि रसुवाको विभिन्न स्थानमा काम तथा अन्य प्रयोजनका लागि पुगेका व्यक्ति परिवार तथा आफन्तको सम्पर्कमा नआएका बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिनुभयो ।

“बाढीका अझ कति सम्पर्कविहीन भएका छन् त्यसको यथार्थ खोजी तथा सूचना सङ्कलन गर्ने काम सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न स्रोतबाट अहिलेसम्म १५ जना सम्पर्कविहीन भएका भन्ने सूचना सङ्कलन गरिएको छ ।” सूचना सङ्कलन कार्यलाई जारी राखिएको जनाउँदै उहाँले यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताउनुभयो ।

हालसम्म प्राप्त विवरणअनुसार मकवानपुर छतिवन गाउँपालिका९४ नयाँ डुमर स्थायी ठेगाना भई बारामा बस्दै आएका मदन स्याङ्दोला लामा, बाराको परवानीपुर गाउँपालिका९५ बहुअरीका नमनारायण सिंह, कलैया उपमहानगरपालिका९२२ धोधाटोलका सत्यप्रकाश राम र आदर्श कोतवाल गाउँपालिका९१ चिउटाहाका अङ्कित पटेल सम्पर्कविहीन भएका सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

सहायक प्रजिअ भट्टराईका अनुसार प्रसौनी गाउँपालिका९३ का जितेन्द्रकुमार दास, कलैया उपमहानगरपालिका९२३ का श्रीनिवास मण्डल, जितपुरसिमरा उपमहानगरपालिका९१६ का रञ्जित श्रेष्ठ, करैयामाई गाउँपालिका९२ का धिरेन्द्र चौधरी, सुवर्ण गाउँपालिका९५ औरैयाका रमेशकुमार साह र सुवर्ण गाउँपालिका९४ हरैयाका रमेशकुमार यादव पनि सम्पर्कविहीन भएका छन् ।

यसैगरी, निजगढ नगरपालिका९९ शान्तिटोलका राजु बिष्ट, निजगढ नगरपालिका९९ का दिनेश परियार, कलैया उपमहानगरपालिका९६ आदर्शटोलका देवेश भट्टराई, सुवर्ण गाउँपालिका९१ का सुरजकुमार साह र निजगढ नगरपालिका९८ का उत्तम न्यौपाने भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

सम्पर्कविहीन भएकामध्ये केही रसुवामा, केही भोटेकोशी क्षेत्रमा तथा केही रसुवाका जलविद्युत् आयोजना र अन्य काममा खटिएका थिए । केही व्यक्ति त्रिशूली हाइड्रोपावर तथा रसुवाका विभिन्न आयोजनामा कार्यरत रहेको जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

भोटेकोशी नदीमा बुधबार गएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको जनाइएको छ । बाढीपछि सयौँ मानिस सम्पर्कविहीन भएको र खोज तथा उद्धार कार्य जारी रहेको छ । बाराका सम्पर्कविहीन व्यक्तिहरुको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायमार्फत थप विवरण सङ्कलन गर्ने कार्य भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

“हामी गम्भीर भएर बाढीमा हराएका बाराका नागरिकको सूचना सङ्कलन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्यका लागि हामी संवेदनशील भएर लागेका छौँ ।” सम्पर्कविहीन भएकाहरूको सङ्ख्या अझ बढ्न सक्ने अनुमान पनि गरिएको उहाँले बताउनुभयो । अहिलेसम्म भेटिएका शवहरू बाढीपछि सम्पर्कविहीन बनेका बाराका व्यक्तिको नभएको उहाँले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय वडाध्यक्षमार्फत सम्पर्कविहीनहरूको विवरण सङ्कलन गर्ने कार्य भइरहेको प्रजिअ मिश्रले जानकारी दिनुभयो । परिवारजनले सम्पर्कविहीन व्यक्तिको अवस्था तत्काल सार्वजनिक गरी खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन आग्रह पनि गरेका छन् ।
९९९

बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

0

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै उद्धार, राहत र पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घ र सम्पूर्ण अन्तरराष्ट्रिय समुदायसँग मानवीय सहयोगका लागि अपिल गर्नुभएको छ ।

कम्बोडियाको फ्नोम पेनमा जारी दोस्रो अन्तर९व्यवस्थापकीय सभामुखरअध्यक्ष सम्मेलन ९आइएससी९२० लाई सम्बोधन गर्दै उहाँले यही भदौ १० गते नेपालमा आएको अकल्पनीय विनाशकारी बाढीले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “यस सम्मेलनमार्फत संयुक्त राष्ट्रसङ्घ तथा सम्पूर्ण अन्तरराष्ट्रिय समुदायसमक्ष उद्धार, राहत र पुनःस्थापनाका लागि मानवीय सहयोग तथा ऐक्यबद्धताको हार्दिक अपिल गर्दछु ।”

बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको खोजी र यथाशीघ्र उद्धारका लागि पनि अध्यक्ष दाहालले अपिल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

जलवायु परिवर्तनमा नेपालजस्ता देश बढी पीडित

नेपालमा आएको पछिल्लो विनाशकारी बाढीको प्रसङ्ग जोड्दै अध्यक्ष दाहालले जलवायु परिवर्तनमा न्यून भूमिका रहेका नेपाललगायत राष्ट्रहरू अरूका कारण सिर्जित सङ्कटमा परिरहेका बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट प्रभावित र पीडित राष्ट्रहरूका लागि विशेष अन्तरराष्ट्रिय कोषको व्यवस्था गर्न विश्वका संसद् र अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो ।

“जलवायु परिवर्तनमा न्यून भूमिका रहेका नेपाललगायत राष्ट्रहरू अरूको कारणले पीडित छन्”, उहाँले भन्नुभयो, “पीडित राष्ट्रहरूका लागि विशेष कोषको व्यवस्था गर्न म सबै सांसद्हरूको ध्यानाकर्षण गराउन चाहन्छु ।”

शान्ति स्थापनामा नेपालको विशिष्ट अनुभव

‘शान्ति र साझा समृद्धिका लागि एकताः अन्तरराष्ट्रिय कानुनको सुदृढीकरण र विवादहरूको शान्तिपूर्ण समाधान’ विषयक तीनदिने सम्मेलनको दोस्रो दिन नेपालका तर्फबाट अध्यक्ष दाहालले सम्बोधन गर्नुभएको हो । सो क्रममा अहिले विश्व युद्ध, सशस्त्र द्वन्द्व, भूराजनीतिक प्रतिस्पर्धा, जलवायु परिवर्तन र तीव्र गतिमा विकसित हुँदै गएको प्रविधिका कारण शान्ति व्यवस्थापनान गम्भीर चुनौती थपिएको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले दशक लामो सशस्त्र द्वन्द्वबाट गुज्रिएको नेपालले बल प्रयोगबाट नभई संवाद, सहमति र मौलिक शान्ति प्रक्रियामार्फत द्वन्द्वको समाधान गरेको उल्लेख गर्दै सन् २००६ को विस्तृत शान्ति सम्झौताले नयाँ राजनीतिक अध्याय सुरु गरेको बताउनुभयो ।

जननिर्वाचित संविधानसभाबाट जारी संविधानले सङ्घीयता, गणतन्त्र, समावेशिता र मौलिक हकलाई संस्थागत गरेको उहाँले बताउनुभयो । नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सम्पन्न गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “यो सहज र छरितो प्रक्रिया थिएन । तर कठिन परिस्थितिमा पनि विचलित नभई नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सम्पन्न गर्न सकेको छ । हामी यसमा गर्व गर्दछौँ ।”