Date
बुध, मंसिर ९, २०८३
Wed, November 25, 2026

पाँचौँ अध्यक्ष कप क्रिकेटको उपाधि जगरनाथपुर–६ लाई, जागृत युवा क्लब उपविजेता

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित पाँचौँ अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबार भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जगरनाथपुर गाउँपालिका वडा नं. ६ ले विजेताको उपाधि जितेको छ भने जागृत युवा क्लब उपविजेता बनेको छ ।

प्रतियोगिताको समापन समारोहमा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विजेता तथा उपविजेता टोलीलाई ट्रफी प्रदान गरेका थिए । सो अवसरमा उनले खेलाडीहरूको मेहनत, उत्साह र खेलप्रतिको समर्पणको प्रशंसा गर्दै प्रतियोगितामा सहभागी खेलाडी, आयोजक, सहयोगी तथा खेलप्रेमीहरूलाई धन्यवाद व्यक्त गरे ।

अध्यक्ष यादवले विजेता वडा नं. ६ र उपविजेता जागृत युवा क्लबलाई बधाई दिँदै खेलकुदले अनुशासन, एकता, सहकार्य र आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

गाउँपालिकाभित्र लुकेर रहेका खेल प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्दै युवाहरूलाई सकारात्मक तथा रचनात्मक गतिविधिमा जोड्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको उनले बताए ।

प्रतियोगितामा विजेता टोली वडा नं. ६ ले ५१ हजार रुपैयाँ र उपविजेता जागृत युवा क्लबले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।

जगरनाथपुर गाउँपालिकाको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा गाउँपालिका उपाध्यक्ष बविता सिंह क्षेत्रीसहित जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१३ स्थित पावरहाउस चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। बुधबार दिउँसो करिब ३ः२० बजे गण्डकबाट घण्टाघरतर्फ...

खेत जोत्ने क्रममा करेन्ट लागेर ट्र्याक्टर चालकको मृत्यु

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकास्थित दसौतासँगै जोडिएको भारतको सीमावर्ती गाउँ इनरवामा खेत जोत्ने क्रममा विद्युत् करेन्ट लागेर एक ट्र्याक्टर चालकको मृत्यु भएको छ। भारतको बिहार...

वीरगञ्जमा २२ लाखको तस्करीका सामान बरामद

वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका २२ लाख २ हजार ७ सय रुपैयाँ बराबरका सामानसहित तीनवटा सवारीसाधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...