Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

नेता निधिद्वारा युवा सङ्कल्प यात्रालाई जनकपुरधाममा स्वागत

spot_img
spot_img
महेन्द्रनगर । झापाको मेचीनगरबाट सुरु भएको युवा सङ्कल्प यात्रा साेमबार जनकपुरधाम पुगेको छ । नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वकेन्द्रीय महामन्त्री भूपेन्द्रजङ्ग शाहीलगायतको समन्वयमा सुरु भएको यात्रालाई हाज यहाँ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वागत गर्नुभयो । 
 
त्यस अवसरमा नेता निधिले युवा सङ्कल्प यात्राको सम्पूणर् टोलीलाई सफलताको शुभकामना दिनुभयो । भ्रष्टाचार उन्मूलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न ‘एजेन्डा’हरूमा केन्द्रित रहेर पूर्व-पश्चिम सङ्कल्प यात्रा सुरु गरिएको शाहीले जानकारी गराउनुभयो ।
 
यात्रामा ४० जनाको टोली रहेको नेविसङ्घका केन्द्रीय सदस्य विनोद शाही ठकुरीले जानकारी दिनुभएको छ । युवा सङ्कल्प यात्रामा संविधानसभा सदस्य एवं नेविसङ्घका पूर्वकेन्द्रीय सभापति रञ्जितकुमार कणर्, युवा नेताहरू धमेन्द्र नेम्वाङ‚ पशुपति पोखरेल, शेख वकिल‚ प्रेमिका राना‚ नरेश यादव‚ चन्द्रादेवी जोशी, राष्ट्रिय कलाकारहरू राधिका हमाल, उदिराम खड्का, सुनिल थापा, लेलिया विश्वकर्मालगायत सहभागी हुनुहुन्छ । सङ्कल्प यात्रा कात्तिक २३ गतेदेखि मेचीबाट सुरु भई कञ्चनपुरको महाकाली पुगेर समापन हुनेछ । रासस
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...