Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 382

ठाेरीमा नातिद्वारा हजुर बुवाकाे हत्या

पर्सा । हजुर बुवाकाे हत्या गरेकाे आराेपमा प्रहरीले ठोरी गाउँपालिकाकाे वडा नं. २ गौतम नगरको डाँडा टोल निवासी ३६ वर्षीय कृष्ण बहादुर खड्कालाई पक्राउ गरेकाे छ ।

खड्काले आइतबार दिउँसो ४ बजे कोदो कुट्ने लाठोले प्रहार गरेर आफ्ना ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामाको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

लाठो प्रहारबाट गम्भीर रूपले घाइते भएका लामाको उपचारकाे लागि अस्पताल लाँदालाँदै बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

इन्स्पेक्टर राईका अनुसार लाठो प्रहारबाट लामा लडेपछि खड्का घटनास्थलबाट फरार भएका थिए ।

यद्यपि स्थानीयहरूको सहयोगमा उनलाई आइतबार नै नजिकैको सिसौ घारीमा लुकेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार बिक्रम थापाले वताए । 

मृतक लामाको शव पोस्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएकाे र घटना बारे थप अनुसन्धान भइरहेकाे डिएसपी थापाले जानकारी दिए ।

भेडिहारीमा छैन् छुवाछुत तथा विभेद, मन्दिर कै पुजारी छन् बिरा राम

वीरगंज । दलितमाथि भइरहेकाे विभेदकाे अन्त्य भएपछि पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीकाे समाजिक परिवेश फेरिएकाे छ ।

अझै पनि विभिन्न ठाउँमा दलितमाथि छुवाछुत र विभेद भइरहेकाे समाचार आइरहेपनि भेडिहारीकाे मुख्य मन्दिर कै पुजारी दलित समुदायका एक व्यक्ति रहेका छन् ।

भेडिहारी निवासी बिरा भगत राम दुई दशकदेखि रामजानकी मन्दिरकाे पुजारी छन् । रामले २ दशक अगाडी देखी नै मन्दिरमा पुजारी भई पुजाआजा गर्दै आएका छन् । 

दलितमाथी शोसन,  मन्दिर प्रबेशमा राेक, छुवाछुत, विभेद, कुटपिट लगायतकाे समाचार आइरहेकाे छ । तर भेडिहारीका एक दलित परिवारका ६० बर्षिय रामको मन्दिर कै पुजारी भएर उद्धारण बनेका छन् ।

बिगतका दिनमा बिभिन्न किसिमकाे गरीब, दलित तथा सर्वसाधारणमा भेडिहारीमा बिभेद आएपनि सोही गाउँका समाजिक संघसंस्था, युवा तथा समाजसेवीहरुको संघर्षका कारण समाजिक परिवर्तन भएकाे हाे ।

पुजारी रामका स्वर्गीय दाई जोखन रामले राजनीतिमा सक्रिय थिए । उनी पनि गरीब र दलितका लागी संघर्ष गर्दै आएका थिए । फलस्वरुप दलित परिवार एकबद्धय भई आफना हक र अधिकार तर्फ सचेत भएका थिए ।

शिक्षा, स्वास्थ्य, विकास तथा आफना अधिकारका लागी एक भई लडदै आएका दलित बस्तीका परिवारजनहरुले आफना सम्मपुर्ण अधिकार प्रति जागरुक छन । शिक्षा र चेतनामा पछाडी परेका दलित परिवारहरुले अब आफना छोरा छोरीहरुलाई शिक्षा दिनुका साथै नेपाल सरकारको जागीर सम्म पाउन सफल भएका छन ।

एक डिएसपी, एक जना सुब्बा, एक जना असई र दुई जना नेपाल प्रहरीका जवान भएर कार्यरत छन । यहाँ सम्मकी विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष पनि बनेका छन ।

जनमत पर्साले रङभेद विरुद्धको एकता दिवस मनायाे

वीरगंज । जनमत पार्टी पर्साले रङभेद विरुद्धको एकता दिवस आइतबार वीरगंजमा मनाइएकाे छ । रंग विभेद विरुद्धकाे आक्रमण अत्य गर मूल नाराका साथ वीरगंजकाे घण्टाघरमा एक कार्यक्रमकाे आयाेजना गरेर जनमतले दिवस मनाएकाे हाे । 

२०७१ मंसिर १० गते काठमाडौंकाे सुन्धारा क्षेत्रबाट जनमता पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउत लगायत ३०० भन्दा बढी मधेशीहरुलाई गिरफ्तार गरिएको र त्यस क्षेत्रमा कालो छाला भएको मान्छे देखिने वित्तिकै गिरफ्तार गरिने कार्यकाे विराेधमा हरेक बर्ष मंसिर १० गते रंगभेदी विरुद्धकाे दिवस मनाइदै आइएकाे जनमत पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए ।

उनले भने “सोही क्रममा वीर अस्पताल जान लागेका विरामी कुरुवाहरु तथा कालो वर्णका सादा पोशाकका मधेशी प्रहरीहरु समेत गिरफ्तार भएका थिए । नेपाल सरकारद्वारा गरिएको सो गिरफ्तारी त्यो हदसम्मको पूर्ण रुपले रंगभेदी थियो ।”

जिल्ला अध्यक्ष सरार्फ कै अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला इन्चार्ज माधव सिंह, राष्ट्रीय परिषद सदस्य डा. अजय यादव, जिल्ला सह-इन्चार्ज मुकेश द्विवेदी, युवा नेताहरु ई राजुराज गिरी, संजय सिंह, उमाशंकर गुप्ता लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा पार्टीकी नेतृ अनिता राैनियार, जिल्ला उपाध्यक्षद्वय प्रमोद यादव, अमरनाथ सिंह राठौर, जिल्ला सचीव शशी पाण्डे, कोषाध्यक्ष अभिसेख तिवारी लगायतकाे उपस्थिति रहेको थियो ।

रंगभेदी गिरफ्तारीको सम्झना स्वरुप, देश र विदेशमा मधेशीमाथि भइरहेको रंगभेदको संदेश दिन, हरेक वर्ष मंसीर १० गते ‘रंगभेदविरूद्ध एकता दिवस’ जनमतले मनाउ‍ँदै आएकाे छ ।

गढीमाई मन्दिरको जग्गामा वडा कार्यालय निर्माण नगर्न माग

वीरगंज । श्री गढीमाई मन्दिर संचालन तथा विकास समिति बरियारपुर बाराले महागढीमाई नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मनोज गुप्ताले मन्दिरको जग्गा अतिक्रण गर्न खाजेको आरोप लगाएको छ ।

श्री गढीमाई मन्दिर संचालन तथा विकास समितिका कोषाध्यक्ष महेश जैसवालले आइतबार बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी मन्दिरको जग्गा अतिक्रण गरी वडा अध्यक्षले हिन्दु धर्मावलम्वीहरुको आस्था माथी प्रहार गर्न खाजेको आरोप लगाए । पत्रकार सम्मेलनमा जैसवालले निर्माण कार्यमाथी समितिले आपत्ती प्रकट गरेको जैसवालले बताए ।

उनले मन्दिर क्षेत्रको केन्द्र बिन्दुमा निर्माण हुने वडा कार्यालयले मन्दिरलाई कुरुप बनाउँने एवं पञ्चबर्षिय मेलालाई नै प्रभावित पार्ने बताए । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष जैसवालले वडावासीहरुको सहजताको लागि वडा कार्यालय निर्माण हुनु आवश्यक रहेको भएपनि त्यसका लागि थुर्पै बैकल्पिक ठाउँहरु रहेको बताए ।

महागढीमाई नगरपालिकाकाे कार्यपालिका सदस्य समेत रहेका जैसवालले महागढीमाई नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गुप्ताले बिश्व प्रख्यात मन्दिर गढीमाईको नाममा रहेको किता नं. ३६७ को ४ कठ्ठा १० धुर जग्गा अतिक्रण गरी मनोमानी ढङ्गले  अगाडी बढाएको निर्माण कार्य तत्काल रोक्नु पर्ने माग गरे ।

उनले निर्माण कार्य शुरु भएयता विकास समितिले निर्माण कार्यको विरोध गर्दे आएको वताउँदै निर्माण कार्य नरोएपछि आफुहरु अदलातको सरणमा गएको समेत बताए । उनले आदालतको निर्णय आफुहरुलाई मान्य हुने पत्रकार सम्मेलनमा बताए ।

उनले आफुहरुले अदालतमा निर्माण कार्य रोक्का गर्न लागि माग गरेको बताउँदै अदालतले गढीमाईको पक्षमा निर्णय गर्ने समितिलाई विश्वास रहेको बताए ।
 
देशको मुख्य तिर्थ स्थल एवं पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको मन्दिरको मुख्य भागमा यसरी घर निर्माण भएपछि मधेशकै पर्यटकीय विकासमा समेत बाधा पुग्ने भएको हुँदा जैसवालले सारोकारवालाहरुले यस कार्यको बिरोध गर्नु पर्ने पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलनमा निर्माण कार्यलाई नगरपालिकाले किन नरोकेको आफुहरु समेत बुझन नसकेको कोषाध्यक्ष जैसवालको भनाई थियो । 

वडाध्यक्ष गुप्ताले मैले हाेइन नगरपालिकाले वडा कार्यालय निर्माण गर्न लागेकाे वताए । नगरपालिकाकाे वाेर्ड बैठककाे निर्णय अनुसार नै वडा कार्यालय निर्माण हुन लागेकाे वताउँदै त्यसले गढीमाई मन्दिरमा कुनै असर नपर्ने वताए । 

महानगरकाे सुशासन समितिद्वारा एकै दिन ५ वडाको अनुगमन

वीरगंज । वीरगंज महानगरपालिकाद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले आइतबार महानगरको ५ वटा वडाको सेवा प्रवाह बारे अनुगमन गरेको छ ।

वडाबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन र वडाको समस्या पहिचान गर्न समितिले कडाइका साथ अनुगमन थालेको हो ।

समितिले आइतबार वडा नं. ८, ९, ११, १३ र १४ मा अनुगमन गर्दै त्यहा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी लिएको समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिए ।

कतिपय वडामा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व संकलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमनलाई तिब्रता दिइएको उनले बताए ।

समितिले यस अघि विभिन्न ९ वटा वडाको अनुगमन गरेको थियो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजश्व संकलनमा समस्या देखिएको गुनासो आएपछि अनुगमनलाई कडाई गर्न निर्देशन दिए बमोजिम समितिले अनुगमनलाई तिब्रता दिएको हो ।

वडा नं. ५ का वडाध्यक्ष समेत रहेका समितिका संयोजक चौरसियाको नेतृत्वमा गएको टोलीमा प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वडा नं. ११ का वडाध्यक्ष अजय कुमार बरै लगायत रहेका थिए ।

छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत कृष्ण ठाकुर हाजिर भएकाे १५  दिन भन्दा बढी भएपनि खाता संचालन नहुँदा विकास निर्माणकाे काम प्रभावित भएकाे छ ।

अधिकृत ठाकुर कार्तिक २४ गते नै गाउँपालिकामा हाजिर भएपनि हाल सम्म खाता संचालन हुन सकेकाे छैन । खाता संचालन नहुँदा विकास निर्माणकाे काम प्रभावित भएकाे स्वम् जनप्रतिनिधिहरुले नै वताएका छन् ।

गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ताले कोलनिकाको हाकिम नहुँदा खाता खुल्न नसकेकाे वताएका थिए । तर काेलनिकाकाे हाकिम यज्ञराज उप्रेति वीरगंज आएपनि खाता संचालन हुन सकेकाे छैन् ।

गाउँपालिकामा निमिति प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना अन्तर्गत खाता संचालनमा ढिलाई गरिएकाे समाचार स्राेतले जनाएकाे छ ।

स्राेतका अनुसार प्रमुख प्रशासकिय अधिकृत ठाकुरलाई केही दिन प्रशासनिक काम मात्र गराएर गाउँपालिकाबाट पठाउने गाउँपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरुकाे याेजना रहेकाे छ ।

साेही याेजना अन्तर्गत खाता संचालनमा ढिलाई हुँदा गाउँपालिका आर्थिक कामकाज प्रभावित भएकाे हाे ।  

छिपहरमाईकाे यस अघिकाे प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र प्रसाद साहकाे सरुवा गराएर निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना बनाइएपनि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले साे याेजना विफल बनाइदिएकाे थियाे ।

सुरुमा मन्त्रालयले पठाएकाे नयाँ प्रमुख प्रशासकिय अधिकृत ठाकुरलाई हाजिर नै नगराउने याेजना रहेपनि त्यसाे हुन सकेन । अधिकृत ठाकुर हाजिर भएपनि अब खाता संचालनमा अवराेध सृजना गरिएकाे छ ।

यस विषयमा बुझ्न प्रमुख प्रशासकिय अधिकृत ठाकुरसंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

पटेर्वा सुगाैलीमा ३ सय जनाद्वारा रक्तदान

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीकाे आयाेजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

अन्तराष्ट्रिय महिला हिसाँ अन्त्य दिवसको अवसरमा भएकाे कार्यक्रममा १२ महिलासहित ३ सय जनाले रगत दान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धी सचेतना बढाउनुको साथै रगत उपलब्धतालाई सहज बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालयका पटेर्वासुगौलीका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीले बताए ।

इलाका प्रहरी कार्यालयका पटेर्वासुगौली मै भएकाे कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले रक्तदातालाई रगतको पोका दिएर गरेका थिए ।

फोटोग्राफर मनिष पौडेल सम्मानित

काठमाडौँ । २३ औँ पर्सा दिवसको अवसरमा पर्सा मिलन केन्द्र, काठमाडौँले अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको छ । काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रममा फोटोग्राफर मनिस पौडेल सम्मानित भएका छन् ।

हरके वर्ष कात्तिक २६ गते पर्सा दिवस मनाउने गरेकोमा यस वर्ष कात्तिक २६ गते लक्ष्मी पूजा पर्न गएकोमा मंसिर नौ कार्यंक्रम आयोजना गरिएको केन्द्रका अध्यक्ष उमेश गुप्ताले बताए ।

विभिन्न १० विधा योगदान पर्याएकालाई सम्मानित गरेको थियो। यसबीच पौडेलले विविध अन्र्तगतको डिजिटल सञ्चारमा माध्यम अन्तगर्त पुर्याएको योगदानको लागि सम्मानित गरेको गुप्ताले बताए ।

यसबाहेक, शिक्षा अन्तर्गत त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्रका पूर्व प्राध्यापक डा. रामदेश तिवारी, स्वास्थमा स्त्री रोग विशेषज्ञ डा. अचला वैध, कलामा भोजपुरीका लोक कलाकार सलिम मियाँ, साहित्यतर्फ दिनेश गुप्ता, उद्यमतर्फ ताराचन्द्र केडिया, व्यवसायमा उर्मिला श्रेष्ठ प्रधान, सामाजिक रुपान्तरण, सेवा तथा शिक्षा क्षेत्रमा मनोज राम लगायतकालाई सम्मान गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादवले सम्मान पत्र प्रदान गरेका थिए भने, विशिष्ट अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सबैलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए।

पत्रकार ध्रुव साह सम्मानित

काठमाडौं । पर्सा मिलन केन्द्र काठमाडौँले आफ्नो २३ औँ स्थापना दिवस अवसरमा पत्रकार ध्रुव साहलाई सम्मान गरेको छ ।

रेडियो वीरगंज, टिभी वीरगंज एवम् मधेशदृष्टि दैनिकका कार्यकारी अध्यक्षसमेत रहेका साहलाई सञ्चारको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै मिलन केन्द्रले सम्मान गरेको हो ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, कला, साहित्य, सञ्चार, विज्ञान, उद्योगलगायतका विभिन्न विद्यामा सक्रिय रहेर समाजलाई योगदान पु¥याइरहेका विभिन्न व्यक्तिलाई अभिनन्दन तथा सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादवले सम्मानित हुने सबैलाई बधाई दिँदै सम्मानित हुने व्यक्तिको काँधमा समाजप्रति थप जिम्मेवारी बढेको बताए ।

उपराष्ट्रपति यादवले पर्सा मिलन केन्द्रको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै समाजका लागि मिलन केन्द्रले गर्दै आएको सामाजिक कार्य सबैका लागि अनुकरणीय रहेको भन्दै प्रशंसा समेत गरे ।

उपराष्ट्रपति यादवले काठमाडौँ उपत्यका बाहिर पहिलो उच्च शिक्षा अध्ययन गर्ने थलो पर्सा जिल्लाको ठाकुरराम बहुमुखी क्याम्पस तराई मधेश लगायत सम्पूर्ण नेपालकै शिक्षाको केन्द्र रहिआएको बताए ।

वीरगंज एउटा औद्योगिक सहर भएको र शिक्षा र स्वास्थ्यको पनि सुविधा रहेकोले वीरगंजमा बारादेखि रौतहटसम्मका मान्छेको उपस्थिति देखिएको सुनाए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति उपस्थित थिए ।

पर्सा मिलन केन्द्रले स्थापनाकालदेखि नै विभिन्न क्षेत्रमा रहेर समाजलाई योगदान पु¥याइरहेका व्यक्तिलाई सम्मान गर्दै आएको र मिलन केन्द्र आफैँ पनि सामाजिक कार्यमा सक्रिय रहँदै आएको अध्यक्ष उमेश कुमार गुप्ता (रौनियार)ले जानकारी दिए ।

धाेबिनीकाे अध्यक्ष कप टुर्नामेन्टकाे उपाधी भिखमपुरलाई

वीरगंज । पर्साकाे धाेबीनी गाउँपालिकामा भएकाे प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्टकाे उपाधी वडा नं. २ भिखमपुरले पाएकाे छ ।

गाउँपालिकाकाे वडा नं. ३ स्थित गुलरिया क्रिकेट मैदानमा शनिबार भएकाे टुर्नामेन्टकाे फाइनल खेलमा वडा नं. ३ हरिहरपुरलाई हराउँदै भिखमपुर विजयी भएकाे हाे ।

सुरुमा टस जितेर ब्याटिङ गरेका भिखमपुरले पुरै २० ओभर खेल्दै ७ विकेटकाे नाेक्सान १५१ रन बनाएकाे थियाे । त्यसपछि १५२ रनकाे लक्ष्यसहित जवाफी ब्याटीङमा उत्रेकाे हरिहरपुरले १७ ओभर मै पुरै विकेट गुमाउँदै १०४ रन मात्र बनाएकाे थियाे ।

टुर्नामेन्टका विजेता टिम भिखमपुरलाई गाउँपालिका अध्यक्ष मदन प्रसाद चाैहानले पुरस्कार राशी रु २५ हजारकाे चेक र ट्रफी प्रदान गरे ।

त्यसैगरी उपविजेता हरिहरपुरलाई प्रमुख प्रशासकिय अधिकृत प्रमाेद साहले पुरस्कार राशी रु १५ हजारकाे चेक र ट्रफी प्रदान गरेका थिए ।

टुर्नामेन्टमा वेष्ट ब्याटस म्यान वडा नं. ३ का कैमुदिन आलम, वेष्ट बलर वडा नं. २ का अभिषेक चाैहान, म्यान अफ द सिरिज र म्यान अफ द म्याच चन्दन राम घाेषित भएका थिए ।

गाउँपालिका अध्यक्ष चाैहान कै अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष बन्धु साह तेली, २ का वडाध्यक्ष देवेन्द्र प्रसाद कुर्मी, गाउँपालिकाका याेजना शाखा प्रमुख पप्पु पटेल, जिन्सी शाखा प्रमुख प्रदिप पटेल, ब्लु हेभेन एकेडमीका प्रधानाध्यापक सुदिल, स्थानिय नेता पप्पु पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।