Date
शुक्र, मंसिर ११, २०८३
Fri, November 27, 2026

कलैयाको सुदामा स्विट्सलाई २ लाख जरिवाना, मिठाई खान अयोग्य भेटियो

spot_img
spot_img

बारा । बाराको कलैया उपमहानगरपालिका–१ स्थित मिठाई पसलका दुई कारखानामा संयुक्त अनुगमन टोलीले छड्के अनुगमन गरेको छ। अनुगमनका क्रममा कैफियत भेटिएपछि सुदामा स्विट्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सुशील यादवको नेतृत्वमा खटिएको संयुक्त टोलीले सुदामा स्विट्सको कारखानामा अनुगमन गर्दा मिठाई खान अयोग्य अवस्थामा रहेको, हाइड्रो प्रयोग गरिएको तथा सरसफाइमा लापरबाही गरिएको पाइएको थियो।

उक्त कैफियतका आधारमा उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) अनुसार सुदामा स्विट्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ। वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल तथा बनावट ढाँटी, लुकाई वा झुक्याएर बिक्री गरेको कसुरमा जरिवाना गरिएको हो।

सुदामा स्विट्सका सञ्चालकलाई आवश्यक सम्पूर्ण कागजातसहित सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै, कारखानाको सरसफाइमा सुधार गर्न, अखाद्य रंग प्रयोग नगर्न तथा कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिनसमेत निर्देशन दिइएको छ।

यसैगरी, कलैया–१ स्थित सिद्धार्थ स्विट्सको कारखानामा पनि अनुगमन गरिएको थियो। त्यहाँ नापतौलका लागि प्रयोग हुने काँटाको अनुमति पत्र पेस गर्नुपर्ने देखिएपछि तीन दिनभित्र अनुमति पत्रसहित गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका प्रमुख सुनिल चौरसिया, घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख जयकुमार राउत, गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका सहायक निरीक्षक श्रीकान्त चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका श्रवणकुमार साह र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरीक्षक राजेश सहनीलगायत सहभागी थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वार्षिकोत्सवमा पूर्वशिक्षक तथा शिक्षाप्रेमी सम्मानित

सेढवा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, औराहाँ पञ्चगावाँस्थित श्री दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयले आफ्नो ५५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सवको...

वीरगंजको क्यासिनोमा प्रहरीकाे छापा, १२ जना पक्राउ

वीरगंज । वीरगंजको एक क्यासिनोमा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

रौतहटमा जलाउँदै गरेको महिलाको शव प्रहरीले नियन्त्रणमा लियो, श्रीमानसहित ३ पक्राउ

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–५ स्थित बागमती नदीको बगरमा जलाउँदै गरिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या गरेर शव जलाउन खोजिएको...