Date
मङ्ल, कार्तिक १७, २०८३
Tue, November 3, 2026

बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्कियो, छर्रा लागेर एक जना घाइते

spot_img
spot_img

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक जना घाइते भएका छन् ।

सोमबार साँझ करिब ६ः३५ बजे स्थानीय ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर सोही ठाउँका ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन् ।

घाइते रमौलीको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । साथै डुमरवाना अस्थायी प्रहरी पोस्ट र इलाका प्रहरी कार्यालय सिमराबाट समेत थप प्रहरी टोली खटिएको थियो ।

प्रहरीले भरुवा बन्दुक पड्काउने गोविन्द ठाडा मगरलाई दुई नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवन अगाडि धर्ना

जनकपुरधाम । मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा मनोमानी तथा अपारदर्शिता भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले...

सिर्सिया नदी प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, १ करोड २० लाख जरिवाना

वीरगञ्ज । छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा औद्योगिक प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ। नदीलाई स्वच्छ बनाउँदै छठ व्रतालु तथा...

भन्सार छलेर ल्याइएको चाँदीसहित दुई जना पक्राउ

वीरगन्ज । भारतबाट भन्सार राजस्व छलेर नेपाल भित्र्याइएको चाँदीसहित दुई जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय...