Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 383

जगरनाथपुर दाेस्राे अध्यक्ष कप क्रिकेट टुर्नामेन्टकाे उपाधि मसिहानीलाई

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा भएकाे दाेस्राे अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट २०८० काे उपाधी वडा नं. ५ मसिहानीले पाएकाे छ ।

गाउँपालिकाकाे वडा नं. ५ स्थित मदुवाहा क्रिकेट ग्राउन्डमा शनिबार भएकाे टुर्नामेन्टकाे फाइनल खेलमा वडा नं. ६ औंराहालाई हराउँदै मसिहानी विजयी भएकाे हाे ।

सुरुमा टस जितेर ब्याटिङ गरेकाे औराहाले १८ ओभर मै पुरै विकेटकाे गुमाउँदै ७९ रन बनाएकाे थियाे । त्यसपछि ८० रनकाे लक्ष्यकाे साथमा जवाफी ब्याटीङमा उत्रेकाे मसिहानीले १८ ओभरमै ७ विकेटकाे नाेक्सानीमा लक्ष्य पुरा गर्दै विजयी घाेषित भएकाे थियाे ।

विजेता टिम मसिहानीलाई प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले पुरस्कार राशी रु ६० हजारकाे चेक र ट्रफी प्रदान गरेका थिए ।

पुरस्कार वितरण गर्दै सभापति क्षेत्रीले खेल अनुशासनकाे प्रतिक भएकाे वताए । उनले खेल जहिले पनि अनुशासित र मर्यादित भएर खेल्नु पर्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सभापति क्षेत्रीले खेलमा हार जित स्वभाबिक रहेकाेले मित्रतापुर्वक खेल्नु पर्ने वताए ।

टुर्नामेन्टकाे मैन अफ द सिरिज वडा नं. ५ का ओमनारायण सहनी, वेष्ट ब्याटस मैन वडा नं. २ का खुरसेद आलम, वेष्ट बलर वडा नं. ६ का शिवशंकर चाैधरी, वेष्ट फिल्डर वडा नं. ६ कै हरिनारायण कुमार र मैन अफ द म्याच वडा नं. ५ का रवि सहनी घाेषित भए ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष यादव, बिहारी महताे नुनिया, अयाेध्या पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे । 

रोटरी क्लबको कार्यक्रममा ३६ जनाद्वारा रक्तदान

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजकाे माईस्थान पार्कमा भएको कार्यक्रममा ३ महिलासहित ३६ जनाले रक्तदान गरेका छन् ।

क्लबका अध्यक्ष हरिगोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दिलशाद अंसारी, प्रियांशु गुप्ता, हरिओम कुमार साह, आशीष छेत्री, विषेश वर्णवाल, नीलम ब्याहुत, विवेक कुमार साह, अनिल कुमार साह लगायतले रक्तदान गरेका हुन् ।

चिसो मौसम शुरु भएसँगै रगतको अभाव हुने हुँदा रक्तदान कार्यक्रमको आयोजना गरिएको रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका सचिव मिकेश मितलले बताए ।

कार्यक्रममा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडा ,वरिष्ठ नायव निरीक्षक गुनानिधि खकुरेल लगायतको उपस्थिती रहेको क्लबका उपाध्यक्ष दीपू वर्णवालले जानकारी दिए ।

नेपाल सुपर लिग : वीरगंज युनाइटेड एफसी र धनगढी एफसी बीच आइतबार प्रतिस्पर्धा हुने

वीरगंज । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको आइतबार हुने खेलमा वीरगंज युनाइटेड एफसी र धनगढी एफसी भिडने भएका छन ।

आइतबार दुबै टोलि सांझ ५ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएका हुन् । शुक्रबार देखि सुरु भएको लिगको उद्घाटन खेलमा अहिले साबिक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी टोली स्पोर्टिङ इलाम भिडेका थिए ।

उद्घाटन खेलमा काठमाडौं रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलामलाई १–० ले निराश बनायो । यो जितसँगै उसले स्पष्ट तीन अंक हासिल गरेको छ । 

यसपटक इलामसँगै वीरगंज युनाइटेड एफसी र झापा एफसी नयाँ टोली हुन् ।

कुल ४० खेल हुने प्रतियोगितामा काठमाडौं, धनगढी, इलाम, झापा, वीरगंजसहित एफसी चितवन, बुटवल लुम्बिनी, पोखरा थन्डर्स र ललितपुर सिटी एफसी सहभागी छन् ।

ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज पब्लिक कलेजमा शुक्रबार ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सेवा समुह नेपाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहकार्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साकाे तर्फबाट सहायक प्रहरी निरीक्षक बुद्ध खड्का र राजु चौधरीले ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएका थिए ।

साे कार्यक्रममा सेवा समुहका अध्यक्ष अनिकेत पुरी, उपाध्यक्ष सिकेन्द्र साह, सदस्य सञ्जित महतो लगायतको उपस्थिति रहेकाे थियो ।

ट्राफिक नियम सबैले जानोस् र मानोस भने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे सेवा समुहका अध्यक्ष पुरीले जानकारी दिए ।

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३३ वर्षीय युवक पक्राउ

वीरगंज । ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महाेत्तरीकाे गौशाला नगरपालिका–११ बटुवा टोलका ३३ वर्षीय जुगल किशोर साहलाई इलाका प्रहरी कार्यालय गाैशालाले गिरफ्तार गरेको छ ।

आरोपित गौशाला नगरपालिका–५ स्थित गौशाला एकेडेमी विद्यालयका संचालक तथा शिक्षक साह विरुद्ध पीडित पक्षले मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएको इष्पेक्टर मनोज कुमार यादवले जानकारी दिए ।

पीडितलाई मङ्सिर ७ गते ४० रुपियाँ दिएर ललाईफकाई गरी टिफिनको समयमा आरोपितले बलात्कार गरेको पीडितको भनाइ रहेकाे छ ।

त्यस्तै, विद्यालयबाट घर फर्के पछि पीडितकाे अवस्था सामान्य नरहेको कारण प्रहरीले पीडित पक्षबाट घटनाबारे सूचना पाए लगतै आरोपित साहलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय महाेत्तरीका डिएसपी दिलिप कुमार गिरीले बताए ।

साथै महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेकाे डिएसपी गिरीले जानकारी दिए । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरीएको थियाे ।

यसैगरी, २६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सप्तरीकाे शम्भुनाथ नगरपालिका-५ मोहनपुरका ४९ वर्षीय दिपेन्द्रकुमार चौधरी गिरफ्तार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ७ गते उजुरी दर्ता गर्दै आरोपितलाई गिरफ्तार गरिएको डिएसपी ढुण्डीराज नेउपानेले बताए । घरमै सञ्चालन गरेको पीडितको पसलमा मङ्सिर ३ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले मङ्सिर ७ गते उजुरी दिएका थिइन ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर ७ गते स्वास्थ्य परीक्षण गरिएकाे थियाे ।

मधेशकाे भविष्य फेर्न मधेश आएकाे छु : रवि लामिक्षाने

वीरगंज । मधेशकाे भविष्य फेर्न आफु मधेश आएकाे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिक्षानेले वताएका छन् ।

वीरगंजमा आयाेजित पार्टीकाे कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति लामिक्षानेले देश र मधेशकाे भविष्य फेर्न तयारीकाे साथ आफु मधेश आएकाे वताए । उनले बर्षाेदेखि विभेदमा परेकाे मधेशमा विशेष तयारी गरि आफु एक हप्ते कार्यक्रम अन्तर्गत मधेश आएकाे वताए । त्यति मात्र हाेइन मधेश मै पार्टी बिशेष बैठक पनि राखिएकाे सभापति लामिक्षानेले जानकारी गराए ।

उनले भने “धेरैले मधेशमा किन आउनु भएन, कहिले आउनुहुन्छ भनिरहँदा मैले भनिरहेका थिए । बर्षाेदेखि विभेदमा परेकाे मधेशमा तयारीकाे साथ आउनु पर्छ । त्यस अनुसार नै मधेश पाइला राखिसकेकाे छु । एक चाेटी पाइला राखिसकेपछि अब ज्वराे गाडेर मात्र फर्कन्छु ।”

मधेशकाे मुहार फेर्नेहरुले आफ्नाे मुहार फेरेकाे वताउँदै देशमा मात्र हाेइन विदेशमा समेत आफन्तकाे नामा सम्पती जाेडेकाे वताए । आक्षी आउदा पनि विदेशका महँगाे अस्पतालमा उपचार गराउने गरेकाे वताए । उनले मधेश नेता उत्पादन गर्ने कारखाना मात्र नभएर यहाँ बन्द रहेकाे कारखाना संचालन गरेर राेजगार सृजना गर्ने थलाे समेत भएकाे वताए ।

मधेशले खाेजेकाे शिक्षा, स्वास्थ्य, राेजगार राष्ट्रिय स्वत्नत्र पार्टीले दिने वताए । एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतकाे सरकार बनाउन पायाे भने हजाँ लुकाएकाे सम्पती भएपनि बाहिर ल्याउने वताए ।

परिस्तिथीले जनमाएकाे पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भएकाे वताउँदै उनले चुनाव सम्म मधेशलाई माया गर्ने एक सय एक सपुत खाेजेर संसदमा लग्ने दाबी गरे । 

पार्टी जिल्ला संयाेजक दिलिप कुमार कुर्मीकाे सभापतित्वमा भएकाे कार्यक्रममा पार्टीका उपसभापति डिपी अर्यालय, केन्द्रिय सदस्य दिपक भाेहरा, मधेश प्रदेश अध्यक्ष तपेश्वर यादव, उपाध्यक्ष राधिका न्याैपाने, प्रतिनिधि सभा सदस्य अशाेक चाैधरी, मनिष झा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

पकहाँमैनपुरमा डिपलोमा ईन सिभिल ईन्जिनियरकाे अध्यापन सुरु, अध्यक्ष मेहताद्वार उद्घाटन

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाको वडा नम्बर ३ मा रहेको श्री रामचरित्र भगत माद्यमिक विद्यालय डिपलोमा ईन सिभिल ईन्जिनियर ३ बर्षे कक्षाकाे आज एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताले उदघाटन गरेका छन् ।

जिल्लाकाे ग्रामिण भेगको पहिलो डिपलोमा ईन सिभिल ईन्जिनियर अध्यापन पकहाँ मैनपुरमा सुरु भएकाे हाे । डिपलोमा ईन सिभिल ईन्जिनियर कक्षाकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मेहताले लाखाैं खर्च गरि इन्जिनिरिङ पढन बाहिर पढन जानु पर्ने बाध्यता अब अन्त्य भएकाे वताए ।

उनले यहि पढाई पढन आमाबुवाले लाखौ खर्च गरी बाहिर पठाउने झझटबाट मुक्त गर्न पढाई लागु गरिएको बताउनु भयाे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेकाे अध्यक्ष मेहताले निशुल्क रुपमा कक्षा संचाल गर्ने प्रतिबद्धता जनाए ।

विद्यार्थीहरुले आफ्नाे भविष्य र आमाबुवाकाे प्रतिष्ठाकाे ख्याल गरि अनुशासित भएर पढनु पर्ने वताउँदै उनले उत्कृष्ट नतिजा ल्याएर देखाउनु पर्ने वताए ।

वडा नम्बर ३ का वडाध्यक्ष संजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका नेता नसुरल्लाह मियाँ, कांग्रेसका नेता तथा गाउँपालिका शिक्षा समितीका सदस्य लक्ष्मण पटेल, वडाध्यक्षहरु बिनोद मेहता, मुकुट चौहान, ढेडी यादव, बलिराम चौरसिया, पत्रकार छठु साह, प्रध्यानाध्यापक छोटेलाल साह, सहायक प्रध्यानाध्यापक मनोज यादव, प्लस २ का संयोजक मनोज साह गोढ, शिक्षक पपु चौहान लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा पालिका अध्यक्ष सुरेश प्रसादलाई वडा नम्बर ३ का वडाअध्यक्ष संजय चौहान र विद्यालय परिवारले दोसाला ओढाई सम्मान समेत गरेका थिए ।

साेही कार्यक्रम मै डिपलोमा ईन सिभिल ईन्जिनियरका लागी याेगयदान पुर्याएका जनप्रतिनीधि, शिक्षक तथा पत्रकारलाई पनि अबिरको टिका र खादा लगाई सम्मान गरिएको थियो ।

कार्यक्रमा सहभागी बिधार्थीहरुलाई डायरी र कलम समेत बितरण गरिएको गाउँपालिकाकाे प्रशासन शाखा प्रमुख हरिमोहन महतोले जानकारी दिए । यहि आईतबार देखी नियमित रुपमा कक्षा संचालन गरिने विद्यालयले जनाएको छ ।

छिपहरमाईमा कक्षा ११ र १२ काे कक्षा पनि बन्द

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. २ सम्भाैतामा रहेकाे नवगावा माद्यमिक विद्यालय चरगाँहामा पनि कक्षा ११ र १२ काे कक्षा बन्द भएकाे छ ।

शिक्षकले तलब नपाएपछि मंसिर ५ गतेदेखि शिक्षा र प्राविधिक तर्फकाे कक्षा बन्द भएकाे हाे । कक्षा ११ र १२ मा पढाउँदै आएकाे शिक्षकहरुले ८ महिनादेखि तलब नपाएका कारण अध्ययन अध्यापन गराउन छाडेका हुन् ।

शिक्षकहरुले तलब नपाएपछि आफुहरु पढाउन नसक्ने वताएपछि कक्षा बन्द गरिएकाे विद्यालयका प्रधानाध्यापक अमिन मियाँले वताए ।

उनका अनुसार कक्षा ११ र १२ मा पढाउँदै आएका शिक्षकहरु यस बर्षकाे दशैं र तिहारमा समेत पारिश्रमिक पाएका छैनन् । लामाे समय सम्म पारिश्रमिक नपाएपछि शिक्षकहरु अध्यापन गराउन छाडेका हुन् ।

यसैगरी छिपहरमाई गाउँपालिका कै वडा नं. ५ मा रहेकाे श्री मंगल मावि भिस्वाकाे कक्षा ११ र १२ को पठनपाठन पनि बन्द भएको छ । शिक्षक अभाव कै कारण मंसिर ५ गतेदेखि कक्षा ११ र १२ काे पठनपाठन बन्द भएकाे हाे ।

छिपहरमाई गाउँपालिका कै वडा नं. १ मा रहेकाे श्री महादेव माद्यमिक विद्यालयमा पठनपाठन सुचारुकाे माग गर्दै विद्यार्थीहरु विद्यालयमा तालाबन्दी नै गरेका छन् ।

शिक्षक अभावका कारण २०८० कार्तिक १२ गतेदेखि विद्यालयमा माद्यमिक तहकाे पठनपाठन अवरुद्ध भएकाे थियाे । माद्यमिक तहका शिक्षक नहुँदा लामाे समय सम्म कक्षा ६ देखि १० सम्मका पठनपाठन अवरुद्ध भएपछि बाध्य भएर तालबन्दी गर्नु परेकाे विद्यार्थीहरुले जनाएका छन् ।

कमलदहमा मेला सुरु, मन्त्री सिंहले गरे उद्घाटन

वीरगंज । सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक एवं धार्मिक पर्यटकीय स्थल कमलदहमा आजदेखि मेला सुरु भएको छ ।

हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म लाग्ने ऐतिहासिक कमलदह मेला आजदेखि विधिवत् सुरु भएको हो । मेलाको उद्घाटन एक कार्यक्रमका बिच मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले गरेका हुन् ।

मेलाको उद्घाटन गर्दै मन्त्री सिंहले कमलदह जस्तो ऐतिहासिक ठाउँमा आउन पाउँदा आफू सौभाग्यशाली महसुस गरिरहेको बताए । कमलदहको विकासका लागि आफूले पहल गर्ने पनि उनले बताए ।

राज्य र सरोकारवालाको उपेक्षामा परेको कमलदहको विकास गर्न सकिए देशकै नमूना पर्यटकीय गन्तव्य बन्नसक्ने विश्वास उनले व्यक्त गरे ।

मेलामा कुस्ती, सांस्कृतिक, मनोरञ्जनात्मक लगायतका विभिन्न किसिमका कार्यक्रम आयोजना गरिएको छ । 

नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती महानगर आफैँले गर्छ : मेयर सिंह

वीरगंज । वीरगंजको नारायणीे क्रिकेट रंगशालालाई व्यवस्थित र स्तरोन्नती गर्न महानगर आफैँ अघि सरेको छ । संघ र प्रदेश सरकारले नारायणी रंगशाला पुनःनिर्माणका लागि उपेक्षा गरेकाले महानगर आफैँले रंगशाला व्यवस्थित बनाउने जमर्को गरेको हो ।

बिहीबार महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्थलगत निरीक्षण गर्नुहुँदै नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती अब महानगरले गर्ने बताउनुभयो ।

रंगशालामा अभ्यासका लागि मुख्य मैदानको दक्षिणतर्फको क्षेत्र प्रयोगमा ल्याउने गरि आवश्यक काम अघि बढाउन उहाँले मातहतका कर्मचारिलाई निर्देशन समेत दिनुभएको छ ।

‘मुख्य मैदानलाई असर नपर्ने गरी अभ्यासका लागि नजिकैको दक्षिण तर्फ रहेको खाली ठाउँमा छुट्टै पीच बनाउन काम अघि बढाउनुस’, उहाँले भन्नुभयो, ‘मुख्य मैदान प्रतियोगिताका लागि मात्रै प्रयोगमा ल्याऔँ ।’

महानगरको योजना प्रमुख तथा प्राविधिक सल्लाहकार सहित निरीक्षणमा पुग्नु भएका मेयर सिंहले तत्काल रंगशालाले ओगटेको जग्गाको नापजाँच गरेर घेराबेरा गर्ने र अभ्यासका लागि छुट्टै स्थान बनाउने गरि काम अघि बढाउन टोलीलाई निर्देशन दिनुभएको हो ।

रंगशालाको स्तरोन्नती नहुँदा यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुन सकेको छैन । अहिले पर्सा क्रिकेट संघको अगुवाईमा अन्तर्राष्ट्रिय स्तरको ‘प्रो क्लब च्याम्पियनसिप’ को दोस्रो संस्करणको प्रतियोगिता गर्ने तयारी भइरहेको छ ।

त्यसैलाई मध्यनजर गर्दै महानगरले रंगशाला स्तरोन्नतीका साथै आवश्यक काम अघि बढाउने जमर्को गरेको हो ।

पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले रंगशालाको स्तरोन्नतीका लागि महानगर अघि बढ्नु खुःसीको कुरा रहेको भन्दै यसले खेल क्षेत्रको भविष्य उज्वल रहेको देखाएको बताउनुभयो ।

‘महानगरले क्रिकेट रंगशाला व्यवस्थित गर्ने गरि महानगरले अभिभावकत्व लिएकाले खेलाडीहरुमा उत्साह थपिएको छ’, उहाँले भन्नुभयो, ‘वीरगंज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्ने स्थल रहेकाले त्यसलाई जोगाउन पनि यो रंगशाला व्यवस्थित हुन जरुरी छ ।’

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो करियर यही रंगशालाबाट सुरुवात भएको बताउँदै रंगशालाको स्तरोन्नतीका लागि महानगरले योजना अघि बढाएको सुन्दा आफूहरुमा उत्साह थपिएको बताउनुभयो ।

महानगरले यस अघि आदर्शनगर रंगशाला स्तरोन्नती गर्दै यहाँका खेलाडीहरुको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।

अनुगमनमा महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्य, योजना प्रमुख अवधेस कुशवाहा, सरसफाई प्रमुख सर्फुद्दिन मियाँ, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लगायतको सहभागिता रहेको थियो ।