Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

प्रतिबन्धित लागु औषध सहित वीरगंजका देवान पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं.२५ निवासी २३  बर्षिय राज महम्द देवान रहेका छन् ।

बिषेश सुचनाको आधारमा आइतबार राति ९:३० बजे प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१४ गण्डकचोक स्थितबाट देवानलाई पक्राउ गरेकाे हाे ।

वीरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेका बागमति प्रदेश ०३-००१ ख २६६६ नम्बरको सार्वजनिक बसलाई रोकी चेकजाँच गर्दा देवानले सेतो बोराभित्र म्याटले फोल्ड गरेको ब्लांकेटभित्र कालो प्लाष्टिकमा लुकाइ छिपाई राखिएको नुरफिन-११९५ पिस, डाइजेपाम-१२०० पिस, फेनारगन -११८५ गरी जम्मा ३५८० एम्पुल बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त प्रतिबन्धित लागु औषध सहित देवानलाई नियन्त्रणमा लिई उनी विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...