Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नारायणी अस्पतालबाट चाेरी भएकाे नवजात शिशु फेला, एक महिला पक्राउ

spot_img
spot_img

वीरगंज । नारायणी अस्पतालबाट चाेरी भएकाे नवजात शिशुलाई प्रहरीले करिब २० घण्टापछि सकुशल उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका–१६ निवासी २७ वर्षीया सबिना खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ३, बहुअर्वा निवासी रन्जय दासकी श्रीमती २७ वर्षीया रिन्कु देवीले नारायणी अस्पतालमा शल्यक्रियामार्फत एक बालकलाई जन्म दिएकी थिइन् ।

गत भदौ १३ गते राति जन्मिएको उक्त नवजात शिशुलाई सुत्केरीका कुरुवा बसेका आफन्तसँग खेलाउने तथा स्याहार गर्ने बहाना बनाएर एक महिलाले अनाधिकृत रूपमा साथमा लगेको सूचना प्रहरीले प्राप्त गरेको थियो ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले अनुसन्धान तथा खोजी अभियान तीव्र बनाएको थियो । अस्पताल तथा आसपासका सीसीटीभी क्यामेराको फुटेजका आधारमा गरिएको अनुसन्धानपछि प्रहरीले साेमबार दिउँसो नवजात शिशुलाई सकुशल उद्धार गरेको जनाएको छ ।

प्रहरीका अनुसार उद्धार गरिएको शिशुलाई परिवारको जिम्मा लगाइएको छ भने शिशु हाल नारायणी अस्पतालको एनआईसीयूमा उपचाररत रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नारायणी अस्पताल प्रशासनले अस्पताल, वडा प्रहरी कार्यालय वीर्ता र जिल्ला प्रहरी कार्यालय पर्साबीचको संयुक्त समन्वय तथा अनुसन्धानका कारण छोटो समयमै नवजात शिशुको उद्धार सम्भव भएको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकी सबिना खातुनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

अस्पताल प्रशासनले नवजात शिशुको सकुशल उद्धारमा सहयोग गर्ने प्रहरी तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...