Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

कालिकामाई गापामा तालाबन्दी गर्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले समझाई बुझाई फर्काए

spot_img
spot_img

पर्सा, १५ कात्तिक ।
कालिकामाई गाउँपालिकामा तालाबन्दी गर्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले रोकेको छ । विद्यार्थीहरुलाई प्रहरीले समझाई बुझाई भोली शुक्रबार मांग पुरा नभए तालाबन्दी गर्न भनी फर्काएको हो । प्रहरीले शुक्रबार १० प्लस २ सम्बन्धी हुने बैठकमा विद्यार्थीहरुलाई आफ्नो मांग राख्न र मांग पुरा नभए त्यस पछि आइतबार आएर तालाबन्दी गर्न भने पछि विद्यार्थीहरु सहमत भई घर फर्केका हुन ।

शैक्षिक भ्रमणको लागि रकमको मांग गर्दै गाउँ कार्यपालिकाको कार्यालय, मुडलीमा तालावन्दी गर्न श्री सुकई साह मा.वि. भेडिहारी र श्री जनता मा.वि. मुडलीका कक्षा १० का विद्यार्थीहरु पुगेका थिए । गाउँ कार्यापालिका कार्यालयमा भेटिएका एक जना कर्मचारीलाई वाहिर निकाली विद्यार्थीहरु तालाबन्दी गर्न खोजेका थिए ।

त्यस लगतै इलाका प्रहरी कार्यालय विरन्चीबर्वा र सुरक्षा बेस क्याम्प कट्टीबाट पुगेको प्रहरीले विद्यार्थीहरुलाई एक दिनको समय लिई समझाई बुझाई पठाएको हो । तालाबन्दी गर्न पुगेका विद्यार्थी र प्रहरी बिच केही बेर तनाव समेत भएको थियो । शैक्षिक भ्रमणको लागि रकमको मांग गर्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाइए पनि रकम उपलब्ध नभएका कारण तालाबन्दी गर्न पुगिएको विद्यार्थी अकाश चौरसियाले वताए ।

विद्यार्थीहरु शैक्षिक भ्रमणको लागि गाउँ कार्यपालिकाको कार्यालय संग रु २ लाख रकम मांग गरेका छन । शैक्षिक भ्रमणको लागि रकम उपलब्ध गराईदिन श्री सुकई साह मा.वि र वडा नं. २ को वडा कार्यालयले सिफारिस समेत गरि सकेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...