Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

दक्षिणकालीवासीसँग ललितपुरमा पानी आपूर्तिका लागि सहयोग गर्न मन्त्री यादवको आग्रह

spot_img
spot_img

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि र नागरिकहरूलाई ललितपुरका नागरिकको प्यास मेटाउन पानी आपूर्तिका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

आज फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर त्यहाँ बाढीले पुर्‍याएको क्षतिको विवरण र पुनर्स्थापनाका लागि चलिरहेको कार्यको प्रगतिको विषयमा जानकारी लिने क्रममा मन्त्री यादवले क्षतिका कारण ललितपुर क्षेत्रमा दक्षिणकालीबाट पानी जाने व्यवस्था अवरुद्ध भएको बताउनुहुँदै मानवीयताका आधारमा पानीको सङ्कटमा परेका ललितपुरवासीलाई सहयोग गर्न दक्षिणकालीवासीलाई आग्रह गर्नुभएको हो ।

“कोही प्यासले तड्पिनुपरेको छ भने, सकेसम्म सहयोग गर्नु हाम्रो कर्तव्य हो,” उहाँले भन्नुभयो ।

मन्त्री यादवले केही पूर्व कर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुनसक्ने बताउनुहुँदै, समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “तपाईँहरूका समस्या के छन्रु म समाधानका लागि पूर्ण प्रयास गर्नेछु । तर ललितपुरमा पानी पठाउन सहयोग गर्न आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।

उहाँले हालको विपद्‌मा सबै नेपालीले एकजुट भएर एक अर्कालाई सहयोग गर्नुपर्ने पनि बताउनुभयो । “अविरल वर्षाले देशका २१ जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । अहिले हामी सबै विपद्को सामना गर्दै छौँ, नागरिकहरू पानीको अभावमा छटपटाइरहेका छन् । तपाईँसँग पानीको स्रोत छ, त्यसैले तपाईँकै सहयोगले धेरैको जीवन सहज हुनेछ ।”

यस्तै, मन्त्री यादवले बाढी पहिरोले दक्षिणकालीमा पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरेर तत्काल समाधानका लागि सरकारको पहल हुने जानकारी दिनुभयो । “म मन्त्रिपरिषद्को निर्णयमार्फत आवश्यक सहयोग उपलब्ध गराउन प्रयासरत छु । क्षतिको मूल्याङ्कन चाँडो गरौँ, म समस्या समाधानको पहल गरिरहनेछु ।”

उहाँले सुन्दरीघाट पानी प्रशोधन केन्द्र, सातमूल मुहान, फर्पिङ हेड पंड(जलविद्युत जलाशयको पेनस्टक पाइप, कुटुरी मुल र फर्पिङ पम्प हाउसमा पुगेको क्षतिको समीक्षा गर्दै स्थानीय जनप्रतिनिधिहरूसँग गहन छलफल पनि गर्नुभयो ।

ललितपुर र दक्षिणकाली क्षेत्रमा स्वच्छ र नियमित पानी आपूर्तिको व्यवस्था गर्न आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै, दीर्घकालीन समाधानमार्फत सबै नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले दक्षिणकाली नगरपालिकाका समस्याहरू सम्बोधन गर्न आफूले सङ्घीय सरकारसँग सहजीकरण र समन्वय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिणकालीमा बाढीपहिरोका कारण भएका क्षतीका समस्या समाधन गराउन हामी हाम्रातर्फबाट सङ्घीय सरकारसँग सहजीकरण गछौँ, पानी पठाउन तपाईँहरू सहयोग गर्नुस् ।”

कार्यक्रममा बोल्नुहुँदै ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न आफू सदैब तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न हामी सदैब तयार छौँ, आजैबाट पानी सञ्चालन गरी दिन म तपाईँहरूसँग विषेश अनुरोध गर्दछु ।”

खानेपानीको स्रोतको उत्पादन क्षमता बढाउँदै वितरणलाई अझ प्रभावकारी बनाउन, ललितपुर र दक्षिणकाली नगरपालिकामा स्वच्छ र नियमित पानी आपूर्ति सुनिश्चित गर्नका लागि रहेका राजनीतिक र प्राविधिक चुनौतीहरूको समाधान गर्न आफू प्रतिबद्ध रहेको जनाउनुहुँदै मन्त्री यादवले आफ्नो लक्ष्य स्थायी र दिगो समाधानमार्फत हरेक नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनु भएको बताउनु भयो ।

कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती तामाङ डङ्गोल, जनप्रतिनिधीहरूलगायतका स्थानीयहरूले बाढीबाट भएका क्षतीलाई राज्यले तत्काल सम्बोधन गरी आवश्यक पर्ने सबै सहयोग गर्नु पर्ने, दक्षिणकाली क्षेत्रका मुहानबाट खानेपानी लैजादा सङ्घीय सरकारले दक्षिणकाली नगरपालिकालाई बार्षिक बजेटमार्फत थप बजेट पठाउनु पर्ने माग राख्नु भएको थियो ।

आफ्ना मागहरू राज्यले सम्बोधन गरे दक्षिणकालीबाट ललितपुरमा पानी पठाउनका लागि आफूहरू जतीबोला पनि तयार रहेको समेत उहाँहरुले प्रतिवद्धता जनाउनु भएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...

वीरगंजमा ई-स्कुटरको ब्याट्री पड्किँदा गढीमाई लजमा आगलागी

वीरगंज । वीरगंज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गढिमाई लजमा पार्किङ गरिएको ई–स्कुटरको ब्याट्री पड्किँदा आगलागी भएको छ । बिहीबार बिहान करिब...

वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्त बहादुर बोहरा हाजिर

वीरगंज । वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका सहसचिव बसन्त बहादुर बोहराले बिहीबार कार्यालयमा हाजिर भई कार्यभार सम्हालेका छन् । संघीय सरकारले जेठ...