Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्न परराष्ट्रलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

spot_img
spot_img

काठमाडौं । राजावादीहरूको आन्दोलनका क्रममा शुक्रवार हिंसात्मक घटना घटेपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिकामा देखिएको भन्दै सरकारले ज्ञानेन्द्रको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

घटनाको अनुसन्धान सुरु भएपछि उनी भागेर जानसक्ने आशंका भएपछि कानुनी दायरामा ल्याउनका लागि राहदानी रद्द गर्न निर्देशन दिइएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ ।

‘हिंसात्मक घटना घट्नुअघि त्यसका कमान्डरहरूलाई निर्मल निवासमा बोलाएर पूर्वराजा ज्ञानेन्द्रले उकासेको स्पष्ट देखिएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ, ‘उनले केही समयअघि दिएका अभिव्यक्ति र हिजोको घटनामा तादम्यता मिलेको देखिन्छ । अनुसन्धान भइरहेको छ । यस्तोबेलामा उनी बाहिर नजाउन र अनुसन्धानलाई सघाउन भन्ने सरकारको उदेश्य हो ।’

दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनको छानबिन अघि बढेसँगै देशबाट भाग्न नदिन राहदानी रद्द गर्न लागिएको सरकारको भनाइ छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार भएको आन्दोलन हिंसामा परिणत भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...