Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

आजपाले मधेसमा भ्रष्टाचार विरोधी विशेष जागरण अभियान गर्ने

spot_img
spot_img

काठमाण्डौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले मधेसमा भ्रष्टाचार विरोधी विशेष जागरण अभियान गर्ने भएको छ । आउँदो १ मंसिरमा एकै दिन काठमाडौँमा विरोध प्रदर्शनका साथै मधेसमा भ्रष्टाचार विरोधी विशेष जागरण अभियान सुरु गर्ने भएको हो ।

बढ्दो भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महँगी विरुद्ध यस्तो कार्यक्रम तय भएको आजपाले जनाएको छ ।

आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले सरकार कुम्भकरण जस्तै सुतिरहेको अवस्थामा आम जनताको समस्याको बारेमा जानकारी गराउनका लागि पार्टीले काठमाडौँसहित मधेसमा एकै दिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गर्न लागेको बताए ।

आइतबार काठमाडौँस्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टीको काठमाडौँ उपत्यका विशेष कमिटीको बैठकले देशको अर्थतन्त्र बचाउन यही १ मंसिरमा “सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार व्यवसाय बचाउ” भन्ने मूल नाराका साथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

यस्तै छठपर्व अघि वीरगन्जमा बसेको आजपाको प्रदेश कमिटीको पदाधिकारी बैठकले भ्रष्टाचारको विरोधमा मधेसमा विशेष जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालन हुने जागरण अभियान एक हप्तासम्म चल्ने उनले बताए । त्यसमा पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहसहित पार्टीका नेता कार्यकर्ताहरुको विशेष सहभागिता अभियानमा हुने बताइएको छ ।

सप्तरीबाट सुरु हुने सो अभियान पर्सामा आएर सम्पन्न हुनेछ । मधेसका प्रमुख शहरहरुमा सभा, प्रदर्शन, बैठक, भेला लगायतका गतिविधि हुने अभियानले पार्टीले पहिलो चोटी गर्न लागेको छ ।

यस्तै  देशभर शून्य कर नीतिलाई प्रोत्साहन गर्ने गराउने उद्देश्यका साथ मंसिर १ गते नै उपत्यका विशेष कमिटीको आयोजनामा संघीय राजधानी काठमाडौँमा विशेष प्रदर्शन गर्ने निर्णय समेत गरिएको आजपा प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

सर्लाही । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुन ःपर्यटकीय गतिविधि बढ्दै गएको छ । जैविक विविधता युक्त यस ताललाई केही समय...

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप–औषधि रसुवा पठाएको छ । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको...

एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’अन्तर्गत आज  सम्पन्न खेलमा साउदी...