Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जगरनाथपुरमा कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. २ दसाैतामा आइतबार नेपाली कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली कांग्रेस जगरनाथपुर गाउँ कार्यपालिका समितिकाे आयाेजनामा भएकाे कार्यक्रममा नेकपा एमाले तथा जसपा पार्टी परित्याग गरि २१३ जनाले नेपाली कांग्रेसमा प्रबेश गरेकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का काेषाध्यक्ष विनय द्विवेदीले जानकारी दिए ।

नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसको पुर्ब महामन्त्री डा. शशांक कोइराला, बिशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्ब मन्त्री तथा प्रतिनिधि सभा सदस्य रमेश रिजालले फूलकाे माला र अविरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

नेपाली कांग्र जगरनाथपुर गाउँपालिकाका सभापति बिहारी महताे नुनियाकाे सभापतित्वमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवम् कृषि तथा भुमिसुधार मन्त्री जनार्दन सिंह क्षेत्रि, प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, जगरनाथपुर गारउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, नेताहरु बशिष्ठ नारायण कुर्मी , रामदेव प्रसाद चौहान, सहरुम राउत गद्दी, किशोरी साह कानु, वडा अध्यक्ष नेपाली कुशवाहा, लक्ष्मी साह तेली, सुभाष यादव लगायत नेता कार्यकर्ताको उपस्थितिमा रहेकाे थियाे । उक्त कार्यक्रमको संचालन क्षेत्रीय कोषाध्यक्ष बिनय भूषण दुबेदीले गरेका थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...