Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

spot_img
spot_img

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। उनले पत्रकारलाई प्रहरी लगाएर तर्साउने सरकार लोकतान्त्रिक हुन नसक्ने टिप्पणी गर्दै सरकारको यस्तो कदमलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भनेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साहले नयाँ पत्रिका, नेपाल प्रेस र दियोपोस्टको कार्यालयमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडलाई राज्यसत्ताको दमनकारी चरित्रको प्रदर्शन भएको बताएका छन्। समाचार लेखेकै आधारमा पत्रकारमाथि प्रहरी परिचालन गर्नु कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ।

उनले यसअघि पनि सञ्चार कार्यालयअगाडि गाडी तेर्साएर आतंकित बनाउने, पत्रकार पक्राउ गर्ने र धरपकड गर्ने गतिविधि भएको उल्लेख गर्दै यस्ता घटनाले स्वतन्त्र प्रेस र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन्।

सरकारका कमजोरी, असफलता र कामकारबाहीमाथि प्रश्न उठाउने सञ्चारमाध्यमलाई प्रहरी परिचालन गरेर दबाउन खोज्नु सरकारको कायरतापूर्ण शैली भएको साहको आरोप छ। लोकतन्त्रमा सरकार जनताप्रति जवाफदेही हुनुपर्ने भन्दै उनले सरकारको आलोचना गर्नु, प्रश्न सोध्नु र समाचार लेख्नु अपराध नभएको स्पष्ट पारेका छन्।

साहले पत्रकारमाथिको धरपकडमा संलग्न प्रहरी अधिकारीलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरेका छन्। प्रहरीको स्वेच्छाचारी गतिविधिका कारण यस्तो घटना भएको हो भने सम्बन्धित अधिकारीलाई कारबाही गर्नुपर्ने र प्रधानमन्त्री, गृहमन्त्री, सरकारी अधिकारी वा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको निर्देशनमा धरपकड गरिएको हो भने सरकारले त्यसबारे सार्वजनिक रूपमा जवाफ दिनुपर्ने उनको माग छ।

उनले हिजो सत्ताबाहिर हुँदा प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउनेहरू सत्तामा पुगेपछि पत्रकारको कलमसँग डराउन थालेको भन्दै सरकारको राजनीतिक चरित्रमाथि समेत प्रश्न उठाएका छन्।

‘पत्रकार सरकारका प्रवक्ता होइनन्, उनीहरूको काम सत्ताको प्रशंसा गर्नु होइन, सत्तालाई प्रश्न गर्नु हो,’ साहले आफ्नो अभिव्यक्तिमा भनेका छन् ।

सरकारलाई चेतावनी दिँदै उनले प्रहरीको बुटले समाचार कक्ष थुन्न सकिए पनि जनताको आवाज बन्द गर्न नसकिने बताएका छन्। सत्ता स्थायी नहुने र संविधान तथा लोकतान्त्रिक अधिकार कसैको निजी सम्पत्ति नभएको उनको भनाइ छ।

साहले पत्रकारमाथिको धरपकड तत्काल बन्द गर्न, घटनाको जवाफ दिन र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मान्यता भएको उल्लेख गर्दै उनले कलममाथि लाठी चलाएर लोकतन्त्र बलियो नहुने र प्रेसको मुख थुनेर सरकारका कमजोरी लुकाउन नसकिने बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

पर्सामा बेमौसमी वर्षाले हिउँदेबालीमा क्षति, किसान दोहोरो मारमा

सेढवा । शुक्रबार बिहानदेखि परेको बेमौसमी अविरल वर्षाका कारण पर्सा जिल्लाका किसानले लगाएको हिउँदेबालीमा क्षति पुगेको छ । वर्षाले तोरी, सुर्ती तथा विभिन्न हिउँदे...