Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

छपकैयाका ठकुराईका कारण बाटो निर्माण अवरुद्ध, महानगर मौन

spot_img
spot_img

वीरगंज । वीरगंजका एक जना भुमाफियाका कारण विकास निर्माणको काम नै अबरुद्ध भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. २ छपकैया निवासी सफितुल्ला ठकुराईले सार्वजनिक बाटाको जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेपछि बाटो निर्माण कार्य नै अवरुद्ध भएको हो ।

ठकुराईले रेल्वे रोडको पश्चिमतर्फ पर्ने समाजिक संस्था माईती नेपाल र बिद्या सागर स्कुल भएर जाने त्रिभुवन राजपथलाई जोडने गल्लीको वाटो अतिक्रण गरेपछि बाटो निर्माण कार्य नै अवरुद्ध भएको हो । सो बाटोमा ठकुमाईको ५ धुर नम्बरी जग्गा रहेकोमा ४ धुर जग्गा हाल साविक गराएको देखिएको छ । तर त्यसको प्रमाणहरु नरहेको स्थानियहरुको भनाई छ । उनले जालसाजी गरेको र जग्गा अतिक्रण गरी ९ धुर बनाएको स्थानियहरुको आरोप छ ।

बाटो निर्माणका लागि महानगरले नाप नक्सा गरेको जग्गामा पनि ठकुराईले ५ फिट ६ इन्च अतिक्रमण गरेपछि बाटो निर्माणमा थप किचल्लो भएको स्थानियहरुले बताएका छन् । महानगरले त्रिभुवन राजपथ र रेल्वे रोड जोडने गरी श्रीराम सिनेमाघरको छेव भएर जाने गल्लीको बाटो ढलान गर्न आर्थिक बर्ष २०८०/०८१ मा बजेट तर्जुमा गरेका थियो । गल्लीमा पर्ने सम्पूर्ण बाटो ढलान भए पनि बिधा सागर स्कुल देखि ठकुराईले बनाएको टिनको घर हुदै रेल्वे रोड पुग्ने लगभग जाने १० मिटर बाटो बिवादका कारण ढलान हुन नसकेको स्थानिय अगुवाहरुले बताएका छन् ।

बाटो निमार्ण कार्यको बाधा अढचन फुकाउन स्थानियहरुले महानगरलाई गुहार गरेपनि राजनितिक पहुचका कारण हालसम्म कुनै सुनवाई नभएको तथा बाटो निर्माण कार्य अधुरो रहेको स्थानियहरुको भनाई छ ।

स्थानियहरुका अनुसार ठकुराईलाई जग्गा नाप गराउँन थुर्पै पटक ताकेता गरे पनि उनले जग्गा नाप गराउन नमानेको तथा अतिक्रमित जग्गा समेत खाली नगरी अटेरी गर्दै आएका छन् । उनले स्कुल तथा समाजिक संस्था रहेको ठाउँको बाटो निर्माण कार्यमा बाधा पुग्नेगरी निदनिय कार्य गरेको स्थानियको ठहर छ ।

एक जना व्यक्तिको कारण बाटो निर्माण कार्य नै ठप्प भएपछि सो टोलका अगुवाहरु महानगरका प्रमुख राजेशमान सिंहसँग भेट गरी अतिक्रमित जग्गा खाली गराउँन आग्रह गरेका थिए । स्थानिय अगुवाहरुको आग्रहपछि जग्गा खाली गराउँन महानगर एक्सनमा आएको तथा खाली नगरे बल प्रयोग गरी खाली गराउँन टिप्पणी समेत उठी सकेको एक जना स्थानिय युवाले बताए । तर महानगरका उपमेयर इम्तेयाज आलमसँग उठवस गर्दै आएका ठकुराईले टिप्पणी महानगरमै गायब गराइएको ती युवाले बताए ।

यस शन्दर्भमा वीरगंज महानगरपालिका सचिवालय सदस्य हरि गौतमले बाटो खाली गाउँने बारे महानगरमा डेलिगेशन आएको बताए । बाटो खाली गराउँन महानगरले तदारुपता पनि देखिएको हो । तर ठकुराईले डोजर लगाएर भत्काएको खण्डमा मेरो इज्जत जाने भन्दै म संरचना आफै खाली गर्छु भनेर महानगरसँग सहमती गरेको कारण अतिक्रमित जग्गा खाली गराउँन ढिलो भएको उनले स्वीकारे । तर अब ढिला भइसकेको कारण केहि दिन भित्रमा महानगरले बाटोमा निर्माण भएको संरचना खाली गराउँने पोखरेलले दावी गरे ।

स्थानियहरुका अनुसार ठकुराई पुरानो भुमाफिया रहेको तथा थुर्पै सार्वजनिक जग्गा हडपेका छन् । उनले वीरगंज २ छपकैया मक्कीजामे मस्जिद पछाडी तत्कालिन समयमा सार्वजनिक पोखरीको डिलको रहेको २ कठ्ठा जग्गा समेत जालसाजी गरी हडपेका छन् । सो सन्दर्भमा ठकुराईले अदालतमा मुद्दा हारि सकेको भएपनि हालसम्म जग्गा खाली गरेका छैनन् । स्थानियहरुले सो जग्गामा धर्मशाला निर्माण गर्ने सोच बनाएकोमा त्यसमा उनले पानी फेर्दै आएका छन् ।

२०४९/०५० साल तिर तत्कालिन वडा अध्यक्ष शेषनैमोदिनको नेतृत्वमा रहेको वडा समितिले सो जग्गामा सार्वजनिक शौचालय र धर्मशाला निमार्णका लागि प्रक्रिया अगाडी बढाएपछि ठकुराईले वडा समिति तथा तत्कालिन वीरगंज उपमहानगरपालिकालाई विपक्षी बनाई अदालतमा मुद्दा दिएका थिए । तर जिल्ला र पुर्नावेदन अदालतले महानगरकै पक्ष फैसला गरी महानगरलाई ७ दिन भित्र जग्गा खाली गराउन जिम्मेवारी दिएका थिए ।

तर सो जग्गा पनि हाल सम्म खाली हुन सकेको छैन् । उनले जाली कागजहरु खडा गरी जग्गा हडपेको स्थानियहरुले आरोप लगाउँदै आएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...