Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

spot_img
spot_img

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ। प्रधानमन्त्री कार्यालयबाट आवश्यक निर्देशन जारी भएपछि उद्योग मन्त्रालयको टोली वीरगंज पुगेर सरसफाइ अभियानलाई प्रभावकारी बनाउन सक्रिय भएको हो ।

प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार उद्योग मन्त्रालयका प्रमुख स्वकीय सचिव आशिष् सुवेदीसहितको टोलीले वीरगंजमा विभिन्न सरकारी निकाय, स्थानीय सरकार, उद्योगी–व्यवसायी तथा नागरिकस्तरका प्रतिनिधिसँग छलफल र समन्वय गरिरहेको जेन पर्साका संयाेजक विशेष साहले वताए ।

टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उद्योगी–व्यवसायी, नारायणी सिँचाइ कार्यालयका प्रतिनिधि तथा जेन–जी पर्साको टोलीसँग छलफल गरेको छ । छलफलमा सिर्सिया नदी प्रदूषित हुनुका कारण, प्रदूषण नियन्त्रणका उपाय तथा सरसफाइ अभियानलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।

छलफल तथा समन्वयमा जेन–जी पर्साका संयोजक विशेष साहले पनि सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । उनले सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि सरकारी निकाय, स्थानीय सरकार, उद्योगी–व्यवसायी र नागरिकस्तरबाट संयुक्त पहल आवश्यक रहेको धारणा राखेका छन् ।

आगामी छठ पर्वअघि सिर्सिया नदीलाई सफा बनाउने तत्कालीन लक्ष्य राखिएको छ । त्यससँगै नदीमा फोहोर तथा औद्योगिक प्रदूषण मिसिन नदिने र भविष्यमा नदी पुनः प्रदूषित हुनबाट रोक्ने दीर्घकालीन समाधानका उपायबारे पनि छलफल भइरहेको छ ।

वीरगंजकाे वातावरण र स्थानीय नागरिकको जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको सिर्सिया नदीको प्रदूषण लामो समयदेखि गम्भीर समस्याका रूपमा रहँदै आएको छ । नदीमा औद्योगिक फोहोर तथा दूषित पानी मिसिने समस्याले आसपासका बासिन्दा र वातावरणमा असर पार्दै आएको छ ।

प्रधानमन्त्रीको चासोपछि सरकारी निकाय तथा सरोकारवाला पक्ष सक्रिय हुन थालेसँगै यसपटक सिर्सिया नदी सफाइ अभियानले ठोस परिणाम दिने अपेक्षा गरिएको छ । यद्यपि, नदीलाई वास्तविक रूपमा प्रदूषणमुक्त बनाउन नियमित अनुगमन, उद्योगबाट निस्कने फोहोरको उचित व्यवस्थापन र प्रदूषण फैलाउनेमाथि प्रभावकारी कारबाही आवश्यक देखिन्छ ।

सिर्सिया नदीलाई स्वच्छ र प्रदूषणमुक्त बनाउने अभियान सरसफाइमा मात्र सीमित नभई वीरगंजकाे वातावरण संरक्षण, जनस्वास्थ्य सुधार र भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माणसँग जोडिएको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

काठमाडौंमा फेटा घटनाका घाइतेलाई भेट्दै सांसद अन्सारीले भने : दोषीले उन्मुक्ति पाउँदैनन्

वीरगंज । बाराको फेटा गाउँपालिकामा शनिबार भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि आइतबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको...

फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

कलैया । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम...

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...