Date
आइत, मंसिर ६, २०८३
Sun, November 22, 2026

६ महिनामै वीरगंजका प्रमुख प्रशासकीय अधिकृत बोहराको सरुवा, निर्मल ढकाल आउँदै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराको पदस्थापन भएको ६ महिना नपुग्दै सरुवा भएको छ। सरकारले बोहरालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्दै उनको स्थानमा अर्थ मन्त्रालयमा कार्यरत सहसचिव निर्मल ढकाललाई वीरगंज पठाएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव वा सोसरहका ३२ जना कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बोहराको जिम्मेवारी परिवर्तन गरिएको हो।

बोहरा वीरगंज महानगरपालिकामा आएदेखि प्रशासनिक विवाद, खरिद तथा भुक्तानी प्रक्रियामा पारदर्शितासम्बन्धी प्रश्न र विभिन्न दबाबका विषय चर्चामा रहँदै आएका थिए। निवासमै आक्रमणको प्रयास भएको आरोपसमेत लगाउँदै उनले जिल्ला प्रशासन कार्यालय पर्सामा चार जनाविरुद्ध उजुरी दिएका थिए।

उक्त घटनामा कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा मिलापत्रका लागि दबाब दिइएको भन्दै बोहराले असन्तुष्टि जनाएका थिए। महानगरपालिकाभित्र विकास निर्माणका योजना, उपभोक्ता समितिमार्फत भएका काम तथा भुक्तानी प्रक्रियामा राजनीतिक र प्रशासनिक दबाब आउने गरेको विषयले पनि विवाद निम्त्याएको बताइएको छ।

बोहराको सरुवासँगै वीरगंज महानगरपालिकाको प्रशासनिक नेतृत्वमा अब सहसचिव निर्मल ढकाल आउने भएका छन्।

यसैगरी, सरकारले हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ। उनको स्थानमा सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत सहसचिव रविलाल शर्मालाई हेटौंडाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

सरकारको पछिल्लो निर्णयसँगै वीरगंज र हेटौंडा दुवै उपमहानगरपालिकाको प्रशासनिक नेतृत्व परिवर्तन हुने भएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारत भ्रमणबारे प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : भारतसंगको व्यापार घाटा र थाती विषय सुल्झाउनुहोस

विराटनगर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच लामो समयदेखि थाती रहेका सबै विषय...

छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि निचुटा माविलाई

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा आयोजित माध्यमिक विद्यालयस्तरीय छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाले जितेको छ। दिव्य विकास स्रोत केन्द्र,...

प्रगतिशील युवा क्लबको कार्यक्रममा ५१ जनाद्वारा रक्तदान

वीरगञ्ज । प्रगतिशील युवा क्लब वीरगञ्ज–१५, प्रतिमाचोकको आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्। क्लबको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले...