Date
मङ्ल, कार्तिक १७, २०८३
Tue, November 3, 2026

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवन अगाडि धर्ना

spot_img
spot_img

जनकपुरधाम । मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा मनोमानी तथा अपारदर्शिता भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ ।

अभियानका पदाधिकारी तथा सदस्यहरूले सोमबार मधेश भवनको गेट अगाडि अनुहारमा कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिएका हुन् ।

कर्मचारी सरुवामा राजनीतिक पहुँच र प्रभावका आधारमा विभेद गरिएको आरोप लगाउँदै उनीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

अभियानका अध्यक्ष सुनिलकुमार यादवले राजनीतिक पहुँच भएका कर्मचारीको सरुवा रोकिएको र पहुँच नभएका कर्मचारीलाई मात्रै सरुवा गरिएको आरोप लगाए । मुख्यमन्त्री तथा मन्त्रालयका अधिकारीहरूको आदेशमा केही कर्मचारीको सरुवा रोकिएको भन्दै उनले त्यसको आधार र निर्णयकर्ताबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे ।

धर्नापछि अभियानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रदेशका प्रमुख सचिवलाई सातबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा सरुवा अवधि पूरा गरेका कर्मचारीको निष्पक्ष र पारदर्शी रूपमा सरुवा गर्नुपर्ने, सबै निकायमा समान सरुवा मापदण्ड लागू गर्नुपर्ने, सरुवामा भएका त्रुटि सच्याउनुपर्ने तथा कर्मचारीलाई अनिवार्य रूपमा फरक जिल्लामा पदस्थापन गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै, राजनीतिक संरक्षण र अपारदर्शी चलखेल बन्द गर्नुपर्ने, सरुवा रोक्नुको कारण सार्वजनिक गर्नुपर्ने तथा महिला र नवप्रवेशी कर्मचारीमाथि हुने विभेद र मानसिक दबाब अन्त्य गरी सम्मानजनक कार्यस्थल सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ ।

अध्यक्ष यादवले दीपावलीअघि माग सम्बोधन गर्न प्रदेश सरकारलाई अल्टिमेटम दिएका छन् । माग पूरा नभए वन तथा वातावरण मन्त्रालय र मुख्यमन्त्री कार्यालय अगाडि थप सशक्त धर्ना दिनुका साथै प्रदेशव्यापी निर्णायक आन्दोलन गर्ने चेतावनी उनले दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिर्सिया नदी प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, १ करोड २० लाख जरिवाना

वीरगञ्ज । छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा औद्योगिक प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ। नदीलाई स्वच्छ बनाउँदै छठ व्रतालु तथा...

बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्कियो, छर्रा लागेर एक जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक जना घाइते भएका छन् । सोमबार साँझ करिब ६ः३५...

भन्सार छलेर ल्याइएको चाँदीसहित दुई जना पक्राउ

वीरगन्ज । भारतबाट भन्सार राजस्व छलेर नेपाल भित्र्याइएको चाँदीसहित दुई जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय...