Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्न परराष्ट्रलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

spot_img
spot_img

काठमाडौं । राजावादीहरूको आन्दोलनका क्रममा शुक्रवार हिंसात्मक घटना घटेपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिकामा देखिएको भन्दै सरकारले ज्ञानेन्द्रको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

घटनाको अनुसन्धान सुरु भएपछि उनी भागेर जानसक्ने आशंका भएपछि कानुनी दायरामा ल्याउनका लागि राहदानी रद्द गर्न निर्देशन दिइएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ ।

‘हिंसात्मक घटना घट्नुअघि त्यसका कमान्डरहरूलाई निर्मल निवासमा बोलाएर पूर्वराजा ज्ञानेन्द्रले उकासेको स्पष्ट देखिएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ, ‘उनले केही समयअघि दिएका अभिव्यक्ति र हिजोको घटनामा तादम्यता मिलेको देखिन्छ । अनुसन्धान भइरहेको छ । यस्तोबेलामा उनी बाहिर नजाउन र अनुसन्धानलाई सघाउन भन्ने सरकारको उदेश्य हो ।’

दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनको छानबिन अघि बढेसँगै देशबाट भाग्न नदिन राहदानी रद्द गर्न लागिएको सरकारको भनाइ छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार भएको आन्दोलन हिंसामा परिणत भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...