Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

बालेन सरकार ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’मा विश्वास गर्दैन : सांसद पन्त

spot_img
spot_img

वीरगंज । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले वर्तमान बालेन सरकारले ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’को राजनीतिमा पटक्कै विश्वास नराख्ने बताएका छन् ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले टाउन हलमा आयोजना गरेको भारतीय राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सवसम्बन्धी विशेष सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

उनले नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व दिँदै आएको बताए ।

सांसद पन्तले नेपाल र भारतबीच रहेका साझा धार्मिक धरोहर, सांस्कृतिक परम्परा तथा चाडपर्वले दुवै देशबीचको आपसी सम्बन्धलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए ।

भारतीय महावाणिज्यदूत देवी सहाय मीनाको अध्यक्षतामा सम्पन्न उक्त विशेष सांगीतिक समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), नयाँदिल्लीको तर्फबाट सुश्री विजया भारतीको नेतृत्वमा आएको टोलीले सांगीतिक प्रस्तुति दिएको थियो ।

कार्यक्रममा महावाणिज्यदूत मीनाले भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’को ऐतिहासिक महत्त्वबारे प्रकाश पारेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेस र मधेसीको हकअधिकार कटौती गर्दैछ वर्तमान सरकार : अध्यक्ष सर्राफ

वीरगंज । वीरगंज महानगरपालिका–१६ स्थित इनर्वा दक्षिण टोलमा जनमत पार्टीले टोलस्तरीय दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन...

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...