वीरगञ्ज। पर्सामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब ९ लाख ७६ हजार रुपैयाँ बराबरका लत्ताकपडा तथा तरकारी बरामद गरिएको छ।
प्रहरीका अनुसार मिति २०८३ मंसिर ३ गते वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँबाट ९ लाख ५३ हजार ३४५ रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा बरामद गरिएको थियो।
त्यसैगरी, मंसिर ४ गते वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरेको २३ हजार ४८५ रुपैयाँ बराबरका तरकारी बरामद गरिएको हो।
दुवै घटनामा गरी कुल ९ लाख ७६ हजार ८३० रुपैयाँ बराबरका मालवस्तु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद मालवस्तु आवश्यक कारबाहीका लागि मंसिर ४ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।








