Date
आइत, मंसिर ६, २०८३
Sun, November 22, 2026

रसुवा बाढीमा बेपत्ता बहुअरीका सत्येन्द्रको कुशको शव बनाएर अन्त्येष्टि

spot_img
spot_img

बारा । रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका बाराको परवानीपुर गाउँपालिका–५, बहुअरीका २७ वर्षीय सत्येन्द्र कुमार राउतको कुशको शव बनाएर हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ।

बाढीमा बेपत्ता भएपछि सत्येन्द्रको परिवारले लामो समयसम्म खोजी गरे पनि उनको अवस्था पत्ता लगाउन सकेन। सरकारी निकायमार्फत शव पहिचान तथा खोजीका विभिन्न प्रयास गर्दा समेत कुनै जानकारी प्राप्त नभएपछि परिवारले गाउँकै श्मशान घाटमा कुशको शव बनाएर दाहसंस्कार गरेको हो।

सत्येन्द्र रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन अफ चाइनाको ठेक्काअन्तर्गत विगत एक वर्षदेखि सेफ्टी अफिसरका रूपमा कार्यरत थिए। बाढीका दिन उनी सम्पर्कविहीन भएका थिए।

उनका श्रीमती ममता कुमारी र डेढ वर्षीय छोरा प्रिन्स पटेल छन्। सत्येन्द्रका बुबा रामसनेही राउत र आमा बचिया देवी हुन्। उनको बेपत्तापछि परिवार शोकमा डुबेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारत भ्रमणबारे प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : भारतसंगको व्यापार घाटा र थाती विषय सुल्झाउनुहोस

विराटनगर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच लामो समयदेखि थाती रहेका सबै विषय...

छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि निचुटा माविलाई

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा आयोजित माध्यमिक विद्यालयस्तरीय छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाले जितेको छ। दिव्य विकास स्रोत केन्द्र,...

प्रगतिशील युवा क्लबको कार्यक्रममा ५१ जनाद्वारा रक्तदान

वीरगञ्ज । प्रगतिशील युवा क्लब वीरगञ्ज–१५, प्रतिमाचोकको आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्। क्लबको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले...