Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 341

लिटिल बडी प्रि स्कुलद्वारा अभिभावकहरुलाई अभिमुखिकरण

वीरगंज । लिटिल बडी इन्टरनेशनल प्रि स्कुल वीरगंजकाे आयाेजनामा शनिबार स्मार्ट अभिभाव अभिमुखिकरण एवम् हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजस्थित अन्पूर्णा हाेटलमा भएकाे कार्यक्रममा सहभागि अभिभावकहरुलाई माेटिवेशनल प्रशिक्षक पुजा मरासायनीले प्रशिक्षण दिएका थिए । अभिभावहरुलाई प्रशिक्षण दिदै उनले अभिभावकहरुले आ आफ्नाे बालबालिकालाई समय दिनु पर्ने वताइन ।

अभिभावहरुले आफ्नाे नानिबाबुहरुलाई राम्राे विद्यालयमा पठाएर मात्र जिम्मेवारी पुरा नहुने वताउँदै उनले घरमा पनि ध्यान दिनु पर्ने सुझाव दिइन । उनले घरमा आफ्नाे नानीबाबु के गर्दै छन् ध्यान दिनुकाे साथै स्कुलमा पाएकाे गृह कार्य पुरा गराउनु पर्ने वताइन ।

स्कुलका निर्देशक एवम् प्रधानाध्यापक विजय बालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्याब्सन पर्साका सचिव एवम् लिटिल बडी स्कुलका निर्देशक राहुल श्रीवास्तव, लिटिल बडी स्कुलका निर्देशक सुरज बाबु पटेल, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैलागाई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, सदस्य दिपु बर्णवाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा सहभागिहरुले एक आपसमा अबिरकाे टिका लगाए हाेली शुभकामना आदानप्रदन समेत गरेका थिए ।

तेस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगंज युनाईटेड क्लबलाई

तेली समाजकाे हाेली मिलन सम्पन्न

वीरगंज । तेली कल्याण समाज पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ । रेडियाे वीरगंज परिसरमा भएकाे कार्यक्रममा सहभागिहरुले अबिरकाे टिका लगाएर हाेलीकाे शुभकामना आदानप्रदान गरेका थिए ।

तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन तेली कल्याण समाजका केन्द्रिय अध्यक्ष विश्वनाथ साहले गरेका थिए ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी, संविधान सभा सदस्य रामचन्द्र साह, पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह, पारस साह, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह, पूर्व मेयर नितेन्द्र साह, उद्याेग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुबाेध गुप्ता, वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधवराज पाल, तेली समाजका पानालाल साह, हजारी साह, असर्फी साह, राजेश्वर साह, प्रमोद साह, छ्ठु साह, लक्ष्मण साह, शिव साह, छोटेलाल साह, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा भाेजुपरी गायक अनिल बर्मा लगायतका कलाकारले आफ्नाे प्रस्तुती राखेका थिए भने कार्यक्रमकाे संचालन तेली कल्याण समाज पर्साका सचिव बिरेन्द्र साहले गरेका थिए । 

कार्यक्रम व्यवस्थापकदेखि मन्त्री सम्म प्रमाेद जयसवाल, गाउँमा खुशियाली

वीरगंज । पर्सा क्षेत्र नं. ३ काे (१) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र निर्वाचित प्रमाेद जयसवाल मन्त्री बनेका छन् । शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेको मन्त्रिमण्डल विस्तारमा जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिएका हुन् । शनिबार जयसवालसंगै एमालेका चार जनाले मन्त्री र राज्यमन्त्रीको शपथ लिएका हुन् ।

राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा शपथ लिएका हुन् । यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा शपथ लिएका हुन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । यस्तै मुख्यमन्त्री यादवले राज्यमन्त्री केशव रायलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मधेस प्रदेशको शिक्षमन्त्री बनेका जयसवाल, गत निर्वाचनमा स्वतन्त्रबाट ७ हजार ३९० मतका साथ निर्वाचित भएका थिए । सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवन निवासी जयसवाल मन्त्री भएपछि गाउँबासी खुसी भएका छन् । महुवन गाउँ मै पहिलाे पटक जयसवाल मन्त्री भएकाे वताउँदै याे महुनबासीकाे लागि एतिहासिक दिन भएकाे स्थानिय  शिवचरण राैनियारले वताए ।

मन्त्री बनेका जयसवालकाे बुवा रामेश्वर प्रसाद कलवार र आमा कमलवाती देवी हुन् । २०३४ साल मंसिर ९ गते जन्मिएका जयसवाल समाजिक कार्यकर्ता हुँदै ४४ बर्षकाे उमेरमा मन्त्री सम्म पुगेका छन् ।

श्री राधाकृष्ण बहुअर्वा भाठाबाट एसएलसी गरेका जसयवाल हरिखेतान बहुमुखी क्याम्पसबाट समाजिक सास्त्रमा स्नातकाेत्तर सम्म अध्ययन गरेका छन् । २०५४ सालमा स्थानिय गैर सरकारी संस्था अरुणाेदय युवा क्लबबाट कार्यक्रम व्यवस्थापक समितिकाे अध्यक्ष भएर समाजिक कार्यमा लागेका जयसवालवाल पछि त्यही संस्थामा कार्यक्रम संयाेजक हुँदै इन्टरनेशनल गैर सकारी संस्था एक्सन एडसम्म काम गरेका व्यक्ति हुन् ।

मन्त्री बनेका जयसवाल ३ दाजुभाई छन् । जयसवालका एक जना भाई प्रदिप जयसवाल सखुवा प्रसाैनी गाउँपालिका पुर्व अध्यक्ष हुन् । उनी हाल जनता समाजवादी पार्टीमा छन् । अर्काे सानाे भाई सुदिप जयसवाल गाउँ मै व्यापार गर्दै आएका छन् ।

एमालेका पुराना सांसदलाई पछ्याउँदै जयसवाल मन्त्री

एमाले प्रबेश गरे कै दिन जयसवाल मन्त्री बन्नेका हुन् । एमालेबाट मन्त्रीका लागि दौडधुप चलिरहेको थियो । थुप्रै सांसदले ‘लबिङ’ गरिरहेका थिए । मन्त्रीको टुङ्गो लगाउन गाह्रो भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो ।

एमालेका पुराना सांसदलाई पछ्याउँदै जयसवाल मन्त्री बनेका छन् । उनलाई एमालेले पार्टीमा प्रबेश गराउँदै मन्त्री बनाएकाे हाे । मन्त्री बन्ने पक्का भएपछि मात्रै उनी एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई एमालेमा ल्याउन कि नल्याउने भन्नेमा पनि विवाद थियो । मन्त्रीको शपथ लिएपछि संक्षिप्त कुराकानी गर्दै जयसवालले अब सबै विवाद समाधान हुने प्रतिक्रिया दिए । “आज म एमालेमा प्रवेश गरेको छु, सबै कुरा मिल्दै छ,” उनले भने ।

जयसवालको प्रवेशसँगै मधेस प्रदेश सभामा एमालेका २५ सांसद पुगेका छन् । नेपाली काङ्ग्रेसका २२ सांसद छन् भने तेस्रो नम्बरमा रहेको जसपाका १९ सांसद छन् । जसपाका सरोजकुमार यादवले सरकारको नेतृत्व गरिरहेका छन् । यसअघि काङ्ग्रेसले मुख्यमन्त्री बनाएको थियो भने अहिले एमालेले समर्थन गरिरहेको छ ।

स्कुलले संख्या भन्दा गुणस्तरमा ध्यान दिऔं : पूर्वमन्त्री यादव

वीरगंज । पूर्वमन्त्री प्रदिप यादवले स्कुलले संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने बताएका छन् । वीरगंजस्थित चिल्ड्रेन वल्ड माबिको बार्षिकाेत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।

स्कुलका बिद्यार्थीहरुले बार्षिकाेत्सव अवसरमा प्रदर्शन गरेको क्रियाकलापबाट आफु हर्षित भएको बताउँदै जसपाका प्रमुख सचेतक समेत रहेका यादवले यसबाट अभिभावकहरु समेत खुशी भएको जिकिर गरे ।

कार्यक्रममा सरकारी तथा समुदायिक बिद्यालयको बिषयमा आफ्नो धारण राख्दै पूर्वमन्त्री यादवले समुदायिक बिद्यलायलाई सुधार गर्दै जानु पर्ने कुरामा जोड दिए । उनले शिक्षकहरुले राजनितिक छोडनु पर्ने बताउँदै शिक्षकहरुले पार्टीको झण्ड बोक्ने काम बन्द गर्नु पर्ने कुरामा जोड दिए ।

अहिले पनि समुदायिक स्कुलका बिधार्थीहरु बोरामा वसेर पढी रहेको बताउदै पूर्वमन्त्री यादवले निजी बिद्यालय तथा समुदायिक बिद्यालयका बिधार्थीहरुले एक समन रुपमा शिक्षा पाउनु पर्ने कुराको संकेत गरे ।

बिद्यालयले आयोजना गरेको बार्षिक उत्सव समारोहमा स्कुलका बिधार्थी, शिक्षिक,शिक्षिका एवं आमन्त्रित अथितीहरुको सहभागीता रहेको थियो ।

श्री सत्य साईकाे कार्यक्रममा ४८ जनाद्वारा रक्तदान

वीरगंज । श्री सत्य साई मधेश प्रदेश समितिकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हाेलीकाे अवसरमा भएकाे कार्यक्रममा ४ महिलासहित ४८ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्रका प्रमुख सराैभ राज पाण्डेले वताए ।

 वीरगंजकाे घण्टाघर चाैकमा भएकाे कार्यक्रममा चन्देश्वर चाैरसिया, रविकान्त चाैरसिया सन्दिप सर्राफ, बलिराम पाण्डे, जगदिश चाैहान, राेशन साह, विपिन साह कानु, विश्वजित कुमार, विशाल यादव, सुरेश सर्राफ, नरेश चाैरसिया, नरेश सर्राफ, सरस्वती श्रेष्ठ, अस्मिता चाैधरी, रविभुषण प्रसाद चाैरसिया, प्रितम ठाकुर, सुमित सत्याल लगायतकाले रक्तदान गरेकाे प्रमुख पाण्डेले वताए ।

श्री सत्य साई मधेश प्रदेश समितिका अध्यक्ष जीवन चाैरसियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सिमितका सदस्य चन्देश्वर चाैरसिया, रविभुषण चाैरसिया, राजिन्द्र प्रसाद लगायतकाे उपस्थिती रहेकाे थियाे । रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे थियाे ।  

भिस्वा छोटी भंसारमा नि:शुल्क स्वास्थ्य शिविर

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नम्बर ५ भिस्वाको छोटी भंसार कार्यालयमा शुक्रबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

शिविरमा २ सय जना महिला र ३ सय पुरुष गरी ५ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् । यसैगरी १ सय ३ जनाले आँखा चेकजाँच गराएकाे आयाेजकले जनाएकाे छ ।

सिमा क्षेत्रमा सिमा सुरक्षा संगै सिमावासीलाई सेवा पुर्याई सहकार्य गर्ने उद्देश्यले शशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर १३ नम्बर गणको आयोजनामा र प्रस्तावित सशस्त्र सिमा सुरक्षा गुल्म लहावरथकरीको सहजीकरणमा आयाेजना गरिएकाे शिविरमा नि:शुल्क औषधी समेत बितरण गरिएको थियो ।

शिविरको उद्घाटन शस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नारायाण दत पौडेलले गरेका थिए ।

शिविरमा सशस्त्र प्रहरी नायव महानिरिक्षक मधेश प्रदेश प्रमुख दिपेन्द्र शाह, प्रस्तावित सिमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी प्रेम कठायत, छिपहरमाई गाउँपालिकाकी उपाध्यक्ष लिलावती देवी साह, प्रभु हस्पीटलकी संचालिका डा. लक्ष्मी थापा, कार्यक्रम संयोजक दिलिप राज कार्की लगायतको सहभागीता रहेको थियो ।

शिविरमा बरिष्ट फिजिसियन शिव कुमार झा, बरिष्ट हाडजोर्नी तथा नशारोग बिशेषज्ञ अरबिन्द साह, प्याथोलोजी डा. निरज साह, मेडिकल अफिसर डा. प्रतिभा थापा, आखा बिशेषज्ञ महेश सिंह धामी लगायतकाले स्वास्थ्य तथा आँखा परिक्षण गरेका थिए ।

महिला मैत्रीपुर्ण फुटबलमा वीरगंज युथ एकेडेमी विजयी

वीरगंज । तेसो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको महिला टोलि बीच मैत्रीपुर्ण खेलमा वीरगंज युथ एकेडेमी विजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा महिला मैत्रीपुर्ण खेलमा निजगढ फुटबल क्लबलाई वीरगंज युथ एकेडेमीले ४-० गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबारकाे खेलकाे पहिलो हाफको तेस्रो मिनेटमा वीरगंज युथ एकेडेमीकि खेलाडी सजिता स्याङतानले पहिलो गोल गरिन । खेलमा एक गोलले अग्रता बनाएको वीरगन्ज युथ एकेडेमीले खेलको २५ औं मिनेटमा दोस्रो गोल गर्यो । दोस्रो गोल पनि वीरगन्ज युथ एकेडेमीका सजिता स्याङतान नै गोल गरिन ।

सुरु देखि नै कमजोर रूपमा देखापरेको निजगढ फुटबल क्लबका खेलाडी माथि हाबी देखिएका वीरगन्ज युथ एकेडेमीका खेलाडी खेलको ४३ औं मिनेटमा थप एक गोल गरे । तेस्रो गोल वीरगंज युथ एकेडेमी कि सदिपा भोलेनले गरिन । लगातार गोल हानेका वीरगन्ज युथ एकेडेमीका खेलाडीले खेल्न सक्नु ५ मिनेट अगावै चौथो गोल गरेका थिए ।

चौथो गोल पनि वीरगंज युथ एकेडेमी कि सदिपा भोलेनले नै गरेकी हुन् । शुक्रबारकाे खेलको म्यान अफ दि म्याच वीरगंज युथ  एकेडेमीका खेलाडी  सजिता स्याङतान घोषित भईन । उनलाई स्थानीय समाजसेवी हृदयनारायण यादवले नगदसहित शिल्ड हस्तान्तरण गरे ।

यसैबीच आजको मैत्रीपुर्ण खेलको दोस्रो स्थान हासिल गरेका निजगढ फुटबल क्लबलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका युवा नेता लोकेश सिंहले शिल्ड प्रदान गरे । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार हुने फाइनल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र वीरगन्ज युनाइटेड क्लब वीरगंज बीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक तिवारी यादवले बताए । प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

हाेलीकाे अवसरमा काेर एससीबी रक्सौलद्वारा रक्तदान

वीरगंज । ४७ औं कोर एससीबी रक्सौल (बिहार) काे आयाेजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हाेलीकाे अवसरमा कार्यक्रममा वाहिनीका कार्यावहक कमाण्डेन्ट दीपक कृष्णसहित ३० जनाले रक्तदान गरेका हुन् ।

कामु कमाण्डेन्ट श्री दीपक कृष्ण, डिप्टी कमाण्डेन्ट ४७ को कमाण्डको प्रेरणामा असहायलाई निःस्वार्थ सेवा प्रदान गर्न र बलको मूल नारा ‘सेवा, सुरक्षा’ भन्ने उद्देश्यका साथ इन्डियन रेडक्रस, मोतिहारीसँगको सहकार्यमा उक्त शिविर आयोजना गरिएको वाहिनीका इन्सपेक्टर मनाेज कुमार शर्माले जानकारी दिए ।

 त्यसैगरी सशस्त्र सीमा बलको ४७ औँ सेनाले मानव स्वास्थ्य शिविर र भेटेरिनरी शिविर आयोजना गरी सीमावर्ती क्षेत्रका नागरिकको सेवामा सदैव तत्पर रहँदै नागरिक कल्याणकारी कार्यक्रममार्फत नागरिकलाई आत्मनिर्भर बनाउने काम गरिरहेको उनले वताए ।

कार्यक्रममा रेडक्रस सोसाइटी मोतिहारीका डा अशोक कुमार, प्रयोगशाला प्राविधिक आमोद कुमार र सहायक प्राविधिक विनोदकुमार श्रीवास्तवको महत्वपूर्ण भूमिका रहेको थियो ।

 कार्यक्रममा वाहिनीका चिकित्सक डा. श्रीराज एमजे (एसीएमओ), डा. प्रतीक रञ्जन (जीडीएमओ), डेपुटी कमाण्डेन्ट अगाले प्रियदर्शन अरुण, डेपुटी कमाण्डेन्ट टीएच बसन्त सिंह, इन्स्पेक्टर मनोज कुमार शर्मा (एएचटीयू) र अन्य धेरै मातहतका अधिकारीहरू उपस्थिती रहेकाे थियाे ।

रास्वपा पर्सा क्षेत्र नं. ४ काे हाेली मिलन सम्पन्न

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ समितिकाे आयाेजनामा बिहिबार हाेली मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ स्थित मिर्जापुर बजारमा भएकाे कार्यक्रमका सहभागिहरुले अविरकाे टिका लगाई हाेलीकाे शुभकामना आदानप्रदान गरेका थिए । रास्वपा क्षेत्रीय सभापति जितेन्द्र मिश्रको अध्यक्षता र दलित समुदायको जेष्ठ नागरिक बनारसी महराकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।

साे कार्यक्रममा होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष एवम् केन्द्रीय पर्यटन बिभाग सचिव हरि पन्त, रास्वपा पर्सा सूचना प्रमुख तथा पर्सा क्षेत्र नं. २ को क्षेत्रीय सचिव सुदिश प्रजापति, बिज्ञान, संचार तथा सूचना प्रदेश प्रमुख प्रभात कुमार चौरसिया, पुर्व सई उमेश यादव, पुर्व हवल्दार मनबोध यादव, बिकी कुमार यादव, धर्मेन्द्र प्रसाद यादव, राजु यादव, राजकिरण यादव लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमको संचालन रास्वपा मधेश प्रदेश सदस्य कृष्ण पासवानले गरेका थिए ।