Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागु औषध गाँजा र चरेश सहित एक भारतिय पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा  प्रहरीले लागु औषध गाँजा र चरेश सहित एक भारतियलाई पक्राउ गरेकाे छ । प्रहरी चौकी ईनर्वाबाट खटिएकाे टोलीले भारत वंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी निवासी २८ बर्षिय राज अधिकारीलाई पक्राउ गरेकाे हाे ।

नियमित चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने क्रममा बुधबार दिउसाे  २:१५ बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ शंकराचार्य गेटबाट अधिकारीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

अधिकारीले बोकेको क्यामो ब्यागभित्र सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ विना प्लाष्टिकको ६ के.जी.३०० ग्राम र प्लाष्टिकले बेरी राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ बिना प्लाष्टिकको २ के.जी.१०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवाष भट्टले जानकारी दिए ।

बरामद लागु औषध गाँजा जस्तो देखिने पदार्थ र चरेश जस्तो देखिने पदार्थ सहित अधिकारीलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...