Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 374

इन्सेक पर्साकाे बार्षिक समिक्षा सम्पन्न, ४९ मावअधिकार उलंघनकाे घटना सार्वजनिक

वीरगंज । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पर्सामा संकलन गरिएका मानव अधिकार उल्लघंन घटनाहरुको पुस्तक प्रकाशन पूर्व शनिबार वीरगंजमा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक पर्साका अनुसार सन् २०२३ को अबधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्यांकमा यो वर्ष पर्सामा ४९ ओटा मानव अधिकार उल्लघंनकाे घटना संकलन गरिएको छ ।

इन्सेक पर्साका प्रतिनिधि शम्भु कुमार सुमनले प्रस्तुत गरेका प्रतिवेदनमा एक वर्षको अबधिमा परिवारजनबाट ३ महिला र दुई पुरुषको हत्या, १३ बालिका र ९ महिला गरी २१ बलात्कारकाे घटना रहेकाे छ ।

यसै गरि इन्सेक पर्साका अनुसार १२ वहुविवाह, ३ महिला वेचविखन, एक बलात्कार प्रयास तथा आत्म हत्या दुरुत्साहन, एक कथित बाेक्सीकाे आराेपमा अमानविय व्यवहार लगायतका मनाव अधिकार उलंघनकाे घटना भएकाे छ । 

कार्यक्रमका प्रमुख अतिथी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले मानव अधिकारकाे विषय बहुयामिक भएकाे वताए । उनले इन्सेककाे प्रतिवेदनले समग्र जिल्लाकाे अवस्था देखाएकाेले यस तर्फ हामी सबैकाे ध्यान जानु पर्ने जरुरी रहेकाे वताए ।

अधिकारीले इन्सेककाे प्रतिवेदनले पिडितहरुको आवाजलाई न्यायीक प्रकृया सम्म पुर्याउन सहयोग पुगेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चाैहानले अहिले पनि मानव अधिकार उलंघनकाे घटना व्यापक रुपमा भइरहेकाे वताए । उनले यसकाे नियन्त्रणमा राज्यकाे लापरवाही देखिएकाे वताउँदै यसमा गम्भिर हुनु पर्ने धारणा राखे ।

पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले जिल्लामा हुने सम्पूर्ण मानव अधिकार उलंघनका घटनाहरु इन्सेक मानव अधिकार बर्ष पुस्तकमा समेटिनु पर्ने वताए । मानव अधिकार उलंघनका घटना बर्ष पुस्तकमा समेटी त्यसकाे नियन्त्रणकाे राज्य गम्भिर हुने धारणा राखे ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले मानव अधिकार उलंघनकाे घटनालाई पनि प्रहरीले अपराधिक घटना कै रुपमा लिएकाे वताए । उनले अपराधिक घटना घटाउने सम्पूर्ण माथि नियम अनुसार कारवाही भइरहेकाे दाबी समेत गरे ।

इन्सेक पर्साका पूर्व प्रतिनिधि एवम् पत्रकार महासंघका केन्द्रिय सदस्य केशी लामिक्षानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गैसरकारी संस्था महासंघ मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवाल, दिव्य विकास स्राेत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरी, महिला अधिकारकर्मी लक्ष्मी कुमारी उप्रेती, बृजलाल पासवान लगायत संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

विमानस्थल ग्राउन्ड ह्यान्ड्लिङ प्रकरण : सरकार माफियाहरूको चलखेलमा परेको प्रदीप यादवको आरोप

वीरगंज । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले सरकार माफियाहरूको चलखेलमा परेको आरोप लगाएका छन् ।

सचेतक यादवले शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा एउटा पोस्ट लेख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्ड्लिङ नेपाल वायुसेवा निगमबाट खोसेर प्रतिस्पर्धामा दिने सरकारको निर्णय प्रति विरोध जनाउँदै यस्तो आरोप लगाएका हुन् ।

सरकारले नेपाल वायुसेवा निगमबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्ड्लिङ खोसेर निगमलाई नै सिद्ध्याउने खोजिरहेको आरोप समेत लगाएका छन् । “पटक पटक निगमको ग्राउन्ड ह्यान्ड्लिङ खोस्न किन लागि परिरहन्छन् ? माफियाहरूको चलखेलमा सरकार किन पर्छ ?,” उनले लेखेका छन् । 

निगमले देशलाई आर्थिक रूपमा समृद्धि बनाउन बर्सेनि अर्बौँ विदेशी मुद्रा राज्यका लागि सिञ्चित गर्नुका साथै आफ्नो कमाइको १५ प्रतिशत रोयल्टी नागरिक उड्डयन प्राधिकरणलाई र १३ प्रतिशत भ्याट एवम् आयकर समेत सरकारलाई बुझाइरहँदा माफियाहरूले यसलाई सिद्ध्याउन खोजिरहेको उनको कथन छ । “निगमले यात्रु र पर्यटक बोकी बर्सेनि करिब २० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति बढाइ देश आर्थिक रूपमा समृद्ध गर्न सघाउँछ । आफ्नो कमाइको १५ प्रतिशत रोयल्टी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई र १३ प्रतिशत भ्याट एवम् आयकरसमेत सरकारलाई बुझाइरहेको छ,” पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले लेखेका छन्, “सञ्चयकोष र नागरिक लगानी कोषको ऋण पनि तिरिरहेको छ । दुर्गम क्षेत्रमा उडान भर्ने जहाजसमेत थप्दै छ ।” 

निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमअनुसार उडानको साथै एयरपोर्टको ग्राउण्ड ह्यान्ड्लिङ गर्दै आएको इतिहासलाई स्मरण गराउँदै यादवले निगमको ग्राउन्ड ह्यान्ड्लिङ अन्तर्राष्ट्रिय आइएटीए आइएसएजीओ प्रमाणित रहेको यसका लागी प्रत्येक दुई वर्षमा सेवा र सुरक्षा गुणस्तरीयता परीक्षण समेत हुने गरेको बताएका छन् । “नेपालमा यो सर्टिफिकेट पाउने नेपाल वायुसेवा निगम मात्र हो, अरू छैन,” उनले उल्लेख गरेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचन प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले निगमलाई राज्यको सम्पत्ति भएको बताउँदै राष्ट्रिय ध्वजाबाहक फहराउँदै देश विदेशमा उच्चस्तरीय भ्रमण हुँदा सबैको छाती गर्वले फुल्ने गरेको बताएका छन् । “मर्दा,  पर्दा, अलपत्र हुँदा निगमले तुरुन्त उडेर उद्धार गरेको छ । इजरायलको घटना होस वा लकडाउन होस् वा अफगानिस्तानको आक्रमण होस् वा जाजरकोटको भूकम्प होस् देशले नेपाल वायुसेवा निगममार्फत सशक्त उपस्थिति देखाएको छ । भन्ने बित्तिकै उडेर सेवा दिएको छ । नेपाल वायुसेवा निगम देशको पहिचान हो, इज्जत हो । अरू देशसँग जोडिने गगन – सेतु हो । निगमले उडान भरेर र ग्राउण्ड ह्याण्ड्लिङ गरेर विदेशी मुद्रा आर्जन गर्छ, प्रत्यक्ष रेमिटेन्स भित्र्याउँछ,” उनले थपेका छन् ।

यादवले निगमलाई सिद्ध्याउन खोज्ने आफै सिद्धिएको इतिहास रहेको समेत उल्लेख गरेका छन् । “इतिहास साक्षी छ, कसैको पद गएको छ त कोही सिधै माथि गएका छन् । चेतना भया,” उनले लेखेका छन् ।

मानव अधिकार सम्बन्धि पत्रकारिता तालिम सम्पन्न

वीरगंज । मानव बेचबिखन र मानव अधिकार सम्बन्धी रिपोर्टिङमा मल्टिमिडिया प्रविधिको प्रयोग विषयक ३ दिने तालिम बिहिबार जनकपुरमा सम्पन्न भएकाे छ । 

अस्ट्रेलियन एडको सहयोगमा नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजन) ले संचालन गरेकाे पत्रकारहरूलाई मानव बेचबिखन र मानव अधिकारका मुद्दाहरुको रिपोर्टिङमा सशक्त बनाउने कार्यक्रम अन्तर्गत तालिम सम्पन्न भएकाे हाे । 

पत्रकारहरूलाई खाेजमूलक मल्टिमिडिया स्टोरी उत्पादन गर्नका लागि खाेजमूलक मल्टिमिडिया रिपोर्टिङ प्रशिक्षण तथा मेन्टरसिपको सहायता प्रदान गर्ने उद्देश्यले आयाेजना गरिएकाे तालिम उपलब्धि मूलक रहेकाे तालिममा सहभागि पत्रकारहरुले वताए ।

तालिममा मानव बेचविखन तथा मानवअधिकार सम्बन्धि खाेजमुलक रिपाेर्टिङ गर्दा ध्यान दिनु पर्ने कुराहरु, अपनाउनी पर्ने सावधानीहरु र अनलाइन टुलसहरुकाे प्रयाेग बारे जानकारी प्राप्त भएकाे बाराकी निलिसा बरालले वताइन ।

तालिमबाट मानव तस्करी र मानव बेचबिखन बारे जानकारी पाउनुकाे साथै कानुनी प्रावधानहरुकाे बारेमा पनि जानकारी प्राप्त भएकाे पर्साका सुर्या सुभचिन्तकले वताए ।

तालिममा निमजनका रजनिश भण्डारी, दिनेश रेग्मी, उज्जवल शाक्य, विजिता भण्डारी, कल्पना भट्टराई,  शान्ति पुनस्थापना गृह जनकपुरकी कार्यक्रम संयाेजक रिना झा, अधिवक्ता रिंकु कुमारी यादव लगायतले प्रशिक्षण दिएका थिए । 

जनकपुरकाे सितासरण हाेटलमा भएकाे तालिममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, मधेश प्रदेशकी उपाध्यक्ष ज्याेति झासहित मधेश प्रदेशका विभिन्न जिल्लाका २० जना पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे । 

तालिमका सहभागिहरु मध्ये दुई जना पत्रकारलाई खाेजमुलक स्टाेरी गर्नकाे लागि फेलाेसिप पनि प्रदान गरिने आयाेजक निमजनले जनाएकाे छ । त्यसकाे लागि पनि इच्छुकले अनलाइन फर्म भर्नु पर्ने र फर्म भरेकाहरु मध्ये संस्थाले दुई जनालाई छनाैट गरि रु ३० हजारकाे दरले फेलाेसिम प्रदान गर्ने छ ।  

कडा सुरक्षाकाे बिच बसेकाे महानगर कार्यपालिकाकाे बैठक निष्कर्षविहिन

वीरगंज ।  पञ्जीकरण शाखा राख्ने विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समूह बिच भएको विवाद पश्चात् बिहीबार बसेको कार्यपालिका बैठक कुनै निष्कर्ष नै ननिकाली टुङ्गिएको छ ।

उपमेयर आलमको कार्यकक्षसँगै टाँसिएको प्रमुख प्रशासकीय अधिकृतको कोठा खालि भएपछि त्यहाँ पञ्जीकरण शाखा राख्नेकी उपमेयरको सचिवालय भन्ने विषयमा भएको विवादलाई सुल्झाउन बिहीबार बसेको कार्यपालिका बैठक निष्कर्षविहीन टुङ्गिएको हो ।

महानगरस्थित सभागृहमा झन्डै डेढ घण्टासम्म चलेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि समस्या समाधान गर्ने जिम्मा सुशासन समितिलाई दिइएको छ । वीरगंज महानगरपालिका – ५ का वडाध्यक्ष प्रदीपकुमार चौरसिया संयोजक रहेको समितिलाई सोमबारसम्म कोठाको विषयमा निर्णय लिने जिम्मा दिइएको वीरगंज महानगरपालिका – १० का वडाध्यक्ष सुशील कुमार कानुले जानकारी दिए ।

वडाध्यक्ष कानुका अनुसार खाली रहेको प्रमुख प्रशासकीय अधिकृतको कोठामा के राखिने विषयलाई अध्ययन गरेर आवश्यकताको आधारमा समितिले सोमबार भित्र कार्यपालिका बैठकमा प्रतिवेदन बुझाउने छ ।

कार्यपालिका बैठक पूर्व महानगर परिसर भित्र बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सम्भावित झडपलाई आङ्कलन गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) ध्रुव कुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।

यसअघि आइतबार कोठाको विषयलाई लिएर मेयर सिंह र उपमेयर आलम समूहबिच विवादसँगै झडप समेत भएको थियो । झडपका क्रममा केही व्यक्तिलाई सामान्य चोटपटक समेत लागेको थियो ।

पकहाँ मैनपुर गाउँपालिका पूर्ण खोप घोषणा

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका बिहिबार एक समारोहका बिच पुर्ण खोप घोषणा भएकाे छ ।गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षता भएकाे कार्यक्रममा जिल्ला समन्वय समिती पर्साका प्रमुख निरन्जन कुमार सर्राफले गाउँपालिकालाई पूर्ण खाेप गाउँपालिका घाेषणा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख सर्राफले गाउँपालिकालाई पूर्ण घाेप घाेषणा गर्दै साेकाे प्रमाण पत्र गाउँपालिका अध्यक्ष मेहतालाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य चौकी पकहाँ मैनपुरको प्राङ्गणमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरले पूर्ण खोप गाउँपालिका घोषणा गराउनमा सहयाेग गरेका कर्मचारीहरुलाई दोसाला, प्रमाणपत्र र अबिरको टिका लगाई सम्मान गरेका थिए ।

साे अवसरमा वाेल्दै उनले जिल्लामा १० वटा पालिका पूर्ण खाेप घोषणा भइसकेको र बाकी ४ वटा मध्ये पकहाँ मैनपुर गाउँपालिका ११ औ पालिका पुर्ण खोप घोषणा भएको वताए । बाकी ३ वटा मध्ये कालिकामाई, धोबिनी र बिन्दवासिनी गाउँपालिका रहेको खोप अधिकृत ठाकुरले बताए ।

साेही कार्यक्रममा गाउँपालिकाकाे वडा नम्बर १ देखी ५ नम्बर वडा पनि आज नै सोही समारोहमा घोषणा गरिएको थियाे ।  गाउँपालिका अध्यक्ष मेहता, उपप्रमुख सरफुन नेसा र प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चाैधरीले वडाध्यक्ष र स्वास्थ्य संस्थाका प्रमुखहरुलाई वडा पुर्ण खोप घाेषणा भएकाे प्रमाण पत्र वितरण गरेका थिए ।

साे अवसरमा गाउँपालिका अन्तर्गतका ४५ जना महिला स्वयम् सेविकाहरुलाई पालिकाले कदर गर्दे प्रमाणपत्र, १ सेट मोबाईल, टर्च र छाता पनि उपहारको रुपमा वितरण गरेकाे थियाे ।

पालिका खाेप समन्वय समिति पकहाँ मैनपुरकाे आयाेजनामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उप प्रमुख पुरन पटेल, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साह, जनस्वास्थ्य निरिक्षक अनिल यादव, वडा नम्बर १ का वडाअध्यक्ष बिनोद मेहता, ३ का संजय चौहान, ४ का ढेडी यादव, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केशी, गाउँपालिका स्वास्थ्य संयाेजक सदाम हुसेन, सह संयाेजक शत्रुधन गिरी लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

घोषणा सभालाई समापन गर्दै गाउँपालिका अध्यक्ष मेहताले आउदो आर्थिक बर्ष २०८१।०८२ को योजनामा महिला स्वयम् सेविकाहरुलाई २ हजार बढाएर ५ हजार प्रति महिना गर्ने घोषणा गरे ।

कार्यक्रममा स्वागतमन्तब्य स्वास्थ्यकर्मी सिता जयसवालले गरेकी थिइन भन्ने कार्यक्रमकाे संचालन संचारकर्मी निलिमा पौडयालले गरेकी थिइन । 

पांचाै मेयर कप : सखुवा प्रसाैनी गाउँपालिका विजयी

वीरगंज । पर्साकाे पोखरिया नगरपालिकामा जारि पांचाै मेयर कप २०८० क्रिकेट प्रतियाेगिता अन्तर्गत बुधबार भएकाे चाैथाे खेलमा बहुदरमाई नगरपालिकालाई हराउँदै सखुवा प्रसाैनी गाउँपालिका विजयी भएकाे छ ।
 
सुरुमा ब्याटिङ गरेकाे बहुदरमाईले १६.२ ओभर मै पुरै विकेट गुमाउँदै १०८ रन बनाएकाे थियाे । त्यसपछि १०९ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेकाे सखुवा प्रसाैनीले १६ ओभर मै ४ विकेटकाे नाेक्सानीमा लक्ष्य पुरा गरेपछि विजयी घाेषित भएकाे थियाे । 
 
पाेखरिया नगरपालिकाकाे सहयाेग र वडा नं. ६ काे आयाेजनामा पाेखरियास्थित शेरा फिल्डमा भइरहेकाे प्रतियाेगिताकाे विजेता टिमले रु एक लाख र उप विजेता टिमले रु ५० हजार पुरस्कार पाउने आयाेजकले जनाएकाे छ ।
 
८ वटा पालिका स्तरिय टिम सहभागि रहेकाे प्रतियाेगिता अन्तर्गत बिहिबार पाँचाै खेल धाेबिनी गाउँपालिका र बिन्दवासिनी गाउँपालिका बिच बिच हुने छ ।

पर्सामा एक बर्षमा १७७ उद्योग बन्द

वीरगंज । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायल वीरगंजका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव लगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए ।

घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए भने आव २०७८/८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए ।

आव २०७९/८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । आर्थिक बर्ष २०७९/८० मा रु. एक करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो ।

निशुल्क गुणस्तरिय, सार्वजनिक शिक्षा सम्भव : सराेकारवालाहरु

वीरगंज । नि:शुल्क गुणस्तरिय, सार्वजनिक शिक्षा संम्भव छ भने बिषयमा राष्ट्रिय अभियान नेपालले बुधबार वीरगंजमा सरोकारवालाहरुसंग अन्तरक्रिया तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन गरेको छ । 

आयाेजक संस्थाका पर्सा संयोजक ईब्राहिम देवानको अध्यक्षतामा वीरगंजस्थित माकालु होटलमा भएको कार्यक्रममा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा वाेल्दै धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहानले निशुल्क, गुणस्तरिय, सार्वजनिक शिक्षा सम्भव रहेको बताए । उनले हामी सबैजनाले चाहे मात्र सम्भव रहेको बताए ।

अध्यक्ष चाैहानले पालिकाको विद्यालयहरुमा शिक्षक नहुँदा पठनपाठन अवरुद्ध हुँदा पनि शिक्षा मन्त्रालयले शिक्षक परिपुर्ति नगर्दा पालिकाबाट स्वयम् सेवक शिक्षक भर्ना गरी पढाईलाई निरन्तरता दिदै आएकाे बताए ।

उनले स्थानिय तह र शिक्षा मन्त्रालयसंग धेरै विषयमा कुरा नमिल्दा पनि शिक्षामा समस्या हुने गरेको बताए । तैपनि स्थानिय स्तरबाटै शिक्षालाई कक्षा १ देखी १२ सम्म निशुल्क गरि शिक्षालाई गुणस्तरिय बनाउन लागी परेको उनकाे भनाई थियाे ।

वीरगंज महानगरका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले वीरगंजले नेपालको पालिकाहरु मध्ये पहिलो निर्णय प्राविधिक शिक्षा दिनेहरुलाई अनुगमन गर्ने एेन पास गरेको बताए । प्राबिधिक शिक्षा कस्तो हो, के भईरहेको छ ? के गर्नु पर्ने, जस्ता यथार्त कुराहरु हेरी महानगरले पनि लगानी गर्ने बताए ।

महानगरमा ९१ सामुदायिक विद्यालय गरी २ सय २९ वटा विद्यालय रहेको र १ लाख ५ हजार जति आश्विनको डाटा अनुसार विद्यार्थी संख्या भएको बताए । शिक्षक पदपुर्ती गर्न शिक्षा मंत्रालयसंग माग गर्दा पनि सम्भव नदेखिएपछि १ सय ८० स्वयम् सेवक शिक्षक भर्ना गरिए पनि विद्यार्थी संख्याको हिसावमा महानगरलाई ३ सय शिक्षक चाहिने बताए ।

कार्यक्रममा राष्ट्रिय अभियान नेपालका टेकराज अवस्थीले नेपाल सरकारको शिक्षा मंत्रालयले ल्याएको बिधेयक माथी आन्दोलन स्वभाविक भएको बताए । हामीले शिक्षा मन्त्रालयसंग पटक पटक बिधेयकलाई शंशोधन गर्नु पर्छ संबिधान बिपरित बिधेयक लागु गर्नू हुन भन्दा नमाने पछि शिक्षक महासंघको आहवानमा आन्दोलन हुँदा हामी ३ वटा बुंदा ल्याएको नै शंशोद्धन भई वर्ता भएको दावी गरे ।

संस्थाले पर्साकाे धोबिनी र जगरनाथपुर गाउँपालिकामा सहयात्रा कार्यक्रम गर्दै आएको छ । मधेश प्रदेशकाे ४ वटा जिल्ला पर्सा, बारा, रौतहट र सर्लाहीमा यो कार्यक्रम संचालनमा छ ।

संस्थाकी मधेश प्रदेशकी संयोजक देवी न्यौपानेले नागरिक समाजको क्षमता विकास गरी शिक्षामा शुशासन गर्ने, १० हजार बालबालिकामा काम गरेको, अपांग, सिमांकृत, अभिभावकको जनचेतना, अभिभावक संघलाई क्षमता अभिबृद्ध जस्ता कामलाई अगाडी बढाउँदै काम गरेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

उनले पर्साको २ वटा पालिकामा नितीगत बहसको काम अगाडी बढेको बताउँदै ४० जना स्वयम् सेवकले २० वटा विद्यालयमा काम गरेको समेत न्यौपानैले बताईन ।

कार्यक्रम बारे र स्वागत मन्तब्य संस्थाका केन्द्रिय सदस्य रामप्रबेश साहले गरेका थिए भन्ने कार्यक्रमकाे सहजीकरण मुनिलाल बैठाले गरेका थिए ।

सिम्रौनगढमा प्रमुख प्रशासकिय अधिकृत हाजिर गराउने विषयमा झडप, एक जनाकाे मृत्यु

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा बुधबार प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने स्थानीय सिम्रौनगढ-१ का २५ बर्षीय लक्ष्मी मुखिया बिन रहेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । अर्का  १ जना गम्भीर घाइते भएका छन् ।

मृतकको टाउकोमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन । अर्का घाइते हरियरपुरका रहेको र उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा आन्दोलनरत कर्मचारीहरुले हाजिर गर्न नदिएपछि सुरु भएको विवादले भिडन्तको रुप लिएको थियो ।

प्रदर्शनकारीले नगर प्रमुख साह र प्रमुख प्रशासकिय अधिकृत सवार नगरपालिकाकाे बा २ झ ४३५४ नम्बरकाे स्कार्पियाे गाडीमा ढुंगामुडा गरेका थिए । 

प्रदर्शनकारीको ढुंगामुडाबाट १० जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

प्रतिपक्षी समुह तथा अनशनमा बसेका व्यक्तिहरुकाे उग्र प्रदर्शन बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास तथा हवाइ फायर गरेको थियाे ।  प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए । 

नगरपालिकाकामा कार्यरत स्थायी,  करार  र ज्यालादारी कर्मचारीहरुले लामो समयसम्म तलव नपाएपछि अनशन बसेका थिए ।

अनशनरत कर्मचारीहरुले वार्तापछि मात्र कार्यकारी अधिकृतलाई हाजिर गराउनुपर्ने माग गरेका थिए । तर नगर प्रमुख साहले प्रशासकिय अधिकृतलाई हाजिर गराउन खोजेपछि भिडन्त भएकाे थियाे । 

वीरगंज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुँदै

0

वीरगंज । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगंज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ।

खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अंक तालिकामा वीरगंज पुछारमा छ भने इलाम पुछारभन्दा माथि छ । ४ अंक जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ । 

यस्तै वीरगंजले ४ खेलमा दुईमा बराबरी र दुईमा हार व्यहोरेको छ । वीरगंजकाे मात्र दुई अंक छ ।

प्रतियोगितामा हिजो झापा फुटबल क्लबले पहिलो जित निकालेको थियो । झापाले बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गरेको हो ।