Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

spot_img
spot_img

कलैया । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम जनता पार्टी (आजपा) मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आजपा मधेश प्रदेश समितिका अध्यक्ष उमेश कुशवाहाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रहरीको गोली लागेर घाइते भएका आदित्य पासवानलाई तत्काल उच्चस्तरीय स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा घटनामा घाइते भएका अन्य सबैको उपचार निःशुल्क गर्न सरकारसँग माग गरेका छन् ।

कुशवाहाले अस्पताल उद्घाटन कार्यक्रममा प्रहरी र आम नागरिकबीच झडप हुनु तथा गोली चल्ने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद र गम्भीर विषय भएको बताएका छन् । उनले प्रहरीको गोली लागेर नागरिक घाइते हुने घटनालाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पार्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

उनले घटनामा गोली लागेर घाइते भएका आदित्य पासवानको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । साथै, घटनामा घाइते भएका अन्य व्यक्तिहरूको समेत निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

अध्यक्ष कुशवाहाले घटनापछि स्थानीय क्षेत्रमा उत्पन्न तनावलाई थप बढ्न नदिन जनप्रतिनिधिहरूलाई गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले प्रहरी प्रशासनलाई संयमित भएर काम गर्न तथा शान्ति सुरक्षा कायम गर्नसमेत अपिल गरेका छन् ।

त्यस्तै, स्थानीय समाजका अग्रज, बुद्धिजीवी, युवा, राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरूलाई समेत घटनाप्रति गम्भीर ध्यान दिन र आपसी सद्भाव कायम राख्दै शान्ति व्यवस्था स्थापित गर्न सहयोग गर्न उनले आग्रह गरेका छन् ।

अस्पताल उद्घाटनको विषयलाई लिएर फेटा गाउँपालिका–३ मा शनिबार दुई पक्षबीच विवाद भएपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय आदित्य पासवान घाइते भएका थिए । घटनाका क्रममा तोडफोड तथा मोटरसाइकलमा आगजनीसमेत भएको थियो ।

कुशवाहाले घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन सरकारसँग जोडदार माग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...

काठमाडौंमा फेटा घटनाका घाइतेलाई भेट्दै सांसद अन्सारीले भने : दोषीले उन्मुक्ति पाउँदैनन्

वीरगंज । बाराको फेटा गाउँपालिकामा शनिबार भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि आइतबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको...

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...