Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
Home Blog Page 1170

लैंगिक हिंसा तथा रिपोर्टिङ्ग संयन्त्र सम्बन्धी कार्यक्रम सम्पन्न

0

वीरगंज, १६ कात्तिक ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई लैंगिक हिंसा तथा रिपोर्टिङ्ग संयन्त्र सम्बन्धी एक दिने क्षमता विकास तालिम शुक्रबार पर्सागढी नगरपालिकामा सम्पन्न भएको छ । तालिममा शुन्य सहनशिलता कार्यक्रमको संक्षिप्त जानकारी, विद्यालयमा हुन सक्ने हिंसाका प्रकार र न्युनिकरणका उपाय, घटना व्यवस्थापनका चरण र सिद्धान्तहरु, विद्यालयको कार्य योजना, नयाँ गुनासो सुनुवाई कार्यविधि २०७४, लैंगिक मैत्री संरचना, विद्यालयको आचार संहिता, बालबालिका सम्बन्धी ऐन कानुन आदि विषयमा प्रशिक्षण दिइएको थियो ।

सामाजिक संस्था जिल्ला समन्वय समितिद्वारा पर्सा जिल्लाको ५० विद्यालयमा संचालित सम्भव शुन्य सहनशिलता कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको कार्यक्रम संयोज रामनारायण साहले वताए । सामाजिक संस्थाको आयोजनामा भएको तालिममा १७ विद्यालयका ३४ जनाको सहभागीता उनले वताए ।

जनता मा.वि. पकडिया बढनिहारमा भएको तालिममा रेस्टलेस डेभलपमेन्टबाट अर्जुन भटराई, विकास थापा र जिल्ला कानुनी सहायता समिति पर्साबाट अधिवक्ता प्रेम कुमार साहले प्रशिक्षण दिएका थिए । यस अघि आयोजक संस्थाका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा र पर्सागढी नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत चेत प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको उदघाटन सत्रमा उपाध्यक्ष रामाकान्त पटेल, महासचिव रामप्रवेस साह लगायतकाको सहभागिता रहेको थियो ।

उदघाटन सत्र मै पर्सागढी नपामा अनुमोदन गर्नका लागि अध्यक्ष इब्राहिम देवानले प्रमुख प्रशासकिय अधिकृतलाई गुनासो सुनुवाई कार्य विधि २०७४ हस्तान्तरण गर्नु भयो ।

भिजिट मधेस अभियान सुरु, मधेसमा पनि पर्यटनको सम्भावना छ : राज्यमन्त्री मण्डल

0

 वीरगञ्ज, १६ कात्तिक । प्रदेश २ मा ‘भिजिट मधेस नेपाल अभियान’ सुरु भएको छ । ‘मधेसको भ्रमण नगरी नेपाल भ्रमण पूरा हुँदैन’ भन्ने सन्देशका साथ यो अभियानको सुरु गरिएको हो ।

काठमाडौं आउने विदेशी पर्यटकलाई तराई मधेसका जिल्लामा समेत आर्कषित गर्नका लागि भिजिट मधेस नेपाल अभियान सुुरु गरिएको संयोजक ओम प्रकाश सर्राफले जानकारी दिए । ‘मधेसमा पनि पर्यटनको सम्भावना छ तर जति पहल र प्रयास हुनुपर्ने हो भएको छैन,’ उनले भने, ‘हामीले यहाँका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरेर आन्तरिक र वाहृय पर्यटकलाई भित्र्याउन सहयोगी भूमिका निर्वाह गर्छौ ।’

भिजिट मधेस नेपाल अभियानले शुक्रबार पहिलो कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रदेश २ का पर्यटन राज्यमन्त्री सुरेश मण्डलले प्रदेश २ मा पनि पर्यटनको प्रचुर संभावना रहेको बताए । ‘गौतमबुद्धको जन्मभूमि, जनक, सीता र सलहेशको भूमि, ऐतिहासिक र धार्मिक दुवै हिसाबले मधेसको भूमि पवित्र भूमि छ,’ उनले भने, ‘युरोप, अमेरिका लगायतका देशबाट आउने पर्यटकलाई, सिम्रौनगढ, गढीमाई, जनकपुर लुम्बिनीमा अल्झाउन सकिन्छ । सकारात्मक ऊर्जासँगै प्रचारको आवश्यक छ । पर्यटकका लागि राम्रो खाना खाने, बास बस्ने र यातायातको सुविधा भने दिन सक्नुुपर्छ ।’

कार्यक्रममा बोल्दै वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले तराई मधेसमा पर्यटन क्षेत्रमा लगानी भित्र्याउन आवश्यक रहेको बताए । पर्यटन र कृषिलाई सँगै जोडेर अघि बढे प्रदेशको समृद्धिमा ठूलो योगदान पुग्ने उनले बताए ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत वीसी प्रधानले भारत र चीन जस्ता ठूलो देशको बीचमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालले पर्यटन भित्र्याउन आवश्यक पूर्वाधार मात्रै खडा गरे पुग्ने बताए । उनले जलविद्युत उत्पादन गर्नुको साथै पर्यटन प्रवर्द्धन गरेर नेपालले ठूलो लाभ लिन सक्ने बताए ।

पत्रकार चन्द्रकिशोरले मानिसहरुले राजनीतिक पहिचान पाएपछि फरक क्षेत्रमा पहिचान खोज्न सुरु गर्ने बताए । प्रदेश २ मा रहेका ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसार आवश्यक रहेकोमा उनले जोड दिए । ग्लोबल विजनेश क्लेज वीरगंजमा भएको कार्यक्रमको सहजिकरण पत्रकार राजिन्द्र सिंहले गरेका थिए ।

निर्मलाको न्याको लागि मानव साङ्गलो

0

निर्माला हत्याको १०० दिन पुरा भए पनि न्याय नपाएको भन्दै वीरगंजको घण्टाघरमा आयोजित मानव साङ्गलो । तस्बिर : जाकिर हुसेन

पर्सवा गोल्डकपको उपाधिका लागि शनिवार सेढवा र युनाइटेड बिरगन्ज भिड्ने

0

पर्स्सा, १६ कार्तिक ।
पर्साको जीराभवानी गाउँपालिकामा जारी छैटौँ पर्सवा गोल्डकप्को उपाधिका लागि शनिवार सेढवा र युनाइटेड बिरगन्ज भिड्ने भएका छ्न् । शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा रङपुरलाई पराजित गर्दै युनाइटेड विरगन्ज फाइनल प्रवेश गरेपछि गोल्डकप्को छैटौँ सस्करणको फाइनल समिकरण पुरा भएको हो।

यसैबिच शुक्रबारको सेमिफाइनल खेलमा ट्राइबेकरमा रङपुरलाई पराजित गर्दै युनाइटेड बिरगन्ज फाइनलमा पुगेको छ् । निर्धारित ७० मिनेटको खेल १=१ गोलको बराबरीमा टुङ्गिएपछि खेल ट्राइबेकरमा पुगेको थियो।निर्धारित खेलको ६ मिनेटमा नै गोल गरेर अग्रता बनाएको रङपुरले अग्रता जोगाउन नसक्दा अन्त्तत: पराजित नै बन्यो।उसका लागि खेल सुरु भएको ६ मिनेटमा नै शत्रुघन चौधरीले गोल गरेका थिए।त्यसपछि दबाबमा परेको बिरगन्जले मध्यान्तर हुनु करीब ३ मिनेट अघि गोल गर्दै खेललाइ बराबरीको स्थितिमा ल्यायो ।

बिरगन्जका लागि नाइजेरियन खेलाडी नानाले जवाफी गोल गरेका थिए।मध्यान्तरपछि दुबै टिमले थप गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थिए।यस सङ्गै बिरगन्ज रङपुरलाई २ का बिरुद्द ३ गोलले पाखा लगाउन सफल भएको हो। अन्तिम सेमिफाइनल खेलमा मैन अफ दि म्याच रंगपुरका जर्सी नं ८ को अमिर श्रेष्ठ घोषित भए। श्रेष्ठलाई आजको प्रमुख अतिथि वडाअध्यक्ष दारा सिंह राउतले दुइ हजारको चेक र ट्रफी प्रदान गरे।

यस गोल्डकपका फाइनल शनिबार खेल यूवा प्रगति समाज संघ नेपाल सेढवा र यूनाइटेड बीरगंजबीच हुने आयोजक समितिका अध्यक्ष सुख सागर गौरले बताए ।

संघीयता सफल पार्न आवश्यक पर्ने कानुन प्रदेश सरकारलाई बनाउन दिनुपर्छ : मन्त्री सोनल

0

बीरगंज, १६ कार्तिक ।
प्रदेश २ का भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले संघीय सरकारको सांगठनिक संरचना प्रति आपत्ति जनाउनु भएको छ । दुई जिल्लामा सेवा प्रवाह गर्न एक मात्र कार्यालयले संचालन गर्ने गरी बनाउने सांगठनिक संरचनाप्रति मन्त्री सोनलले आपत्ति जनाउनु भएको हो ।

जनकपुरमा बिहिबार यातायात पुर्वाधार निर्देशनालय र पुर्वाधार विकास कार्यालयको उद्घाटन गर्दै सोनलले हरेक जिल्लामा कार्यालय संचालन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री सोनलले ‘धनुषामा कार्यालय संचालन गर्दा महोत्तरीको ग्रामिण भेगमा कुनै पनि हालतमा सहज सेवा प्रवाह गर्न नसकिने बताउदै प्रत्येक जिल्लामा कार्यालय संचालन गर्ने प्रदेश सरकारले निर्णय गरेको बताए ।

उहाँले संघीय सरकारले सेवासुविधाको नाममा मनोपोली गरेको आरोप लगाउदै ‘जे जे नीति नियम बनाउनु छ संघिय सरकारले बनाओस् तर संघीयता सफल पार्न आवश्यक पर्ने कानुन प्रदेश सरकारलाई बनाउन दिनु पर्ने कुरामा जोड दिनुभयो । मन्त्री सोनलले प्रदेश सरकारले संघीयता गुम्न नदिन आवश्यक कानुन बनाउने, कार्यालय खोल्ने र व्यवस्थापन गर्ने बताउदै संघीय सरकारको अकर्मण्यताका कारण अहिलेसम्म यातायात कार्यालय प्रदेश सरकारको मातहतमा नआएकोमा दु:ख व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव जीवछ मण्डल, प्रदेश सभासदस्य शारदा श्रेष्ठ, रामचन्द्र मण्डल, परमेश्वर साह , राम सरोज यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

धाेविनी गाउँपालिकाको दोस्रो गाउँ सभा सम्पन्न, ३१ करोड बराबरको नीति तथा कार्यक्रम प्रस्तुत

0

पर्सा, १५ कात्तिक । धोबनी गाउँपालिकाको दोस्रो गाउँ सभा अाज समपन भएको छ । सभाले आर्थिक बर्ष ०७५/०७६ को लागि अनुमानीत ३०करोड ८९ लाख ,७८ हजार ८ सय बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । बेटी पढाउ बेटी बचाउ अभियान अन्तरगर्त छात्राहरुलाई उच्च शिक्षा पढनको लागि साईकिल बितरण गर्ने ,बिधालयका बालबालिकाहरुको लागी बिभिन किसिम पाठेपुस्क ड्रेस , बैग, लगायत समाग्रिह दिने बिधालयहरुलाई प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत शिवपुजन साहले वताए ।

मधेशमा भईरहेको भ्रुण हत्या रोकनको लागी बालिकाहरुलाई उच्च शिक्षा र समय पुगदा बिबाहको लागि बालिका स्वर्ण बिमा योजना ल्याइएको गाउँपालिका प्रमुख सुरेश प्रसाद कुर्मीले बताए ।

पुजिगत तर्फ पुर्वधार बिकासमा ४करोड २६ लाख, आर्थिक बिकास ९२ लाख ८५ हजार, समाजिक बिकास ४ करोड ३ लाख ७१ हजार ५ सय, बाताबरण तथा बिपद ब्यवस्थापन ५३ लाख ५० हजार, गत वर्ष को मौज्दात ३ करोड १० लाख, संस्थागत बिकास २३ लाख,र शसर्त तर्फ स्थानिय शासन तथा सामुदिक बिकास, समाजिक सुरक्षा, बहुक्षेत्रिय पोषण कार्यक्रम ,शिक्षा स्वास्थ्य कृषि पशु, किशोरी शिक्षा, तराई मधेश कार्यक्रम ,सडक बोर्ड, युनिसेफ, जमा शसर्त १० करोड ५ लाख ७० हजार ३ सय गरि ३०करोड ८९ लाख ७६ हजार ८ सय को बजेट प्रस्तुत गरिएको छ ।

गाउँपालिका प्रमुख सुरेश प्रसाद कुर्मीको अध्यक्ष्ातामा भएको सभामा उपप्रमुख पारसनाथ कुर्मी, वडा अधयक्षहरु मजिद मिया, राजकिसोर पटेल, नन्दलाल पटेल, मनाउर मिया, ललन राउत कुर्मी लगायत समपुर्ण गाउँ सभा सदस्यहरुको सहभागीता रहेको थियोे ।

कालिकामाई गापामा तालाबन्दी गर्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले समझाई बुझाई फर्काए

0

पर्सा, १५ कात्तिक ।
कालिकामाई गाउँपालिकामा तालाबन्दी गर्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले रोकेको छ । विद्यार्थीहरुलाई प्रहरीले समझाई बुझाई भोली शुक्रबार मांग पुरा नभए तालाबन्दी गर्न भनी फर्काएको हो । प्रहरीले शुक्रबार १० प्लस २ सम्बन्धी हुने बैठकमा विद्यार्थीहरुलाई आफ्नो मांग राख्न र मांग पुरा नभए त्यस पछि आइतबार आएर तालाबन्दी गर्न भने पछि विद्यार्थीहरु सहमत भई घर फर्केका हुन ।

शैक्षिक भ्रमणको लागि रकमको मांग गर्दै गाउँ कार्यपालिकाको कार्यालय, मुडलीमा तालावन्दी गर्न श्री सुकई साह मा.वि. भेडिहारी र श्री जनता मा.वि. मुडलीका कक्षा १० का विद्यार्थीहरु पुगेका थिए । गाउँ कार्यापालिका कार्यालयमा भेटिएका एक जना कर्मचारीलाई वाहिर निकाली विद्यार्थीहरु तालाबन्दी गर्न खोजेका थिए ।

त्यस लगतै इलाका प्रहरी कार्यालय विरन्चीबर्वा र सुरक्षा बेस क्याम्प कट्टीबाट पुगेको प्रहरीले विद्यार्थीहरुलाई एक दिनको समय लिई समझाई बुझाई पठाएको हो । तालाबन्दी गर्न पुगेका विद्यार्थी र प्रहरी बिच केही बेर तनाव समेत भएको थियो । शैक्षिक भ्रमणको लागि रकमको मांग गर्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाइए पनि रकम उपलब्ध नभएका कारण तालाबन्दी गर्न पुगिएको विद्यार्थी अकाश चौरसियाले वताए ।

विद्यार्थीहरु शैक्षिक भ्रमणको लागि गाउँ कार्यपालिकाको कार्यालय संग रु २ लाख रकम मांग गरेका छन । शैक्षिक भ्रमणको लागि रकम उपलब्ध गराईदिन श्री सुकई साह मा.वि र वडा नं. २ को वडा कार्यालयले सिफारिस समेत गरि सकेको छ ।

मापसे चेकमा प्रहरी द्वारा कडाई

0

वीरगंजको आदर्शनगरमा रातिको समयमा मापसे चेक गर्दै ट्राफिक प्रहरी । मंगलबार देखी रक्सी खाएर सवारी साधन चलाउने कार्य रोकन प्रहरीले कडाई गरेको छ । तस्बिर : जाकिर हुसेन

हिन्दुहरुको महान पर्व दिपावली र छठ पुजाको अवसरमा पोखरिया नगरपालिमा सरसफाई

0

पर्सा, १५ कात्तिक ।
पोखरिया नगरपालिकामा आज वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । हिन्दुहरुको महान पर्व दिपावली र छठ पुजाको अवसरमा नगरपालिकाको वडा नं. ९, सेमरबारी बर्वा, बैरिया र वडा नं. १० को बार्वामा सरसफाई गरिएको हो । वडाको सडक, मन्दिर, ब्रहमस्थान, विद्यालय र मर्दशा सरसफाई गरिएको आई.टि. अफिसर अरविन्द दुबेले वताए ।

पोखरिया नगर कार्यपालिका कार्यालय, पोखरियाको आयोजनामा भएको सरसफाई कार्यक्रममा मेयर दिपनारायण रौनियार, उप मेयर सलमा खातुन, वडा नं. ९ का वडा अध्यक्ष रामबाबु चौहान, वडा नं. १० का वडा अध्यक्ष सोनालाल साह, सामाजिक बिकास अधिकृत धर्मराज थापा लगायतकाको सहभागिता रहेको थियो ।

जनताले विपक्षीलाई ताकीताकी गोली हान्न दुई तिहाई दिएको हैन : उपसभापति निधि

0

सर्लाही, १५ कार्तिक ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीमा कांग्रेस कार्यकर्ताका हत्यारालाई संरक्षण गर्न गृहमन्त्रालय र कम्युनिष्ट नेतृत्वको सरकारले आदेश दिएको भन्दै यस्तो रबैयाप्रति भत्र्सना गरेका छन् । नेकपाका कार्यकर्ताको गोलीबाट मंगलबार सर्लाहीको रामनगर गाउँपालिका–४ का रामबिलाश महतोको मृत्यु भएपछि बुधबार दिउँसो सर्लाही सदरमुकाम मलंगवा पुगेर उपसभापति निधिले भने ‘मैले सुनेको अनुसार सरकारको तर्फबाट कसैलाई नसमात्नु हामी मिलाउँछौं भनेर आदेश आएको छ। गृहमन्त्रालय र ओली सरकारको यस्तो रबैयाको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ।’

सर्लाही अस्पतालमा उपचाररत ८ जना घाइतेसंग भेटेपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले घाइतेहरुले आक्रमणकारीको नाम किटानीसाथ भन्दा पनि प्रहरीले गिरफ्तार नगरेर गैरजिम्मेवारपूर्ण व्यबहार देखाएको बताए। घाइतेहरुले उपसभापति निधिलाई आक्रमणमा श्रीनारायण राय, नबिन कुमार राय, उपेन्द्र राय, सुरेन्द्र यादब, धर्मेन्द्र साह लगायत रहेको बताएका थिए। अपराधीको पहिचान भइसक्दा पनि गिरफ्तार नगरिनु आपत्तिजनक भएको भन्दै नेता निधिले यस घटनामा कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए।

उनले भने‘ हत्या र आक्रमणमा संलग्नहरुलाई सत्तापक्षले आफ्नो समर्थक भनेर जालझेल नगरियोस्।’ जनताले कम्युनिष्ट पार्टीलाई दुईतिहाई मत दिएको जनतालाई बिपक्षीलाई ताकीताकी गोली हान्नका लागि नभएको निधिको भनाई थियो ।उपसभापति निधिले घटनाको तत्काल छानवीन गरी दोषीमाथि कार्बाही नगरिए प्रदेश नम्बर २ बाट आन्दोलनको शुरुवात गर्ने उल्लेख गरे। मृतक रामबिलाश महतोलाई शहीद घोषणा गर्नुपर्ने, भाइतेको उपचारको व्यबस्था गरिनु पर्ने तथा क्षतिपूर्तिको तत्काल व्यबस्था गर्नुपर्ने निधिको भनाई थियो ।

सर्लाही सदरमुकाम मलंगवामा उपसभापति निधिसहित कांग्रेस प्रबक्ता बिश्वप्रकाश शर्मा, आनन्द ढुंगाना, महेन्द्र यादब, जितेन्द्र देव, अमेरश सिंह घटनाको विरोधमा मलंगवमा निकालिएको विरोध प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनमा प्रदेश नम्बर २ का ८ वटै जिल्लाका कांग्रेस जिल्ला सभापति तथा प्रदेश सांसदहरु सहभागी थिए। बिरोध प्रदर्शनपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्ला सभापतिहरुले दोषीलाई गिरफ्तार गरी कार्बाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

दोषीलाई कारबाहीको दायरमा ल्याउन प्रदेश २ का आठै जिल्लाका जिल्ला प्रशासनमा नेपाली कांग्रेस विहिबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै छ।