Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 340

शिक्षक अभिभावक संघको अध्यक्षमा पानालाल पटेल

वीरगंज । पर्साको पोखरीया नगरपालिका वडा नम्बर १ वनकाटवामा रहेको श्री शशीधर कृष्ण आधार आधारभुत विद्यालयमा शिक्षक अभिभावक संघको अध्यक्षमा पानालाल पटेल सर्वसम्मत चयन भएका छन ।

शुक्रबार विद्यालयमा भएको अभिभावक भेलाले ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको हो । नवगठित संघकाे सदस्यमा मुनिलाल साह कानु, सुनिल ठाकुर, कोशिला देवी, रंजना देवी, मुनी खातुन, नागेन्द्र महतो, देवनाथ महरा, सोनालाल साह, संतोष पासवान लगायत चयन भएका छन ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष श्याम ठाकुरको अध्यक्षतामा र पोखरीयाका नगरपालिका प्रमुख प्रधुमन चौहानको प्रमुख आतिथ्यमा भएको भेलामा वडाध्यक्ष प्रमोद गिरी, उमेश चौहान, सुरेश प्रसाद कुर्मी लगायतका उपस्थिती रहेको थियो ।

ई रिक्साकाे ठक्करबाट गम्भिर घाइते साइकल यात्रुकाे मृत्यु

वीरगंज । ई रिक्साकाे ठक्करबाट घाइते भएका साइकल यात्रुकाे मृत्यु भएकाे छ ।

ई  रिक्साकाे ठक्करबाट घाइते भएका पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ बलुवा निवासी ३० बर्षिय साेनालाल रामकाे शुक्रबार मृत्यु भएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक धर्मराज थिङ्गले जानकारी दिए । 

बिहिबार सांझ म.प्र. ०३-००१ अ १८१९ नम्बरकाे ई रिक्साकाे ठक्करबाट गम्भिकर घाइते भएका रामकाे उपचारकाे क्रममा वीरगंजस्थित नेपाल मिडिसिटी बयाेधा अस्पतालमा मृत्यु भएकाे प्रहरी निरिक्षक थिङ्गले वताए । 

बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ४ स्थित केडिया आँखा अस्पताल अगाडी मेन राेडमा साइकलमा सवार रामलाई परवानीपुरबाट गण्डक तर्फ जाँदै गरेकाे ई रिक्साले ठक्कर दिएकाे थियाे । मृतककाे स्थायी घर सखुवा प्रसाैनीकाे बलुवा भएपनि उनी वीरगंज महानगरपालिकाकाे वडा नं. २१ सुखचैनामा बस्दै आएका थिए ।

ई रिक्साकाे ठक्करबाट गम्भिर घाइते रामलाई साेही ई रिक्सा चालक वीरगंज महानगरपालिकाकाे वडा नं. २१ निवासी कृष्ण कुमार महताेले वयाेधा अस्पतालमा पुर्याएर फरार भएकाे प्रहरीले जनाएकाे छ ।

जनमत पार्टी पर्साकाे जनवर्गीय संगठनकाे जिम्मेवारी बाँडफाड

वीरगंज । जनमत पार्टी निकट युवा दस्ता पर्साकाे संयोजकमा मनोज साह चयन भएका छन् ।

पार्टी निकटका संगठनलाई थप सुदृढ, कृयासिल र लोककल्याणकारी बनाउन जनवर्गीय संगठन बाँडफाड भएकाे जिम्मेवारी अन्तर्गत युवा दस्ताकाे जिल्ला संयाेजककाे जिम्मेवारी साहलाई दिइएकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए ।

त्यसैगरी बुद्धिजीवी जनमत संघको जिल्ला संयोजक लिला कुमारी साह, थारु जनमत संघ पर्सा जिल्ला संयोजक श्याम चौधरी थारु, मजदुर जनमत संघ पर्साको जिल्ला संयोजक विष्णु कुशवाहा र दलित जनमत संघ पर्साको जिल्ला संयोजककाे जिम्मेवारी नरेश रामलाई दिइएकाे अध्यक्ष सर्राफले जानकारी दिए ।

त्यसैगरी पार्टीकाे शुभेच्छुक संगठन शिक्षक जनमत संघ पर्साको जिल्ला संयोजककाे जिम्मेवारी उमेश ठाकुरलाई दिइएकाे छ । जिम्मेवारी बाँडफाड बारे पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंह र पर्सा जिल्ला अध्यक्ष सर्राफले हस्ताक्षर गरेकाे पत्र मार्फत पार्टीकाे केन्द्रिय सचिवालयलाई समेत जानकारी गराइएकाे छ । 

राेट्याक्ट क्लबद्वारा कलैया अस्पताललाई स्वास्थ्य उपकरण सहयाेग

वीरगंज । राेट्याक्ट क्लब अफ वीरगंज मेट्राेपाेलिसले कलैया प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरण सामग्री सहयाेग गरेकाे छ ।

क्लबले एक कार्यक्रमकाे बिच बिहिबार अस्पताललाई पूर्ण स्वचालित CLIA प्रणाली (A1860), पूर्ण स्वचालित इलेक्ट्रोलाइट विश्लेषक (ST200 Aqua) र पूर्ण रूपमा स्वचालित इम्युनोफ्लोरेसेन्स विश्लेषक (GP 1100) हस्तान्तरण गरिएकाे क्लबकी अध्यक्ष रेषु अग्रवालले जानकारी दिइन । 

एक्सिस ग्रुपकाे सहयाेगमा कलैया अस्पतालको लागि मेड टेक डोनेशन ड्राइभ परियाेजना अन्तर्गत अस्पतालका मेसु डा अजय गुप्तालाई अत्याधुनिक चिकित्सा उपकरणहरू सहयाेग गरिएकाे उनले वताइन । 

उपकरण हस्तान्तरण कार्यक्रममा राेटरी क्लब अफ वीरगंज मेट्राेपाेलिसका चन्दन सिंह, नन्दन चाैरसिया, राेट्याक्ट क्लबका नकुल गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यी अत्याधुनिक मेसिनहरूले अस्पतालको निदान क्षमताहरूमा उल्लेखनीय रूपमा वृद्धि गर्ने, छिटो र अधिक सटीक चिकित्सा विश्लेषणहरूको लागि अनुमति दिँदै र बिरामी हेरचाहलाई फाइदा पुर्‍याउने क्लबका दिपु बर्णवालले वताए ।

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

वीरगंज । विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन् । मुद्दाको आईतवार सुनुवाई गर्दै पर्सा जिल्ला अदालतका न्यायाधीश दीपक खनालको ईजलाशले पाँचै जनालाई धरौटी माग गर्न आदेश दिएका थिए ।

आदेश अनुसार बारा कलैया उपमहानगरपालिका – ४ निवासी बेहुला उमेश साह गोढ रु दुई लाख, उनका बुवा बच्चालाल साह गोढ रु एक लाख, बेहुलाका दाईहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँँपालिका – ५ निवासी रामएकवाल साहले रु २५-२५ हजार धरौटी बुझाएर रिहा भएका हुन ।

फागुन २८ गते राति जन्ती लिएर वीरगंज महानगरपालिका – २४ मा आएका बेहुला उमेशसहित पाँचै जनालाई वडा प्रहरी कार्याल श्रीपुरले विवाह स्थलबाट नै पक्राउ गरेकाे थियाे ।

पाँचै जनालाई प्रहरीले ११ दिन सम्म जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर उनीहरुविरुद्ध गत चैत ९ गते पर्सा जिल्ला अदालतमा विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । त्यपछि चैत ११ गते आइतबार जिल्ला अदालतका एक नम्बर इज्जलाशका न्याधिश खनालले धराैटी छाड्न आदेश दिएअनुसार धराैटी बुझाएर पांचै जना रिहा भएका हुन् ।  

बरमाला पछि हुने कन्या निरिक्षणकाे क्रममा गहना चढाउन विषयमा बेहुला र बेहुली पक्ष बिच विवाद हुँदा विवाह नै भाँडिएकाे थियाे ।त्यही विवाद चर्किएर  बेहुला र बेहुलीपक्षबिच कुटाकुट पनि भएको थियो ।  

बेहुला पक्षले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा बेहुली पक्षसँग विवाद गरेर विहे नै छाँडि भागि रहेकाे बेहुली पक्षकाे उजरीकाे आधारमा प्रहरीले बेहुलासहित पांचै जनालाई नियन्त्रणमा लिएकाे थियाे ।

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

वीरगंज । पढन गएका बालबालिकालाई घर निर्माणकाे काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका छन् । सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा रहेकाे श्री राम जानकी इंगलिश बाेर्डिङ स्कुलकाे लापरवाहीले साेही स्कुलकाे कक्षा एलकेजीमा अध्ययनरत ७ बर्षिय विद्यार्थी अनुप गाेढ घाइते भएका हुन् ।

सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवन निवासी घाइते बालक अनुपकाे बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित एलएस न्युराे एण्ड जेनरल हाेस्पिटलमा उपचार भइरहेकाे छ । गम्भिर घाइते अनुपकाे टाउकाेमा २८ वटा टांका लागेकाे हस्पिटलले जनाएकाे छ ।  

स्कुलमा पढन गएका आफ्नाे छाेरालाई सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुनवन निवासी नै विद्यालयकी संचालिका भगवन्ती कलवारले घर निर्माणकाे काममा लगाएपछि फलाममा लडेर घाइते भएकाे चन्दन साह गाेढले वताए । विद्यार्थीको उमेरकाे ख्याल नगरी विद्यालय नजिक निर्माण भइरहेकाे घरमा ज्यालादारीकाे काममा लगाउँदा आफ्नाे छाेरा घाइते भएकाे उनकाे भनाई छ ।

उनले कलवारकाे लापरवाहीले विद्यालयमा पढन गएका आफ्नाे छाेरा घाइते भएकाेले कारवाहीकाे माग गर्दै बुधबार इलाका प्रहरी कार्यालय पाेखरियामा उजरी समेत दिएका छन् । 

विद्यालयकी संचालिका कलवारले निर्माण भइरहेकाे विद्यालय भवनकाे भित्ता खसेर बालक घाइते भएकाे वताइन । उनले कुनै पनि बालबालिकालाई आफुले भवन निर्माणकाे काममा नलगाएकाे वताइन । उनले भवन निर्माण भइरहेकाे ठाउँमा हाेली मनाउन तयारी गरिरहेका ठुला/ठुला विद्यार्थीहरुसंगै गएका अनुप समेत भित्तामा लडेर घाइते भएकाे वताइन । घाइते भएकाे दिनदेखि नै आफुले अनुपकाे उपचार समेत गराउँदै आएकाे विद्यालयकी संचालिक कलवारले जानकारी गराइन । 

पिडितले बुधबार मात्र जाहेरी दिएकाेले घटना बारे अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीले वताए ।

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

वीरगंज । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ धरमपुर टोलामा निर्माण हुने स्वास्थ्य चौकी भवन र नाला निर्माणकाे बुधबार शिलान्यास गरिएको छ ।

एक कार्यक्रमकाे बिच पूर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री समेत रहेका पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य रमेश रिजालले स्वास्थ्य चौकी भवन र नाला निर्माण कार्यको एक साथ शिलान्यास गरेका हुन् ।

धरमपुरमा ४५ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवनको निर्माण गर्न थालिएकाे गाउँपालिकाले जनाएकाे छ । मधेस प्रदेश सरकारको २५ लाख र जगरनाथपुर गाउँपालिकाको २० लाख गरी कूल ४५ लाख रुपैयाको लागतमा उक्त स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको गाँउपालिका अध्यक्ष श्रीकान्त यादवले बताए ।

यस्तै प्रदेश सरकारले दिएको ५० लाख र गाँउपाििलकाको ९ लाख गरी कूल ५९ लाख रुपैयाँको लागतमा ३ सय १५ मिटर लम्बाईको पक्की नालाको निर्माणपनि गर्न लागिएको अध्यक्ष यादवले जानकारी दिए । स्वास्थ्य चौकी भवन र नाला दुवैको निर्माण कार्य उपभोक्ता समिति मार्फत गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडाध्यक्ष बिहारी महतो नुनिया, कांग्रेस नेता प्रेम थापा, शिक्षाप्रैमी लालदेव यादव लगायतको पनि उपस्थिती रहेको नेवि संघका नेता मन्जय गिरिले जानकारी दिए ।

सशस्त्र प्रहरी र भारतीय सुरक्षा फौजको संयुक्त गस्ती

वीरगंज । सशस्त्र प्रहरी र भारतीय सुरक्षा फौज (एसएसबी)ले पर्सास्थित नेपाल-भारत सीमाबाट संयुक्त गस्ती सुरु गरेका छन् । ठोरी गाउँपालिका १ भगवान्‌ नगरबाट सुरु भएकाे संयुक्त गस्ती टाेली बुधबार पकहाँ मैनपुर गाउँपालिकाका पुगेकाे छ । 

गस्ती टोलीलाई प्रस्तावित गुल्म सिमा सुरक्षा लहावरथकरीका सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रेमबहादुर कठायतले मंगलबार छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुरमा स्वागत गर्दै टोलीको कमान्ड संभालेका थिए ।

डिएसपी कठायतले आफना ईलाका मिर्जापुर, भिस्वा, लहावरथकरी, पकहाँ मैनपुर हुँदै प्रसौनी भाठामा अर्काे पलाटुन कमान्डरलाई बुधबार जिम्मा लगाएकाे वताए । गस्तीको क्रममा डिएसपी कठायतले स्थानीय बुद्धिजीवी तथा नागरिकहरुसँग समेत अन्तरक्रिया गरेका थिए ।

सीमा सुरक्षाको संवंदनशीलतालाई मध्यनजर गरी सशस्त्र प्रहरी बल, नेपालको परिचालनलाई अझै परिस्कृत, प्रभावकारी एवं नतिजामुखी बनाउन र अन्तर्राष्ट्रिय सीमा नजिकका नागरिकहरुमा शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन संयुक्त गस्ती सुरु गरिएको कठायतले बताए ।

सिमा क्षेत्रलाई रक्षा गर्ने, सिमामा रहेका जनता संग सम्बन्ध बिस्तार गर्ने, सिमाका आम जनता संग अन्तरक्रिया गर्दै भारतीय एसएसबि संग सम्बन्ध प्रागाढ गर्ने उदेश्य राखी नियमित रुपमा अनुगमन, निरिक्षण गर्दै गस्ती हुँदै आएकाे उनले वताए ।

टोली मधेश प्रदेशकाे सप्तरी जिल्ला सम्मको सिमामा रेखदेख, निरिक्षण, अनुगमन, सम्बन्ध बिस्तार, अन्तरक्रिया तथा भारतीय एसएसबीसंग संयुक्त रुपमा २४ सै घण्टा गस्ती गर्ने जनाईएको छ । टोलीमा ३५ जनाको सहभागीता रहेको छ ।

कालिकामाई युवा समाजद्वारा भव्य रुपमा हाेली मिलन कार्यक्रम सम्पन्न

वीरगंज । कालिकामाई युवा समाजकाे आयाेजनामा आइतबार कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीमा हाेली मिलन समाराेह तथा संस्थाकाे कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रतिनिधि सभा सदस्य (सांसद) विना जयसवालले समाजिक परिवर्तनकाे लागि युवा भुमिका महत्वपूर्ण भएकाे वताइन । उनले कुनै पनि ठाउँकाे विकासकाे लागि त्यहाँकाे युवा अगाडी बढन जरुरी रहेकाे वताइन ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी सांसद जयसवालले समाज विकासकाे लागि शिक्षा पनि जरुरी रहेकाे वताइन । उनले बढ्दाे भ्रष्टाचारकाे विरुद्धमा शिक्षित युवा अगाडी नबढेसम्म मुलुककाे विकास सम्भव नरहेकाे वताइन ।

युवा समाजका अध्यक्ष आकाश चाैरसियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एमालेका नेता एवम् संविधान सभा सदस्य जयप्रकाश थारु, नेकपा माओवादी केन्द्रका नेता बलिराम साह, पाेखरिया नगरपालिकाका पूर्व उप मेयर सलमा खातुन, कालिका टाईम्सका प्रबन्ध निर्देशक एवम् रेडियाे पाेखरियाका अध्यक्ष छठु साह, वडाध्यक्ष साेनालाल चाैरसिया, संजय पटेल, स्थानिय नेता राधाकिशुन चाैरसिया, ताजिन्द्र साह कलवार, माओ कुशवाहा, आशा चौहान, शिक्षक धुरेन्द्र चाैरसिया, साेनालाल साह, लक्ष्मण ठाकुर, जय प्रकाश चाैरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे । 

यसैबिच आइतबार नै युवा समाजले आफ्नाे कार्यालय संचालनमा ल्याएकाे समाजका काेषाध्यक्ष बुलेट तिवारीले जानकारी दिए । कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीमा नै संचालनमा आएकाे कार्यालयकाे उद्घाटन पनि सांसद विना जयसवालले गरेकी हुन् ।

कार्यक्रममा विभिन्न कालकारहरुले गित तथा नृत्य समेत प्रस्तुती गरेका थिए । कार्यक्रमकाे संचालन संचारकर्मी विशाल यादवले गरेका थिए भने स्वागत मन्तव्य युवा समाजका सुजित कुशवाहाले राखेका थिए । 

भारतबाट भित्र्याइएकाे कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट

वीरगंज । पर्साको प्रस्तावित सशस्त्र प्रहरी गुल्म लहावरथकरीले आइतबार एक क्विन्टल जिउँदाे कुखुरा नष्ट गरेकाे छ ।

भारतबाट अवैध रुपमा भित्र्याइएकाे कुखुरा सशस्त्र प्रहरीले वडाध्यक्ष, प्रहरी, पत्रकार र स्थानिय भद्रभलादमीकाे रोहबरमा खाल्डो पूरी नष्ट गरेको हाे ।

लुकिछिपी शनिबार राती १० बजेकाे समयमा भारतको सिक्टाबाट पोखरीया तर्फ लागिरहेको अवस्थामा बरामद कुखुरा नष्ट गरिएकाे सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रेम कठायतले जानकारी दिए ।

यसैगरी सशस्त्र प्रहरी भिस्वाको टोलीले ३ क्विन्टल अवैध कुखुरा पक्राउ गरी नष्ट गरेको डिएसपी कठायतले बताए ।