Date
बिहि, मंसिर १०, २०८३
Thu, November 26, 2026

निजगढ विमानस्थल मधेसको विकासको केन्द्र बन्छ : मन्त्री पौडेल

spot_img
spot_img

बारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई देशको आर्थिक तथा पर्यटन विकासको ‘लाइफलाइन’ भन्दै यसको निर्माण अनिवार्य रहेको बताएका छन्।

बाराको सिमरामा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्रभावित स्थानीय बासिन्दालाई अन्यायमा नपर्ने गरी उचित पुनःस्थापना गरेर विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने स्पष्ट पारे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमताभन्दा बढी सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको तथा पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आफ्नै सीमितता रहेकाले निजगढ विमानस्थलको विकल्प नभएको उनको भनाइ थियो। सरकारले लक्ष्य राखेको पर्यटन विकासको प्रमुख केन्द्र निजगढ हुने उल्लेख गर्दै उनले विमानस्थल निर्माणका लागि आफूले समेत पैरवी गर्ने बताए।

मन्त्री पौडेलले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आगामी तीन वर्षभित्र सम्पन्न हुने दाबी गर्दै त्यसपछि मधेसमा मानिसहरूको आवागमन उल्लेख्य रूपमा बढ्ने बताए।

द्रुतमार्ग सञ्चालनमा आएपछि बढ्ने पर्यटक तथा यात्रुको चापलाई ध्यानमा राखेर अहिले नै पर्यटन क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गर्दै उनले भने, ‘द्रुतमार्ग बनेपछि बढ्ने मानिसको आवागमन थेग्न तयार रहनुहोला। त्यसैले पर्यटन व्यवसायीले दह्रो मुटु बनाएर ढुक्कले लगानी गर्नुस्।’

यसैक्रममा मन्त्री पौडेलले सिमरा पार्कको समेत अवलोकन गरेका थिए। अवलोकनका क्रममा उनले सिमरा पार्कलाई ‘बटरफ्लाई गार्डेन’ तथा अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा उद्योग दर्ता र सञ्चालन व्यवस्थित गर्न नयाँ ऐन लागू

वीरगंज । वीरगंज महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योगको दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनलाई व्यवस्थित गर्दै स्थानीय उद्योग प्रवर्द्धनका लागि नयाँ...

वीरगञ्जमा किसानबाट १० हजार क्विन्टल धान किन्ने तयारी

वीरगञ्ज। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्ने तयारी गरेको छ। कम्पनीको केन्द्रीय कार्यालयले...

समाचारको स्रोत खुलाउन बाध्य पार्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन बाध्य पार्न नहुने बताएका छन्। उनले प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा जोड दिँदै सञ्चारमाध्यम...