Date
मङ्ल, मंसिर ८, २०८३
Tue, November 24, 2026

जनमत पार्टी पर्साको निःशुल्क आँखा उपचार अभियान पुनः सुरु

spot_img
spot_img

वीरगन्ज । जनमत पार्टी पर्साले जिल्लामा निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर पुनः सञ्चालन गरेको छ।

‘जनसेवा र लोककल्याण नै राजनीतिको मूल उद्देश्य हो’ भन्ने नारासहित पार्टीको पर्सा जिल्ला समिति र वीरगन्ज महानगर समितिले विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको लोककल्याणकारी अभियानअन्तर्गत शिविरलाई निरन्तरता दिएको हो।

अभियानको पहिलो दिन मंगलबार वीरगन्ज महानगरपालिका–१ मा आयोजित शिविरमा १२५ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन्। परीक्षणका क्रममा २३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।

उनका अनुसार मोतियाबिन्दु पहिचान भएका सबै बिरामीको वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिनेछ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनले बताए।

नेतृ रम्भा मिश्रको नेतृत्वमा सम्पन्न शिविरमा जनमत पार्टी पर्साका अध्यक्ष सर्राफ, वीरगन्ज महानगर अध्यक्ष ध्रुवप्रसाद महतो, जिल्ला उपाध्यक्ष नागेन्द्रप्रसाद गुप्तालगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। कार्यक्रममा जिल्ला सदस्यहरू कृष्ण (लड्डु) प्रसाद कानु, किशोर कुशवाहा, राजकपुर मण्डल र कुसुम सर्राफलगायत सहभागी थिए।

जनमत पार्टी पर्साका जिल्ला प्रवक्ता सहनवाज राकीले राजनीतिलाई सत्ता र पद प्राप्तिको माध्यममा मात्र सीमित नराखी जनताको सेवा, स्वास्थ्य र सामाजिक कल्याणसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।

उनले आगामी दिनमा वीरगन्ज महानगरपालिकाका सबै वडा तथा जिल्लाका ग्रामीण क्षेत्रमा समेत शिविर विस्तार गरिने जानकारी दिए। आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ।

यस अभियानले विशेषगरी आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सरकारलाई गगन थापाको चेतावनी : ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको भन्दै सरकारलाई चुनौती दिएका छन् । उनले पक्राउ गर्न...

पर्साको ऐतिहासिक बहुदरमाई मेला सुरु, दर्शनार्थीको घुइँचो

वीरगञ्ज। पर्साको बहुदरमाई नगरपालिका–२, पिपरामा ऐतिहासिक बहुदरमाई मेला मंगलबारदेखि सुरु भएको छ। कार्तिक पूर्णिमाको अवसरमा आयोजना हुने पाँचदिने मेलाको पहिलो दिन बिहानैदेखि भक्तजन तथा...

पर्सामा एउटै किसान परिवारका तीन दाजुबहिनी बने सरकारी कर्मचारी

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरेका एक सामान्य किसान परिवारका तीन दाजुबहिनी निजामती सेवामा प्रवेश गर्न सफल भएका छन् । सीमित आर्थिक स्रोत...