Date
मङ्ल, कार्तिक १७, २०८३
Tue, November 3, 2026

भोजपुरी भाषाको प्रवर्द्धन गर्न वीरगन्जमा साहित्य महोत्सवको तयारी

spot_img
spot_img

वीरगन्ज । भोजपुरी भाषा, कला, साहित्य, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्जमा ‘वीरगन्ज साहित्य महोत्सव’ आयोजना हुने भएको छ।

वीरगन्ज साहित्य महोत्सव आयोजक समितिको आयोजनामा आगामी २०८३ साल कार्तिक १८ गते वीरगन्जस्थित गहवामाई मन्दिर परिसरमा महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवमा भोजपुरी भाषामा कला, कविता, गीत, नृत्य तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने आयोजक समितिले जनाएको छ। प्रतियोगितामार्फत विद्यालय तहका विद्यार्थी तथा युवाहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मातृभाषा, मौलिक संस्कृति र परम्परासँग जोड्ने लक्ष्य राखिएको छ।

नेपालको तराई–मधेश क्षेत्रको महत्वपूर्ण सांस्कृतिक पहिचानका रूपमा रहेको भोजपुरी भाषाको साहित्यिक, सांगीतिक तथा कलात्मक पक्षलाई संरक्षण र प्रवर्द्धन गर्दै नयाँ पुस्तामाझ विस्तार गर्न महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थी, कलाकार, साहित्यकार, भाषा तथा संस्कृतिप्रेमी र स्थानीय समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

महोत्सव आयोजनाका लागि राष्ट्रिय इन्फोटेक कलेज, वीरगन्ज महानगरपालिका, पटेर्वा सुगौली गाउँपालिका लगायतका संस्थाहरूले सहयोग गरेका छन्।

आयोजक समितिले भोजपुरी भाषाको आफ्नै लिपिका रूपमा रहेको कैथी लिपिको प्रवर्द्धन तथा भोजपुरी कला, साहित्य र संस्कृतिको संरक्षणमा रुचि राख्ने सम्पूर्ण भाषा, साहित्य तथा संस्कृतिप्रेमीलाई महोत्सवमा सहभागी हुन आह्वान गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वनकर्मी र सुरक्षाकर्मीले ज्यादती गरेको फर्निचर उद्योग सञ्चालकको आरोप

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टि पकडीटोलमा सञ्चालित महालक्ष्मी सः मिल फर्निचर उद्योगका सञ्चालक मनोज साहले वनकर्मी र सुरक्षाकर्मीले आफूहरूमाथि ज्यादती गरेको आरोप लगाएका...

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवन अगाडि धर्ना

जनकपुरधाम । मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा मनोमानी तथा अपारदर्शिता भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले...

सिर्सिया नदी प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, १ करोड २० लाख जरिवाना

वीरगञ्ज । छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा औद्योगिक प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ। नदीलाई स्वच्छ बनाउँदै छठ व्रतालु तथा...