Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

काठमाडौंमा फेटा घटनाका घाइतेलाई भेट्दै सांसद अन्सारीले भने : दोषीले उन्मुक्ति पाउँदैनन्

spot_img
spot_img

वीरगंज । बाराको फेटा गाउँपालिकामा शनिबार भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि आइतबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर आदित्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले आदित्यका बुबा तथा परिवारका सदस्य र उपचारमा संलग्न चिकित्सकहरूसँग भेट गरी उपचारको अवस्थाबारे विस्तृत छलफल गरेका हुन् ।

सांसद अन्सारीले वीरगंजमा आदित्यको प्रारम्भिक उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी र काठमाडौंमा उपचार गरिरहेको चिकित्सकीय टोलीप्रति आभार व्यक्त गरेका छन् । उनले आदित्य छिट्टै निको भएर घर फर्किने विश्वास व्यक्त गर्दै उनको उपचार र परिवारलाई आवश्यक सहयोगका लागि आफूहरू साथमा रहेको बताएका छन् ।

घटनालाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै सांसद अन्सारीले घटनाको पृष्ठभूमिदेखि गोली चल्दासम्मका सम्पूर्ण परिस्थितिको गहिरो, निष्पक्ष र तथ्यपरक छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।

दोषी जोसुकै भए पनि र जुनसुकै पद वा राजनीतिक संरक्षणमा रहे पनि कानुनी कारबाहीबाट उम्किन नपाउने उनको भनाइ छ ।

अन्सारीले राजनीतिक असहमतिका कारण कुनै निर्दोष नागरिकले आफ्नो रगत बगाउनुपर्ने अवस्था स्वीकार्य नहुने बताएका छन् । उनले आदित्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडितले न्याय पाउनुपर्ने र घाइतेको उपचार सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।

बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादले उग्र रूप लिएपछि स्थिति तनावपूर्ण बनेको थियो । सोही क्रममा प्रहरीको गोली लागेर १५ वर्षीय आदित्य गम्भीर घाइते भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...

फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

कलैया । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम...

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...