Date
बिहि, मंसिर १०, २०८३
Thu, November 26, 2026

वीरगञ्जमा किसानबाट १० हजार क्विन्टल धान किन्ने तयारी

spot_img
spot_img

वीरगञ्ज। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्ने तयारी गरेको छ। कम्पनीको केन्द्रीय कार्यालयले उक्त परिमाणमा धान खरिद गर्न कोटा उपलब्ध गराएपछि शाखाले खरिद प्रक्रिया अघि बढाउन लागेको हो।

शाखा प्रमुख पंकजकुमार झाका अनुसार मंसिर महिनाको अन्तिम सातादेखि किसानबाट धान खरिद सुरु गर्ने लक्ष्य राखिएको छ। यस वर्ष शाखाले किसानबाट सोना मन्सुली जातको धान खरिद गर्ने योजना बनाएको उनले जानकारी दिए।

सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ निर्धारण गरेको छ। यो मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल २ सय ३१ रुपैयाँ ६७ पैसाले बढी हो। गत वर्ष सोही धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा तोकिएको थियो।

धान खरिद प्रक्रिया सुरु गर्नुअघि खरिद व्यवस्थापन, किसानको सहभागिता तथा अन्य आवश्यक विषयमा निर्णय गर्नुपर्ने भएकाले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको स्थानीय प्राथमिक खरिद समितिको बैठक बस्ने शाखा प्रमुख झाले बताए।

मधेश प्रदेशका अन्य जिल्लामा समेत खाद्य कम्पनीले हालसम्म धान खरिद सुरु नगरेकाले प्रदेशभर एकैसाथ खरिद प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ।

यस वर्ष सरकारले समर्थन मूल्य बढाएपछि किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको छ। खाद्य कम्पनीले धान खरिद सुरु गरेपछि स्थानीय किसानलाई बजारमा धान बिक्री गर्न सहज हुने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा उद्योग दर्ता र सञ्चालन व्यवस्थित गर्न नयाँ ऐन लागू

वीरगंज । वीरगंज महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योगको दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनलाई व्यवस्थित गर्दै स्थानीय उद्योग प्रवर्द्धनका लागि नयाँ...

निजगढ विमानस्थल मधेसको विकासको केन्द्र बन्छ : मन्त्री पौडेल

बारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई देशको आर्थिक तथा पर्यटन विकासको ‘लाइफलाइन’ भन्दै यसको निर्माण अनिवार्य रहेको...

समाचारको स्रोत खुलाउन बाध्य पार्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन बाध्य पार्न नहुने बताएका छन्। उनले प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा जोड दिँदै सञ्चारमाध्यम...