Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

spot_img
spot_img

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको छ । प्रतियोगितामा गुरुकुल एकेडेमी दोस्रो र द रोयल एकेडेमी तेस्रो भएका छन् ।

द रोयल एकेडेमीमा शनिबार सम्पन्न प्रतियोगितामा २५ विद्यालयका १८४ जना विद्यार्थीले नेपाली तथा अंग्रेजी हस्तलेखन विधामा प्रतिस्पर्धा गरेका थिए । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई चार समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्याब्सन पर्साका उपाध्यक्ष एवं कार्यक्रम संयोजक वीरेन्द्र यादवको संयोजनमा सम्पन्न प्रतियोगितामा विभिन्न समूहका विद्यार्थीले नेपाली र अंग्रेजी हस्तलेखनमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

३५ अंकसहित साउथ जोन प्रथम

प्रतियोगिताका विभिन्न समूह तथा विधामा विद्यार्थीले हासिल गरेको स्थानका आधारमा विद्यालयगत समग्र नतिजा निर्धारण गरिएको थियो । प्रथम स्थान हासिल गर्ने विद्यालयलाई ५, द्वितीयलाई ४, तृतीयलाई ३, चौथोलाई २ र पाँचौँ स्थान हासिल गर्नेलाई १ अंक प्रदान गरिएको थियो ।

समग्र नतिजाअनुसार साउथ जोन माध्यमिक विद्यालय ३५ अंकसहित प्रथम भएको छ । त्यस्तै, गुरुकुल एकेडेमीले २० अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्दा द रोयल एकेडेमी १७ अंकसहित तेस्रो भएको छ ।

विभिन्न समूहमा विद्यार्थीको उत्कृष्ट प्रदर्शन

कक्षा १ देखि ३ सम्मको समूह ‘ए’ अन्तर्गत नेपाली हस्तलेखनमा साउथ जोन माध्यमिक विद्यालयकी आरोही पटेल प्रथम, गोल्डेन फ्युचर माध्यमिक विद्यालयका रोशन साह द्वितीय र गुरुकुल स्कुलकी सेजल कुशवाहा तृतीय भए ।

सोही समूहको अंग्रेजी हस्तलेखनमा गुरुकुल एकेडेमीका निर्बिक साहनी प्रथम, साउथ जोनकी काजल प्रजापति द्वितीय र मुनलाइट माध्यमिक विद्यालयकी सोनम ठाकुर तृतीय भए ।

कक्षा ४ र ५ को समूह ‘बी’ अन्तर्गत अंग्रेजी हस्तलेखनमा साउथ जोन माध्यमिक विद्यालयका एमडी जैद अन्सारी प्रथम, गुरुकुल एकेडेमीका सृजल जायसवाल द्वितीय र द रोयल एकेडेमीकी मानवी चौहान तृतीय भए । नेपाली हस्तलेखनमा साउथ जोनकी अनुष्का सिंह प्रथम, गुरुकुल एकेडेमीकी अनुष्का यादव द्वितीय र विद्यासदन माध्यमिक विद्यालयकी साहिन खातुन तृतीय भए ।

कक्षा ६ देखि ८ सम्मको समूह ‘सी’ अन्तर्गत नेपाली हस्तलेखनमा विद्यासदन माध्यमिक विद्यालयकी खुश्बु पण्डित प्रथम, मस्कट एकेडेमीका सिद्धार्थ प्रसाद यादव द्वितीय र साउथ जोन माध्यमिक विद्यालयकी सोनाली चौरसिया तृतीय भए । अंग्रेजी हस्तलेखनमा द रोयल एकेडेमीकी खुशी गुप्ता प्रथम, साउथ जोनका आदित्य कु. चौरसिया द्वितीय र गौतम माध्यमिक विद्यालयकी समृद्धि कुश तृतीय भए ।

कक्षा ९ र १० को समूह ‘डी’ अन्तर्गत अंग्रेजी हस्तलेखनमा साउथ जोन माध्यमिक विद्यालयका नितेश गौरो प्रथम, विद्यासदन माध्यमिक विद्यालयका आयान अन्सारी द्वितीय र लिटिल एन्जल्स स्कुलकी रञ्जना दास तृतीय भए । नेपाली हस्तलेखनमा द रोयल एकेडेमीकी परिशी दास प्रथम, साउथ जोनकी अंशिता कुमारी यादव द्वितीय र विद्यासदन माध्यमिक विद्यालयकी अञ्जली यादव तृतीय भए ।

प्रतियोगिताको नतिजा सोही दिन सार्वजनिक गर्दै सहभागी विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई ट्रफी तथा मेडल भने आइतबार कार्तिक १५ गते आयोजना हुने चित्रकला प्रतियोगिताको समापन समारोहमा वितरण गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष एवं कार्यक्रम संयोजक वीरेन्द्र यादव, सचिव अशोक संग्रौला, प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, सदस्य विजय बल, पूर्वसचिव सन्नी पाख्रिन तथा द रोयल एकेडेमीकी प्रिन्सिपल विजया ओझैयालगायतको उपस्थिति थियो ।

प्रतियोगिता सञ्चालनका लागि स्थल उपलब्ध गराएर सहयोग गरेकोमा आयोजकले द रोयल एकेडेमीप्रति आभार व्यक्त गरेको छ ।

‘PABSON Creative Strokes 2083’ अन्तर्गत चित्रकला प्रतियोगिता आइतबार कार्तिक १५ गते सञ्चालन हुनेछ । चित्रकला प्रतियोगितापछि दुवै विधाका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...

पर्सामा बेमौसमी वर्षाले हिउँदेबालीमा क्षति, किसान दोहोरो मारमा

सेढवा । शुक्रबार बिहानदेखि परेको बेमौसमी अविरल वर्षाका कारण पर्सा जिल्लाका किसानले लगाएको हिउँदेबालीमा क्षति पुगेको छ । वर्षाले तोरी, सुर्ती तथा विभिन्न हिउँदे...