Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा १० हजार छात्राकाे लागि “आत्मरक्षा प्रशिक्षण” कार्यक्रम हुँदै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले छात्राहरुकाे लागि “आत्मरक्षा तालिम” प्रशिक्षण कार्यक्रम आयाेजना गर्न लागेकाे छ । नेपाल-भारत सहयोग मञ्चको समन्वयमा महानगरपालिकाकाले वीरगंजका छात्राहरुका लागि आत्मरक्षा प्रशिक्षण कार्यक्रम गर्न लागेकाे हाे ।

वीरगंजका १० हजार छोरी (छात्रा)हरुको आत्मबल उच्च बनाउने उद्देश्यका आत्मरक्षा प्रशिक्षण गर्न लागि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वताए । कात्तिक २८ गते बुधबार बिहान १० बजे देखि आदर्शनगर रंगशालामा हुने कार्यक्रममा भारतका प्रख्यात मार्शल आर्ट प्रशिक्षक डा. चिता यजनेश शेट्टिले आत्मरक्षा तालिम प्रशिक्षण दिने प्रमुख सिंहले जानकारी दिए । 

प्रशिक्षण कार्यक्रम बारे विस्तृत जानकारी गराउन महानगरपालिकाले कात्तिक २७ गते मंगलबार विहान ११ बजेदेखि पत्रकार सम्मेलनकाे आयाेजना समेत गरेकाे छ । साथै प्रशिक्षण कार्यक्रममा सहभागि हुन पनि महानगरपालिकाले सबैमा अनुराेध गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...